सोच नेपालले गर्यो अशक्त लाइ सहयोग

सोच नेपालले महोत्तरी बर्दिवास नगरपालिका वडा नं. ३ का ११ अशक्तहरूलाइ खाद्दान्न सहयोग वितरण गरेको छ । ग्रोइङ्ग नेपाल फाउण्डेसनको आर्थिक सहयोगमा दाल, चामल, तेल, नुन लगायतका अत्यावश्यक सामाग्री वितरण गरिएकाे हो । लक डाउनका कारण अशक्त तथा उनिहरूका परिवारले बाहिर काम गर्न नसकिरहेकाे अवस्थामा कमजाेर आयस्रोत भएका अशक्तहरू समस्यामा परेका थिए । साेच नपालले बर्दिबास नगरपालिका पशुपतिनगरकाे मुसहर बस्तिमा ह्युमानिस्ट माेडल भिलेज स्थापनाका लागि काम गरिरहेकाे छ । खाद्दान्न वितरणका लागि स्थानिय समाजसेवी उर्मिला कार्कीले संयोजन गर्नुभएकाे...

काेभिड १९ सम्बन्धी वेभसाइट र हाम्रो स्वास्थ्य मोबाइल एप्लिकेशन निर्माण ।

नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयका लागि सोच नेपालले कोड फर कोड लगायतका संस्थाहरुसँगको सहकार्यमा हाम्रो स्वास्थ्य मोवाइल एप्लिकेसन तथा कोभिड सम्बन्धी वेभसाइट www.covid19.mohp.gov.np निर्माण गरेको छ । साथै वेवसाईट मार्फत मन्त्रालयको कोरोनाबारे जानकारी दिने सूचना प्रणालीको निर्माण र विकासका लागि पनि काम गर्दै आइरहेको छ । हाम्रो स्वास्थ्य मोबाइल एप्लिकेशन मार्फत प्रयोगकर्ताले कोभिड सम्बन्धी स्वमूल्याङ्ककन -self assessment) गर्न, जोखिममा रहेका व्यक्तिलाई ट्रयाकिङ्क गर्न आवश्यक सहयोग गर्ने काम भैरहेको छ । एण्ड्रोइड र आईओएस दुबै मोबाइलमा उपलब्ध रहेको उक्त मोबाइल एप्स...