बुढानीलकण्ठ नगरपालिकाका युवालाइ सामाजिक जवाफदेहीताका औजार बारे अभिमुखीकरण सम्पन्न
राजेन्द्र काेइराला, २७ जुन २०१९Fhi/USAID काे सहयोगमा सोच नेपाललद्धारा संचालित पारस्पारिक जवाफदेहिता : स्थानिय अभियान अन्तर्गत काठमाण्डौैको बुढानीलकण्ठ नगरपालिकाका युवा हरुलाई लक्षित गरेर सामाजिक जवाफदेहिताका संयन्त्र बारे एक दिने भर्चुअल अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।युवा नीलकण्ठ तथा सोच नेपालको सहकार्यमा बुढानीलकण्ठका युवानीलकण्ठ सहित विभिन्न संघ संस्था तथा पेशा व्यवसायमा संलग्न युवाहरुलाई अभिमुखिकरण गरिएको हो ।सार्वजनिक निकायबाट हुने योजना तर्जुमा, सेवा प्रबाह तथा भएको खर्चको प्रभाबकारीता बृद्धि गर्न तथा सरकारलाई नागरिक प्रति जवाफदेहि बनाउन प्रयोग गरिने...