सार्बजनिक खर्च पछ्याइ पश्चात सुधारभयाे बिद्यालयकाे छात्रबृत्ति बितरण प्रक्रिया
Background/Context / सन्दर्भ, पृष्ठभुमिः सुशासन तथा जवाफदेहिता प्रबर्धन साथै सार्वजनिक सेवाको प्रभावकारितामा अभिबृद्धिका लागि सोच नेपालले पारस्पारिक जवाफदेहिता स्थानीय अभियान परियोजना सञ्चालन गरिरहेको छ । यसै परियोजना अन्तर्गत सोच नेपालले ओखलढुङ्गा जिल्लाका केहि स्थानीय तहहरुमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । परियोजना अन्तर्गत सोच नेपालको समन्वयमा जिल्लाको मोलुङ गाउँपालिकाको वडा नं. १ कुन्तादेवीमा पनि स्थानीय सभा तथा रेडियो श्रोता समुहको निर्माण भएको छ । यी समुहहरुको नियमित बैठक बस्नुका साथै बेलाबेलामा वडामा सञ्चालन भएका विभिन्न विषयसँगै समस्याका बारेमा समेत समाधानका...