आस्थाको गरिमा कि अन्धविश्वासको महिमा?
- प्रविण पाठक(pravinpathak417@gmail.com) केही समयअघि छाउगोठमा आगोमा रापिएर अनि धुवाँको मुस्लोमा गुम्सिएर एक महिला र उनका दुई सन्तानको ज्यान गयो। दोस्रो विश्व युद्ध अघि हिटलरको आततायी नेतृत्वमा दसौँ लाख यहुदीको बर्बर हत्या भयो। १९औं शताब्दीको मध्यतिर कालाहरूलाई दास बनाइराख्ने कि मान्छेको दर्जा दिने भन्ने द्वन्दको सेरोफेरोमा अमेरिकामा लाखौँ मान्छे अनाहकमा मरे। रुवान्डाकाहुतु र तुत्सीजातीबिचकोनरसंहारकोकहालीलाग्दो यथार्थ पनि धेरैले सुनेका होलान्।वर्तमानमा भारत र पाकिस्तानबिच युद्धको सम्भावनाले दुनियाँ चिन्तित छ। त्यस्तै, एक मुट्ठी माटोमाथि बेअर्थ अनेक आदर्श गुथेर वीरताको नाममा कति आमाका कोख रित्तिए होलान्। यी दृष्टान्तहरू कुनै इतिहासको मन्थन वा समाजशास्त्रीय विश्लेषण गर्न...