प्रेस विज्ञप्ती- बोक्सा बोक्सीका नाममा मध्ययुगिन बर्बरता कायमै
वैशाख ४ गते बोक्सोको आरोपमा रसुवाको यार्सा ९–घोर्मु गाउँमा बस्ने ५५ वर्षका तुलु सार्की थिङलाई चरम यातना दिइ आगो लगाएर छिमेकीले जिउँदै जलाएर खाल्डोमा गाडी हत्या गरेको घटनाप्रति मानववादी समाज (सोच) नेपालको गम्भिर ध्यानाकर्षण भएको छ । घटनाक्रम अनुसार २०७२ चैत ५ गते स्थानीयले तुलु सार्की थिङलाई बोक्सो भन्दै मानव मलमुत्र खुवाई, कालोमोसो दलेर जुत्ताको माला लगाई गाउँ निकाला गरेका थिए । गाउँ निकालापछि केरुङतर्फ गएका थिङलाई गाउँमा बोलाएर पुनः वैशाख ४ गते अन्धविश्वासीहरुले कुटपिट गरेका थिए । त्यसपछि जङ्गलको बीचमा...