विद्यालको पुननिर्माणको कार्य सुचारु गराउन गाउँपालिकालाई ज्ञापनपत्र
ओखलढुङ्गान्युज, कात्तिक १५ भदौरे । भदौरेका स्थानीय नागरिकहरुले आफ्नो वडामा निर्माणाधिन अवस्थामा रहेको विद्यालको पुननिर्माणको कार्य सुचारु गराउन माग गर्दै बुधवार गाउँपालिकालाई ज्ञापनपत्र पेश गरेका छन् । चिशंखुगढि गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष कृष्ण बहादुर क्याप्छाकी मगर मार्फत चिशंखुगढि गाउँपालिका प्रमुखलाई ज्ञापनपत्र बुझाईएको स्थानीय सभाका अध्यक्ष लाल कुमार आले मगरले जानकारी दिनुभयो । बुधवार मात्रै पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत सोच नेपालले चिशंखुगढी गाउँपालिका वडा नं. ६ भदौेरेमा गठन गरेको स्थानीय सभाको बैठक बसेको थियो । बैठकमा सहभागीहरुले लामो समय वितिसक्दा...