नेपालमा लोकतन्त्रको अनुभव र चुनौती

मानववादी समाज नेपालको आयोजनामा मिति २०७६ भाद्र ३० गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडांैमा “नेपालमा लोकतन्त्रको अनुभव र चनौती” बिषयक गोष्ठि कार्यक्रम सम्पन्न भयो । गोष्ठिमा सामाजिक अभियन्ता, प्राध्यापक, विद्यार्थी, पत्रकार, नितिका जानकार, विद्वान एवं दर्शनशास्त्रका ज्ञाता गरी करीब १२५ जनाको सहभागिता थियो । गोष्ठिको आयोजना बारे प्रकाश पार्दै कार्यक्रमको सन्चालन सोच नेपालका कार्यक्रम सल्लाहकार उत्तम निरौलाले गर्नुभएको थियो । कार्यक्रम बारे कार्यक्रम आयोजनाबारे प्रकाश पार्ने क्रममा निरौलाले भन्नुभयो—नेपालमा जनताको लामो र निरन्तरको संघर्ष पश्चात लोकतन्त्र स्थापना भएको छ...

नागरिक संस्थाका असल अभ्यास अभिलेखिकरण गरिने

गैर सरकारी संस्था महासंघका अध्यक्ष जितराम लामाले नागरिक समाज संस्थाले आफुले गरेका राम्रा अभ्यासलाई अभिलेखिकरण गरेर प्रकाशन गर्न आवश्यक भएको र त्यसकालागि श्रोत जुटाउन गैसस महासंघले सहयोग गर्ने बताउनु भयो । काठमाण्डौंमा नागरिक संघ संस्थाले गरेका असल अभ्यास आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष लामाले अभिलेखिकरण गर्न सके नागरिक समाज संस्थालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने उहाको भनाई थियो । त्यसकालागि उदाहरणीय तथा राम्रा कामको प्रचार गर्न नसकेको बताउनु भयो । त्यस्तै गैर सरकारी संस्था महासंघ काठमाण्डौंका अध्यक्ष प्रदिप डंगोलले नागरिक समाज...

काठमाण्डौं जिल्लाका स्थानिय तहले सुशासन नीति बनाउने

२०७६ भाद्र २२ काठमाण्डौ जिल्लाका ११ वटै स्थानीय तहका जनप्रतिनिधिहरुले सुशासन नीति तयार गरी शिघ्र लागु गर्ने बताएका छन् । जिल्ला समन्वय समिति, गैरसरकारी संस्था महासंघ र सोच नेपालको संयुक्त आयोजनामा आज जिल्ला समन्वय समितिको हलमा भएको कार्यक्रममा प्रतिनिधिहरुले उक्त कुराको प्रतिबद्धता व्यक्त गरेका हुन् । उक्त कार्यक्रममा नागरिक संस्थाका प्रतिनिधिहरुले कतिपय स्थानीय तहले अझसम्म सूशासन समितिलाई पुर्णता नदिएको तथा नागरिकका तर्फबाट प्रतिनिधि नराखि अनुगमन मुल्यांकनको काम गर्दा अनुगमन फितलो भएको बताएका थिए । जनप्रतिनिधिहरुले आफुलाई काम...

काठमाण्डौं जिल्लाका स्थानिय तहको बेरुजु अन्त्यका लागि नागरिक समाजको ध्यानाकर्षण ।

काठमाण्डौं जिल्लाका स्थानिय तहको बेरुजु फछ्यौटका लागि आज गैह् सरकारी संस्था महासंघ काठमाण्डौंको अगुवाईमा १४ नागरिक संस्थाले काठमाण्डौं जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राज बैद्यलाई ध्यानाकर्षणपत्र बुझाइएका छन् । महालेखा परिक्षकको कार्यालयले स्थानीय तहमा व्यापक बेरुजुको अवस्था रहेको प्रतिवेदन सार्वजनिक गरेपछि बेरुजु अन्त्यकालागि उक्त संस्थाहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन् । पत्र बुझ्दै जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्यले स्थानिय तहको बेरुजुका विषयमा नागरिक संस्थाको चासोका निम्ती धन्यवाद व्यक्त गर्नुभयो । वहाँले आर्थिक अनुसासन कायम गर्न जिल्ला समन्वय समितिको तर्फबाट काठमाण्डौं...

१ लाख राशिको पुरस्कार घोषणा

सोच नेपाल र वंशरत्न मेमोरियल ट्रस्टले मानववाद र वैज्ञानीक सोचका क्षेत्रमा योगदान दिएका राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्ति वा संस्थालाई बार्षिक रु. १ लाखको पुरस्कार प्रदान गर्न लागेको हुँदा तपाईले ईच्छाएको व्यक्ति र उसले पुरस्कार पाउनु पर्ने कारण बारे लेखेर १५ दिन भित्र पठाईदिनु हुनु अनुरोध गर्दछौँ । SOCH Nepal and Bansra Ratna Trust jointly announce an annual award of One lakh rupees (US$ 1000); individual or organization contributed on Humanism and scientific thinking. Please recommend any names if you...

