स्थानिय तहमा नागरिक सहभागिता असल अभ्यास र सिकाइ

स्थानिय तहमा नागरिक सहभागिता असल अभ्यास र सिकाइ

शुसासन, पारदर्शिता र जवाफदेहिताका लागि नागरिक सहभागिता अपरिहार्य

बुढानीलकण्ठ नगरपालिकामा स्थानिय सरकारमा नागरिक संलग्नताको असल अभ्यास र सिकाइ विषयमा छलफल कार्यक्रम मिति २०७७ साल चैत्र ६ गते सम्पन्न भएको छ ।

FHI/USAID को सहयोगमा सोच नेपाल द्धारा संचालित पारस्पारिक जवाफदेहिताः स्थानिय अभियान अन्तर्गत बुढानीलकण्ठ नगरपालिका संगको सहकार्यमा भएको कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकामा नागरिक संलग्नताको क्षेत्रमा भएका राम्रा अभ्यास, चुनौती र सिकाईको बारेमा अध्ययन गरी नगर कार्यपालिका, स्थानिय संघ संस्था, लगायतको सहभागितामा भएको कार्यक्रममा कार्यपत्र प्रस्तुत गरिएको थियो । नगरपालिकाले अर्थपुर्ण नागरिक संलग्नताको साझा लक्ष्य हासिल गर्न नागरिक समाज र नागरिक समाज संस्थासंग अबका दिनमा सहकार्य गर्नसक्ने क्षेत्रहरुमा अध्ययन केन्द्रित रहेको थियो ।

कार्यपत्र प्रस्तुत पश्चात कार्यपत्रमा छलफल गर्दै सहभागिहरुले सुझाब, प्रतिक्रिया प्रदान गरेका थिए । छलफल पश्चात नागरिक समाज संस्था र नगरपालिकाले गर्ने कार्यक्रमहरुमा समन्वय तथा सहकार्य गर्नुपर्ने, कार्यक्रमहरुको नियमित अनुगमन गर्नुपर्ने, त्रैमासिक समिक्षा हुनुपर्ने निष्कर्ष निकालिएको थियो ।

कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सुदर्शन दाहालले भ्रष्टाचार, अपारदर्शिता, कमजोर शासन प्रक्रिया लाई सुधार गर्न नागरिक सहभागिता आवश्यक रहेको बताउनु भयो । मन्त्रालयले हरेक प्रदेशमा नागरिक समाजका असल अभ्यास आदान प्रदानको अभ्यास थालनी गरेको जानकारी दिनु भयो । नागरिक सहभागिताले नागरिक समाजको सबलीकरण भन्दापनि नागरिकको सवलिकरणमा काम गर्न आवश्यक रहेको बताउनु भयो ।

नगर प्रमुख उद्धब खरेलले नगरका हरेक गतिविधिमा सिमित व्यक्तिको नियमित सहभागिताले सार्थक नागरिक सहभागिता सुनिश्चित गर्न नसकिएको बताउनु भयो । भ्रष्टाचार नियन्त्रण, शुसासन प्रबर्धन, जवाफदेहिता अभिबृद्धिका लागि स्थानिय सरकारको हरेक क्षेत्रमा नागरिक आवाज र सहभागिता आवश्यक रहेको र नागरिक समाज संस्थाले गरेका कामको त्रैमासिक समिक्षाको अभ्यासको थालनी गर्ने बताउनु भयो ।

यस कार्यक्रमका लागि बुढानीलकण्ठ नगरपालिकामा नागरिक सहभागिताको क्षेत्रमा भएका अभ्यास तथा चुनौति सम्बन्धमा अध्ययन गरि प्रतिबेदन तयार गरिएको थियो । उक्त अध्ययनका क्रममा नगर प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, संघ संस्था समन्वय समिति, संघ संस्था समन्वय शाखा, नागरिक संघ संस्थाका प्रतिनिधि लगायत सग अध्ययनको विषयबस्तुमा समुह तथा व्यक्तिगत छलफल गरिएको थियो ।

उक्त अध्ययनले स्थानिय सरकारले अर्थपुर्ण नागरिक सहभागिताका लागि नीतगित कार्यदिशा अबलम्बन गर्नुपर्ने, स्थानिय तहको अनुगमन तथा मुल्यांकनका क्षेत्रमा नागरिक सहभागिता सुनिश्चीत गर्न सके स्थानिय सरकारको जवाफदेहिता अभिबृद्धि गर्न सकिने निष्कर्ष निकालिएको थियो ।

नगरपालिका भित्र काम गरिरहेको नागरिक समाज संस्थाहरुको पाश्र्वचित्र निर्माण गरि सहकार्यका क्षेत्र पहिचान गर्दै  सहकार्यका क्षेत्रहरुमा परिचालन गर्नुपर्ने अध्ययनले देखाएको थियो ।

नागरिक समाज संस्थाले गरेका कामको स्थानिय सरकारले अनुगमन तथा मुल्यांकन गरि हरेक त्रैमासिक रुपमा समिक्षा गर्नुपर्न आवश्यकता प्रतिबेदनले औल्याएको थियो ।

कार्यक्रममा ४२ जनाको सहभागिता रहेको थियो ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *