काठमाण्डौं जिल्लाका स्थानिय तहको बेरुजु अन्त्यका लागि नागरिक समाजको ध्यानाकर्षण ।
काठमाण्डौं जिल्लाका स्थानिय तहको बेरुजु फछ्यौटका लागि आज गैह् सरकारी संस्था महासंघ काठमाण्डौंको अगुवाईमा १४ नागरिक संस्थाले काठमाण्डौं जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राज बैद्यलाई ध्यानाकर्षणपत्र बुझाइएका छन् । महालेखा परिक्षकको कार्यालयले स्थानीय तहमा व्यापक बेरुजुको अवस्था रहेको प्रतिवेदन सार्वजनिक गरेपछि बेरुजु अन्त्यकालागि उक्त संस्थाहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन् । पत्र बुझ्दै जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्यले स्थानिय तहको बेरुजुका विषयमा नागरिक संस्थाको चासोका निम्ती धन्यवाद व्यक्त गर्नुभयो । वहाँले आर्थिक अनुसासन कायम गर्न जिल्ला समन्वय समितिको तर्फबाट काठमाण्डौं...