Author - soch

Celebration of World Humanist Day-2016

Every year SOCH Nepal organizes different programs to celebrate World Humanist Day and raise awareness surrounding superstitions, improper cultural practices and religious dogma. These programs include rallies, discussion programs, awareness programs, blood donations and waste management programs. Following the tradition, this year was no different and on June 212016, SOCH Nepal organized a program where experts, academician, writers, journalists and youth from different colleges were invited to attend a program focusing on raising awareness about humanism and its implication in practical life. The...

कुरीति तथा मैनबत्ती तालिम

मानववादी समाज (सोच) नेपालको आयोजना र जिल्ला विकास समिति, काठमाडौंको सह–आयोजनामा “महिला सशक्तिकरण तालिम” २०७३ असार १७ र १८ गते काठमाडौं अनाम नगरमा सम्पन्न भएको छ । मानववादी समाज (सोच) नेपालले आयोजना गरेको उक्त दुई दिने तालिममा ५५ जना महिलाहरु सहभागी थिए । यस तालिममा समाजमा विध्यमान कुरीतिका विषयमा छलफलका साथै आयमूलक शीपअन्तर्गत मैनबत्ती बनाउन सिकाइएको थियो । मानववादी समाज (सोच) नेपाल स्थापना काल देखिनै तराईका २२ सहित २५ भन्दा बढी जिल्लामा कुरीतिका कारण मान्छे माथि हुने हिंसा बिरुद्ध काम गरिरहेको...

कुरीतिजन्य घटनाका बारेमा रिपोर्ट सार्वजनिक

सोच नेपालले नेपालमा धर्म, संस्कृती, परम्परा र रितीरिवाजका नाममा मान्छेमाथि हुने सबै खालका हिंसा विरुद्ध कामगर्दै आईरहेको कुरा यहाँहरुलाई अवगतै छ । अघिल्लो बर्षदेखि यस संस्थाले चौमासिक रुपमा कुरीतिजन्य घटनाका बारेमा विभिन्न राष्ट्रिय दैनिकहरुमा छापिएका घटनालाई अध्ययन गरी रिपोर्ट सार्वजनिक गरीरहेको छ । यसै सन्दर्भमा ०७२ साल वैशाख १ गतेदेखि २०७२ साउन मसान्तसम्म काठमाडौंबाट प्रकाशित हुने विभिन्न पत्रिकाहरुमा प्रकाशित कुरीतिजन्य घटनाको अभिलेख तयार गरी विश्ेलषण सहितको चौमासिक प्रतिवेदन सोच नेपालले तयार पारेको छ ।अहिलेको वैज्ञानिक यूगमा पनि धर्म, संस्कृतिका नाममा...

छुवाछुत विरुद्धको तेस्रो विश्व सम्मेलन सम्पन्न

धुलिखेल, १ जेठ । छुवाछुत प्रथालाई विश्वका धार्मिक साँस्कृतिक लयागत संपूर्ण समाजलाई नकारात्मक असर पार्ने समस्याका रुपमा लिई यस्तो कहाली लाग्दो समस्यालाई संसारका हरेक समाजबाट सबैको ऐक्यवद्धता र मानवताका बलमा जरैबाट उखेल्ने र समाजमा विघमान जाती प्रथाको आधारमा हुने विभाजनलाई निमूर्ल गर्ने प्रतिवद्धता सहित छुवाछुत विरुद्ध तेस्रो विश्व सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा नेपाल लगायत भारत, न्युजिल्याण्ड, बंगलादेश, अष्ट्रेलिया, अष्ट्रिया, अमेरिका लगायतका विभिन्न देशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।मानववादी समाज (सोच) नेपाल, अन्तरराष्ट्रिय मानवादी संगठन (आइ.एच.ई.यू), एच.आइ.भि.ओ र राष्ट्रिय दलित आयोगको...

भुकम्प पिडित बालबालिकालाई झोला वितरण

नेपालमा आएको महाभुकम्प पिडितलाई सहयोग गर्ने क्रमलाई सोच नेपालले जारी राखेको छ । यसै क्रममा सोच नेपालले ओखल्ढुंगा जिल्लाका करिब ४ सय स्कुले बालबालिकालाई झोला वितरण गरेको छ । राहत पाउने मध्ये अधिकांश भुकम्प पिडित र गरिब अभिभावकका बालबालिका रहेका छन् ।ओखल्ढुंगाका तलुवा, भदौरे र ठुलाछाप गाविसका बाल कक्षामा अध्ययनरत सबै विद्यार्थीलाई झोला वितरण गरिएको हो । दोलखा, २५ फागुन । मानववादी समाज (सोच) नेपालले भूकम्प प्रभावित बालबालिकाहरुलाई विद्यालय ब्याग प्रदान गरेको छ । सोचले दोलखा जिल्लाको चिलंखा गाविस वडा नम्बर ८...

प्रेस विज्ञप्ती- बोक्सा बोक्सीका नाममा मध्ययुगिन बर्बरता कायमै.

वैशाख ४ गते  बोक्सोको आरोपमा रसुवाको यार्सा ९–घोर्मु गाउँमा बस्ने ५५ वर्षका तुलु सार्की थिङलाई चरम यातना दिइ आगो लगाएर छिमेकीले जिउँदै जलाएर खाल्डोमा गाडी हत्या गरेको घटनाप्रति मानववादी समाज (सोच) नेपालको गम्भिर ध्यानाकर्षण भएको छ । घटनाक्रम अनुसार २०७२ चैत ५ गते स्थानीयले तुलु सार्की थिङलाई बोक्सो भन्दै मानव मलमुत्र खुवाई, कालोमोसो दलेर जुत्ताको माला लगाई गाउँ निकाला गरेका थिए । गाउँ निकालापछि केरुङतर्फ गएका थिङलाई गाउँमा बोलाएर पुनः वैशाख ४ गते अन्धविश्वासीहरुले कुटपिट गरेका थिए । त्यसपछि जङ्गलको बीचमा...

सिद्ध बाबालाई वैज्ञानिक र डाक्टरको चुनौति (बिना अक्सिजन ९ मिनेट बाँचेर देखाऊ)

सामान्यतया विज्ञानका अनुसार मान्छे बिना अक्सिजन ३ मिनेट मात्र बाँच्न सक्छ । तर एक योगी श्री कृष्णदास जी महाराजले रामनवमीको अवसरमा पोखराको रामघाटस्थित मन्दिरमा ९ दिनसम्म बिना अक्सिजन बाँचेर दुनियालाई आश्चर्यमा पारे । यो घटनाले सबैलाई आश्चर्यमा पार्यो । समाधि बसेको घटनाप्रति विभिन्न व्यक्तिका मिश्रित प्रतिक्रिया आए । कतिले यसलाई चमत्कारको संज्ञा दिए भने कतिले ढाेंग वा नौटंकीको संज्ञा दिइरहेका थिए । बाबाको खुल्ला चुनौति:बाबाको समाधिमाथि धेरै प्रश्नहरू उठ्न थालेपछि बाबाले समाधि गलत साबित गर्न सरकार पक्ष, विपक्ष, मिडिया तथा वैज्ञानिकहरूलाई ८ मिटर गहिरो खाल्डोमा उनीहरूद्धारा नै बनाइएको हावा नछिर्ने (Air Tight) बाकसमा १० वर्षसम्म बिना अक्सिजन बाँच्न सक्ने खुल्ला चुनौति दिए । त्यति मात्र होइन, उनले संसारका वैज्ञानिकहरूका अगाडि अत्याधुनिक उपकरण जडान गरी वर्तमान विज्ञान अनुसार परिक्षण गर्न पनि चुनौति दिए ।वैज्ञानिक र डाक्टरको पनि चुनौति:यो चुनौतिले एउटा जटिल प्रश्न उव्जाएको छ ? के कुनै जिव अक्सिजन बिना बाँच्न संभव होला ? विज्ञानको आँखाबाट हेर्दा ९ दिनसम्म अक्सिजन बिना बाँच्न सम्भव छ ? भन्ने जिज्ञासामा वरिष्ठ वैज्ञानिक तथा डाक्टरहरूको प्रतिक्रिया यस्तो छःमेरो बाकसमा ९ मिनेट बसेर देखाउनुस्अक्सिजन हाम्रो शरीरभित्र कोष र तन्तुमा गएर मेटाबोलिजम प्रक्रिया हुन्छ । मेटाबोलिजम भएन भने शक्ति निस्किदैन । शक्ति भएन भने शरीरका कुनैपनि अंगहरुले काम गर्न सक्दैनन् । त्यसैले बाँच्नका लागि अक्सिजन नभइ नहुने तत्व हो । विज्ञानको आधारमा ९ दिनसम्म कुनै मान्छे बाँच्नै सक्दैन । कि त बाबाको कपालले अक्सिजन निकाल्छ भन्नु पर्यो । उनीभित्र कि त रुख हुन प¥यो । जहाँ अक्सिजन निस्किन्छ, अनि मात्रै हामी मान्छौं । नत्र भने उनले ९ दिन होइन । ९ घण्टा पनि होइन । ९ मिनेट मात्र मैले बनाएको बाकसमा बिना अक्सिजन बसेर देखाइदिए पुग्छ । प्रा.डा. जागेश्वर गौतम निर्देशक, प्रसुती गृहअवैज्ञानिक र आधारहीन दावा उहाँले सस्तो लोकप्रियताका लागि गर्नुभएको अवैज्ञानिक र आधारहीन दावा मात्रै हो यो । जुन सम्भव छैन । उहाँले जुन बाकसमा बसेर ९ दिनसम्म बिना अक्सिजन बसेँ भनेर दावा गर्नुभयो, त्यो वैज्ञानिक दृष्टिकोसँग मेल खाँदैन । बरु यस्तो किसिमको बाकसमा बसेर चाँहि बिना अक्सिजन बाँच्न सक्छु भन्दा मिल्न सक्थ्यो । यदि वहाँ बिना अक्सिजन बाँच्न सक्नु हुन्छ र दावा प्रमाणित गर्नका लागि तयार हुनुहुन्छ भने हामी (नास्ट) वैज्ञानिक विधिबाट परिक्षण गर्न तयार छौं ।डा. कृष्ण प्रसाद अधिकारी, अध्यक्ष, नेपाल स्वास्थ्य अनुसन्धान परिषद दावालाई नकार्दैनौं, परिक्षणका लागि तयार छौं:प्राणीलाई बाँच्नका लागि अक्सिजन चाहिन्छ । बिना अक्सिजन प्राणी बाँच्न सक्दैन । सिद्ध बाबाले बिना अक्सिजन बाँच्न सक्छु भन्ने दावालाई ठाडै नकार्नु भन्दा वैज्ञानिक विधि अनुरुप परिक्षण गरिनु पर्छ । र बाबाले मान्नु भएको खण्डमा हामी परिक्षणका लागि तयार छौं । परिक्षणपछि प्रमाणीत भयो भने हामी सबैले मान्नैपर्छ । ताकी त्यसलाई विश्वले पनि मानोस् । र यदी प्रमाणीत भएन भने त्यो अस्वीकार्य हुन्छ । तर अहिले उहाँले भनेकै आधारमा मात्रै अक्सिजन बिना बाँच्ने कुरालाई पत्याउन सकिदैन । त्यसको परिक्षण हुन जरुरी छ । त्यसका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद वैज्ञानिक विधीबाट परिक्षण गर्न तयार छ ।  डा. कृष्ण प्रसाद अधिकारी, अध्यक्ष, नेपाल स्वास्थ्य अनुसन्धान परिषद  उत्तम निरौला निर्देशक, सोच नेपालचमत्कार देखाऊ, करोडौं लैजाऊ कस्तो खालको विद्या हो यो उहाँसँग ? जुन हावा नलिकन बाँच्न सकिने । सासै नलिकनै बाँच्न सकिने । नासा जस्तो संस्थाले खरबौं डलर खर्च गरेर हावा राखेर मान्छेलाई मंगल ग्रह लगायतका ठाउँमा पठाउने तयारी गरिरहेको छ । यदी हावा बिना हामी बाँच्न सक्छौं भने चन्द्रमामा गएर बस्न सक्ने बनाइदिए हुँदैन र ? म बाहेक यो विद्या अरुलाई आउँदैन भनेर कसैले दावा गर्छ भने त्यो विद्यानै होइन । तसर्थ यो सम्भव छैन । यो भ्रम हो । अन्धविश्वास हो ।  यो भौतिक जगतमा कुनै पनि चमत्कार संभव छैन । सिद्ध बाबाले बिना अक्सिजन ९ मिनेट मात्र बसेर देखाइ दिउन् वा कुनै चमत्कार (जादु नभई कुनै ईश्वरीय शक्ति प्राप्त कार्य) देखाइ दिए हामी लगायत दर्जनौं संस्थाहरू करोडौं करोड दिन तयार छौं उत्तम...

SOCH YOUTH WINTER CAMP 2016

SOCH Youth organised a two-day winter camp for young people studying in Kathmandu Valley on the 8th and 9th of February 2016. The camp was held in Chitlang, Makwanpur at Goat Cheese Home stay. There were 51 participants and 10 team leaders on the camp. The team leaders were from SOCH Youth and SOCH Nepal. SOCH Youth Vice President and secretary, Mr Kiran Khatri and Miss Sanjina Rai facilitated the two- day program that included games, activities and presentations from various speakers. The SOCH Youth...

The 3rd International Conference on Untouchability (12-13 May) 2016

We are pleased to announce the third World Conference on Untouchability (WCU) in Kathmandu, Nepal between 12-13 May in Hotel Hyatt Regency. IHEU organized the first conference in London-2009. Second and third conferences were organized in 2012 and 2013 in Kathmandu (please click here to find 2nd world conference's report). As last year, National Dalit Commission of Nepal will be co-host of the conference.The conference will start at 8 AM 12th May with the opening ceremony with huge participation of academicians, influential political...

सामाजिक कुरीती अन्त्यकालागी वृहत भेला

मानववादी समाज (सोच) नेपालको आयोजना र हामूको सह–आयोजनामा “सामाजिक कुरीती अन्त्यकालागी वृहत भेला” विषयक अन्तरक्रिया कार्यक्रम २०७२ असोज १९ गते दमौली तनँहुमा सम्पन्न भएको छ ।  उत्त कार्यक्रममा विभिन्न किसिमका समाजमा रहेका विधमान् सामाजिक कुरीती र विसङ्गगतिलाई प्रस्ट पारीएको थियो । सोच नेपालका कार्यकारी निर्देशक उत्तम निरौलाले कुरीती ६३ प्रकारका रहेका र ती  के के हुन र समाजमा संस्कारको नाममा कसरी कुप्रथा र कुरीती रहेका छन् भन्ने कुरा औंल्याउनुभयो । कार्यक्रममा एककृत माओवादीका नेता गिता शिंहले यदी राष्ट्रमा संविधान र्कायवन भएको खण्डमा...