विश्व मानववादी दिवसकाे अवसरमा छलफल कार्यक्रम प्रतिवेदन

जुन २१ अथार्त विश्व मानववादी दिवस (World Humanist Day), नेपालमा पनि साेच नेपालकाे आयोजनामा मानववादी दिवस तथा सुर्यग्रहणको विषयलाई लिएर समाजमा रहेको अन्धविश्वास तथा रुकुम घटनाको बिषयलाई लिएर जुन २१ मा भर्चुअल बैठक सम्पन्न भयो । बैठकमा मानववादी अभियान्ता, दलित अगुवा तथा बुद्धिजिवीको सहभागिता रहेको थियो । छलफलमा निम्नानुसार उपस्थित महानुभावहरुले भनाइ राख्नु भयो । बालकृष्ण श्रेष्ठ (प्राध्यापक : बाल्मिकी क्याम्पस तथा अध्यक्ष : सोच नेपाल) मानिस पहिला पशु अवस्थामा थिए कालान्तरमा दुइ खुट्टाले टेकेर हातले अन्य...

सोच नेपालले गर्यो विपन्न लाइ सहयोग

राजेन्द्र कोइराला काठमाण्डौ । मानवादी समाज (सोच) नेपालले काठमाण्डौ र महोत्तरीका विपन्न वर्गलाई खाद्दान्न सहयोग गरेको छ । कोरोना भाइरसको महामारी रोकथाम र संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनमा पिडित बनेका काठमाण्डौ र महोत्तरीका विपन्न तथा मजदुरहरुलाई सो संस्थाले राहत स्वरुप खाद्दान्नका लगायतका सामाग्री वितरण गरेको हो । महोत्तरीको पशुपति नगर स्थित मुसहर बस्तीका ३३ घर धुरीलाई खाद्यान्न वितरण गरिएको हो । । ग्रोइङ्ग नेपाल फाउण्डेसनको आर्थिक सहयोगमा सो संख्याका परिवारलाई दाल, चामल, मसला, तेल, नुन लगायतका अत्यावश्यक सामाग्री वितरण गरिएके हो...

रुकुम पश्चिम चौरजहारी घटनाका सम्बन्धमा साेच नेपालकाे विज्ञप्ती ।

२०७७ जेठ १० गते शनिबार राति रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीमा अन्तरजातीय प्रेमी जोडीले विवाह गर्न खोज्दा जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको स्थानीय कथित माथिल्लो जातका गाउँलेहरूको कुटपिटबाट मृत्यु भएको घटनाप्रति सोच नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

बर्तमान समयमा दलितका सवाल तथा भावी कार्यदिशा विमर्ष गोष्ठी सम्पन्न ।

राजेन्द्र काेइराला, बर्तमान समयमा दलीलतका सवाल तथा भावि कार्यदिशा विषयक विमर्श गोष्ठी काठमाण्डौमा सम्पन्न भएको छ । मानवादी समाज (सोच) नेपालसंगको सहकार्यमा छुवाछूत विरुद्धको अन्तराष्ट्रिय संजाल (Global Alliance Against Untouchability (GAAU) को आयोजनामा भएको कार्यक्रममा छुवाछूत विरुद्धका अभियान्ता, नागरिक अधिकारकर्मी, दलित अगुवा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बक्ताले निम्न बमोजिम भनाइ राख्नु भएको थियो । सिताराम परियारः GAAU संयोजक, पुर्व सदस्य सचिव- दलित आयोग नेपालमा नयाँ संविधान बने पछि दलितको अवस्था कस्तो भयो संविधानमा दलितहरूलाई...

लैंगिक समानता र सामाजिक समावेशिताका लागि काठमाण्डौका स्थानीय तह उपप्रमुखको साझा प्रतिबद्धता

राजेन्द्र कोईराला, काठमाण्डौंका स्थानीय तहका जनप्रतिनिधी र कर्मचारीले लैगिक समानता तथा सामाजिक समावेशिकरणका लागि सामुहिक प्रतिवद्धता जनाएका छन् । जिल्ला समन्वय समिति काठमाण्डौंको आयोजना तथा सोच नेपाल र ओरेक नेपालको सहयोगमा भएको स्थानिय तहमा लैगिक समानता र सामाजिक समावेशिकरणका सम्बन्धमा जनप्रतिनिधी, कर्मचारी तथा नागरिक समाज सहितको छलफल कार्यक्रममा उनिहरुले साझा प्रतिवद्धता जनाएका हुन् । साझा प्रतिबद्धतामा स्थानिय तहमा नीति निर्माण, योजना तर्जुमा र कार्यन्वयन प्रक्रियामा लक्षित बर्गको अर्थपुर्ण सहभागिता सुनिश्चित गरिने बुदा समेटिएका छन् । त्यस्तै विकास निर्माण प्रक्रियामा महिलाको सहभागिता बढाउने, लैगिक...

आगामि नगर सभामा बूढानीलकण्ठ नगरपालिकामा सुशासन नीति पास गरीने ।

राजेन्द्र कोईराला, सोच नेपाल बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धब खरेलले आगामि नगरसभा सम्ममा सुशासन नीति पास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । बूढानीलकण्ठ नगरपालिकामा तथा सोच नेपालको संयुक्तरुपमा आयोजनामा सुशासन नीतिको आवश्यकता बारेमा भएको छलफलमा नगरप्रमुख खरेलले उक्त प्रतिवद्धता व्यक्त गर्नुभएको हो । कार्यक्रममा नगर प्रमुख, उप प्रमुख, निमित्त प्रमुख प्रशासकिय अधिकृत, सुशासन समिति, वडा अध्यक्ष, कार्यपालिका सदस्य, नागरिक संस्थाका पदाधिकारी सहितको उपस्थिति रहेको थियो । नगरपालिकाको सुशासन नीतिको मस्यौदामा भएको छलफलको सहजिकरण भोला भट्टराईले गर्नुभएको थियो । छलफल पश्चात विधायन...