काठमाण्डौं जिल्लाका स्थानिय तहले सुशासन नीति बनाउने
२०७६ भाद्र २२ काठमाण्डौ जिल्लाका ११ वटै स्थानीय तहका जनप्रतिनिधिहरुले सुशासन नीति तयार गरी शिघ्र लागु गर्ने बताएका छन् । जिल्ला समन्वय समिति, गैरसरकारी संस्था महासंघ र सोच नेपालको संयुक्त आयोजनामा आज जिल्ला समन्वय समितिको हलमा भएको कार्यक्रममा प्रतिनिधिहरुले उक्त कुराको प्रतिबद्धता व्यक्त गरेका हुन् ।उक्त कार्यक्रममा नागरिक संस्थाका प्रतिनिधिहरुले कतिपय स्थानीय तहले अझसम्म सूशासन समितिलाई पुर्णता नदिएको तथा नागरिकका तर्फबाट प्रतिनिधि नराखि अनुगमन मुल्यांकनको काम गर्दा अनुगमन फितलो भएको बताएका थिए । जनप्रतिनिधिहरुले आफुलाई काम...