श्रोता समुहको पहलमा लक्षित बर्गको बजेट बाट दलित वस्तीमा खानेपानी पाइपलाइन विस्तार

श्रोता समुहको पहलमा लक्षित बर्गको बजेट बाट दलित वस्तीमा खानेपानी पाइपलाइन विस्तार

टोखा नगरपालिका वडा नं.१ झोरको भिरालो पाखोमा रहेको दलित वस्तीमा खानेपानी ट्यांकी छ तर पानी छैन । २०७२ सालको भुकम्प भन्दा अघि सो ट्यांकीमा पानी आउथ्यो स्थानियहरु सोहि पानी प्रयोग गर्थे । भुकम्प पश्चात बलियो आर्थिक अवस्था भएका मानिस बसाई सरेर तल बाटो आसपास गए । कमजोर आर्थिक अवस्था भएकाहरु त्यहि दुखःसुख बसे । खानेपानी ट्यांकीमा पानी आउने पाइप निकालेर अन्यत्रै लगेर प्रयोग गरीयो । त्यस यता सो ठाउका मानिस खानेपानीको लागि बस्ती भन्दा टाढा खुला स्थानमा रहेको कुवाको अस्वस्थ पानी पिउन बाध्य भए । सो कुवा पनि हिउदमा सुक्ने गरेकोले झनै समस्यामा परे ।

गत २०७५ साल माघ २५ गते सोच नेपालले FHI/USAID को सहयोग मा संचालित पारस्पारिक जवाफदेहिता : स्थानिय अभियान अन्तर्गत Equal Access को सहकार्यमा टोखा नगरपालिका वडा नं.१ मा साझा बोली रेडियो श्रोता समुह गठन गर्यो । उक्त श्रोता समुहको निरन्तरको पहलमा हाल खानेपानीको पाइप राख्ने कार्य सुरु भएको छ । गत २०७५ फागुन ११ गते बसेको झोर माहांकाल युवा (रेडियो श्रोता) समुहको बैठकले खानेपानीको समस्याको बारेमा छलफल गरी दलित वस्तिमा खानेपानी व्यवस्थाका लागि वडा कार्यालयमा गएर योजना माग गर्ने निर्णय गरेको थियो । त्यस्तै फागुन २६ गतेको रेडियो श्रोता समुहको अर्को बैठक वडा कार्यालयमै बसी वडा अध्यक्ष श्रीकृष्ण अधिकारीसग छलफल गरिएको थियो । सो बैठकमा वडा अध्यक्षले दलित वस्तीमा भएको खानेपानिको समस्या समाधान गर्ने आश्वासन दिनु भएको थियो ।

स्रोता समूहको निरन्तर फलोअपबाट दलित बस्तीमा रहेको पुरानो पानी ट्यांकी मर्मत गरी ३८० मिटर टाढाको मुहानबाट पानी ल्याउने कार्यका लागि २ लाख ३९ हजारको इष्टिमेट भएकोमा नगरपालिकाले २ लाख तथा ३९ हजार बरावरको जनश्रमदान गर्ने गरी कार्य सुरु गरिएको झोर महांकाल युवा समुहकी सहजकर्ता सरिता लामिछाने बताउनु हुन्छ । टाढा रहेको कुवाको पानि प्रयोग गरिरहेका उक्त स्थानका वासिन्दा पाइप लाइन विस्तार गर्न स्वतस्फुर्त रुपमा पाइपको खाडल खन्न लागिपरेको लामिछानेले बताउनु भयो । कुवाको पानी हिउदमा सुक्ने गरेकोले झनै समस्या हुने गरेको स्थानिय उषा सुनार बताउनु हुन्छ ।

अग्लो भिरालो स्थानमा रहेको उक्त बस्तीमा यो खानेपानी परियोजना समाप्त भए पश्चात १५ घरधुरीले सुक्खा याममा समेत पर्याप्त स्वस्थकर खानेपानीको लाभ लिन सक्नेछन् । साथै उनीहरुले पानी ओसार्ने समय अन्य उत्पादनशील कार्यमा प्रयोग गर्न सक्नेछन् ।

रेडियो श्रोता समुह गठन भए पश्चात रेडियो कार्यक्रम सुनी उक्त स्थानका युवाहरु लक्षित बर्गका अन्य कार्यक्रम माग गर्न, योजना प्रक्रियामा सहभागिता जनाउने कार्यमा सक्रिय हुन थालेका छन् ।

राजेन्द्र कोइराला

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *