जवाफदेहि बनाउन जनप्रतिनिधीलाई अभिमुखिकरण
गोरखा नगरकार्यपालिकाका सदस्यहरुका लागि दिइएको दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गोरखा नगरपालिका र सोच नेपालको संयुक्त आयोजनामा कार्यपालिका सदस्यहरुलाई सामाजिक जवाफदेहिताका औजारहरुका बारे अभिमुखिकरण गराइएको हो । नगरपालिकाबाट सञ्चालित कार्यक्रम तथा योजनाहरुलाई पारदर्शी रुपमा अघि बढाउन र नगरलाई शुसासनमैत्री बनाउने उदेश्यले जनप्रतिनिधिहरुलाई अभिमुखिकरण गरिएको आयोजकले जनाएको छ । आइतबार र सोमबार सदरमुकाममा भएको कार्यक्रममा जवाफदेहिताका ६ वटा औजारहरु सार्वजानिक सुनुवाई, सामाजिक परिक्षण, सार्वजानिक लेखा परिक्षण, सार्वजानिक खर्चको सोधखोज र सामुदायिक अंकपत्रका बारेमा अभिमुखिकरण गरिएको हो । त्यस्तै कार्यक्रममा...