नेपालमा ‘डिजिटल हेल्थ कार्यान्वयनका सम्भाबना र चुनौती’ छलफल कार्यक्रम प्रतिवेदन
सोच नेपालले सिभिलखबर डटकमसंगको सहकार्यमा ‘नेपालमा डिजिटल हेल्थ प्रणाली कार्यान्वयनको सम्भावना र चुनौती’ का विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । प्रविधिको विश्वव्यापी बढ्दो प्रयोगसँगै नेपालमा पनि प्रविधिको उपयोगमा अभ्यास शुरु भएपछि प्रभावकारीता कमजोर छ । नेपाल सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’को अबधारणा अघि सारेर कार्यान्वयनमा पनि ल्याएको छ । केही काम भएका देखिए पनि ‘डिजिटल हेल्थ’को अवधारणालाई महत्व दिएको पाइँदैन । काठमाण्डौंमा माघ १७ मा सम्पन्न ‘नेपालमा डिजिटल हेल्थ प्रणाली कार्यान्वयनको सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया सहभागी नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य...