ओखलढुंगा २४ करोड बढी बेरुजु

ओखलढुंगा : ओखलढुंगाका आठ स्थानीय तहमा एक आर्थिक वर्षमा २४ करोडभन्दा बढी बेरुजु देखिएको छ। महालेखाको प्रतिवेदनले २०७४/७५ मा आठ स्थानीय तहको बेरुजु २४ करोड ९ लाख ५ हजार देखाएको हो। बेरुजु लेखिएको २४ करोड ९ लाख ५ हजारमध्ये १ करोड ५८ लाख ८३ हजार असुल उपर गर्नुपर्ने, ७ करोड ११ लाख ५९ हजार नियमित गर्नुपर्ने, ९ करोड ७५ लाख ७ हजारको कागज पेस गर्नुपर्नेछ। सबैभन्दा बढी चम्पादेवी गाउँपालिकाको ७ करोड २९ लाख ५६ हजार बेरुजु छ। खिजिदेम्वा गाउँपालिकाको ३ करोड ६९...

गौतमबुद्ध, जयपृथ्वी र मानववाद

नेपाल प्रज्ञा प्रतिष्ठान र मानववादी समाज (सोच) नेपालले विश्वमा मानवातावादी दर्शनको विकास र विस्तारमा गौतम बुद्ध र जयपुथ्वीबहादुर सिंहको योगदान विषयक गोष्ठी कार्यक्रमको आयोजना गरेका छन् । २०७६ असार १६ गते नेपाल प्रज्ञा प्रतिष्ठानको कार्यक्रम हल काठमाडौँमा आयोजित कार्यक्रममा नेपालका दार्शनीक र दर्शनका विद्यार्थीहरु गरी करिब २ सयको सहभागिता रहेको थियो । कार्यक्रमको संक्षिप्त प्रतिवेदन १. परिचय ः कुनै पनि विषयलाई हेर्ने कोण नै दर्शन हो । मानिसको व्यवहार र विवेकको मापन हुनु दर्शनका क्षेत्रहरु हुन् । प्राज्ञिक अध्ययनका सन्दर्भमा ज्ञानको...

Niraula interviewed by ‘The Hindu’

‘Mixing religion, politics sees rights violation worldwide Global board member of International Humanist and Ethical Union says in a plural society, everyone should be able to express their ideas with dignity Critical thinking, or the right to question authority or go against a majoritarian view, may not be in vogue in the country these days, but valuing the individual’s freedom to express himself or herself has roots in ancient India, says Uttam Niraula, a global board member of the International Humanist and...

छुवाछुत, दलित अधिकार र धर्म

मितिः श्रावण १९ गते २०७६, मानववादी समाज सोच नेपालले छुवाछुत, दलित अधिकार र धर्मका बिषयमा बौद्धिकहरुबिच अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । आज काठमाण्डौमा आयोजित कार्यक्रममा विभिन्न बौद्धिक व्यक्तित्वले धर्ममा छुवाछुत सम्बन्धि व्यवस्था बारे छलफल गरियो । कार्यक्रममा यस बिषयका अध्येता, नेपाल स्थित बेलायति राजदुतावासका पुर्व सल्लाहकार, अक्सफोर्ड विश्वविद्यालयका रीसर्च फेलो डा. मित्र परियारले आफ्ना भनाई राख्नु भएको थियो । उक्त कार्यक्रका वक्ताहरुले निम्नानुसार आफ्नो धारणा राख्नु भयो ः कार्यक्रम सोच नेपालका अध्यक्ष बालकृष्ण नेभाको अध्यक्षतामा भएको थियो ।...

बुढानीलकण्ठ नगरपालिकाले नगरका समस्या समाधानका लागि नागरिक संग सहकार्य गर्ने

१४ अगष्ट २०१९वुढानीलकण्ठ नगरपालिकामा नगरका समस्या समाधानकालागि नगरस्तरिय सम्वाद फोरम गठन भएको छ । बुढानीलकण्ठ नगरपालिकामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानिय बुद्धिजिवी तथा विज्ञ संगको छलफल पश्चात नगर प्रमुखको संयोजकत्वमा वुढननीलकण्ठ सम्बाद फोरम गठन भएको हो । एफएचआई ३६० र युएसएडको सहयोगमा सोच नेपालले संचलान गरेको पारस्परिक जवाफदेहिता ः स्थानिय अभियान अन्तर्गत भएको उक्त कार्यक्रममा वुढानिलकण्ठ नगरपालिकाले र स्थानिय नागरिक समाज संस्था तथा बुद्धिजिवी संगको सहकार्यमा नगरका समस्या समाधान गर्न सम्वाद फोरम गठन गरिएको नगर प्रमुख उद्धव खरेलले...