‘स्मार्ट सिद्धिचरण’ मोबाईल एप्लिकेशन सार्बजनिक
सिद्धिचरण नगरपालिकाले आफ्नो स्मार्ट सिद्धिचरण मोवाईल एप्लिकेसन सार्वजनिक गरेको छ । विहिबार ओखलढुङ्गामा एक कार्यक्रमको आयोजना गर्दै संघिय प्रतिनिधि सभाका माननिय सांसद यज्ञराज सुनुवार र सिद्धिचरण नगरपालिका ओखलढुङ्गाका प्रमुख मोहन कुमार श्रेष्ठले संयुक्त रुपमा मोबाईल एप्लिकेसनको उद्घाटन गर्नुभएको हो ।मोवाईल एप्लीकेसनको उद्घाटन गर्दै सांसद सुनुवारले विश्व अहिले डिजिटलमय बन्दै गएको सन्दर्भमा आफ्ना नगरपालिकामा के भै रहेको छ ? कसरी भै रहेको छ ? आफु कसरी सहभागी बन्ने तथा कुनै गुनासा भएमा तत्काल सम्बन्धित निकाय समक्ष राख्न यो मोवाईल एप्लिेकेशनले सहयोग...