भगवान बनेर हुर्कँदा
प्रीति शाक्य ३ वर्षको उमेरमा देवी बनिन् । ११ वर्षसम्म उनले दरवारबाहिरको जीवन महसुस गर्न पाइनन्, दरवारबाहिर खुट्टासमेत टेकिनन् । तर महिनावारीको समय नजिकिदैं गएपछि उनी आफ्नो गुमनाम जीवन बाच्न नगर फर्किइन् । झिसमिसेमा काठमाडौँको आकास उज्यालिँदै गर्दा रातो कपडा र सुनका गहनाले सजिएकी एक सानी बच्चीलाई एक मन्दिरमा लगिन्छ । त्यसपछि मानिसहरुको विश्वास अनुसार उनलाई केही डरलाग्दो चीज रहेको ‘अन्धकार स्थान’ मा राखिन्छ । केहीले त्यो डरलाग्दो कुरा सर्प हो भन्छन् भने केहीले बली दिइएको जीव भन्छन् । उनले अन्तिम परिक्षामा सयौँ अन्य...