आगामि नगर सभामा बूढानीलकण्ठ नगरपालिकामा सुशासन नीति पास गरीने ।
राजेन्द्र कोईराला, सोच नेपाल बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धब खरेलले आगामि नगरसभा सम्ममा सुशासन नीति पास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।बूढानीलकण्ठ नगरपालिकामा तथा सोच नेपालको संयुक्तरुपमा आयोजनामा सुशासन नीतिको आवश्यकता बारेमा भएको छलफलमा नगरप्रमुख खरेलले उक्त प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।कार्यक्रममा नगर प्रमुख, उप प्रमुख, निमित्त प्रमुख प्रशासकिय अधिकृत, सुशासन समिति, वडा अध्यक्ष, कार्यपालिका सदस्य, नागरिक संस्थाका पदाधिकारी सहितको उपस्थिति रहेको थियो । नगरपालिकाको सुशासन नीतिको मस्यौदामा भएको छलफलको सहजिकरण भोला भट्टराईले गर्नुभएको थियो ।छलफल पश्चात विधायन...