कुरीति : प्रभाव र अत्यावश्यकता विषयक अन्तरक्रिया कार्यक्रम
मानवबादी समाज (सोच) नेपालको १२ औं साधारण सभाको अबसरमा २०७५ आश्विन १२ गते "Harmful practice in society (Kuriti):Impact and Urgency" बिषयक बृहत अन्तरकृया कार्यक्रम भयो । कार्यक्रममा लेखक, साहित्यकार, कानूनविद्, प्राध्यापक,वैज्ञानिक, समाजशास्त्री, राजनितिक नेता, सामाजिक अभियन्ता, विद्यार्थी, शिक्षक, आदिको सहभागिता रहेको थियो । कार्यक्रमको शुरुवात सोच युवा समुहकी सदस्य रश्मी पौडेलले गर्नुभएको थियो । वहाँले नेपाली समाजमा व्याप्त धार्मिक अन्धबिश्वास र त्यसमा आधारीत कुरीति,कुसंस्कार, बारे जानकारी गराउदै त्यस प्रकारका रुढी परम्पराको अभ्यासबाट घटेका हिंसाका घटनाको तथ्याकं प्रस्तुत गर्नुभयो । हिंसाग्रस्त समाजमा मानिस प्रताडित हुने कहालीलाग्दो अवस्थाबाट मुक्ति पाउन सबैले प्रयास गर्नुपर्ने कुरा...