Author - soch

यातायात व्यवसायीहरुले सहुलियत नदिएको जेष्ठ नागरिकको गुनासो

जेष्ठ नागरिक परिचय पत्र भएका नेपाली नागरिकहरुलाई नेपाल सरकाले प्रदान गरेको सहुलियत यातायात व्यवसायीहरुले नदिएको ओखलढुंगाका जेष्ठ नागरिकहरुले गुनासो गरेका छन् । जिल्ला भित्र र जिल्ला बाहिर चल्ने यातायात साधनहरुले यात्रा गर्दा भाडामा सहुलियत नदिएको उनीहरुको गुनासो छ । ६० वर्ष उमेर पार गरी जेष्ठ नागरिक परिचयपत्र लिएका नागरीकहरुले सार्वजनिक यातायतका साधनमा ५० प्रतिशत छुट पाउनु पर्ने भए पनि ओखलढुङ्गमा जिल्लाबाट जिल्ला बाहिर र जिल्ला भित्रै सञ्चालन हुने कुनै पनि यातायात साधनहरुले जेष्ठ नागरिक परियचपत्रको अधारमा छुट नदिएको जेष्ठ नागरिक संघ...

भूकम्पले क्षति भएका विद्यालयहरुको पुननिर्माणमा तिव्रता दिन नागरिक संस्थाहरुको माग

काठमाडौँ । भूकम्पका कारण क्षतिग्रस्त विद्यालयको पुननिर्माणका लागि सहयोग घोषणा गरेका मुलुक लगायत तथा विभिन्न दातृनिकायले प्रतिबद्धता अनुसार काम नगरेकोप्रति बिभिन्न नागरिक संस्थाहरुले ध्यानाकर्षण भएको जनाएका छन् । सोच नेपाल लगायत देशभरका १७ वटा नागरिक संस्थाका ३४ भन्दा बढी जिल्लामा क्रियाशिल अभियानकर्मीहरुले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै सो असन्तुष्टि जनाएका हुन् । नेपालमा २०७२ साल बैशाख १२ र २९ गते आएको अकल्पनीय र विनाशकारी भूकम्पले १४ जिल्लाका ८ हजार विद्यालयका २५ हजार कक्षा कोठाहरुमा क्षतिग्रस्त भएका भएका थिए । भूकम्प गएको...

काशीगाँउ बोक्सी आरोप घटनाः शव चिर्नेदेखि प्रहरी र जनप्रतिनिधी कुट्नेसम्म

गोरखा, २० साउन साउन १० गते धार्चे गाँउपालिका ६ काशीगाँउका स्थानीय भीमकुमार गुरुङ्गको निधन भयो । गत मंसिरदेखि बिरामी परेका गुरुङ्गलाई उपचारका लागि उनका परिवारले अस्पतालदेखि गाँउका धामीझाक्रीसम्म पु¥याए । अन्ततः गुरुङ्गले संसार छोडे । मृत्यु सामान्य नै थियो । मृत्यु भएको दिन गाँउमा सबै जुटे । दाहसंस्कारको तयारी हुदाहुदै त्यो दिन रात प¥यो । भोलीपल्ट ११ गते गुरुङ्गलाई दाहसंस्कार गर्न नजिकैको चिहानडाँडाँ पु¥याइयो । अन्तिम संस्कारको प्रकृया पुरा हुदै थियो एकाएक चिहानडाँडाँमै हल्ला फैलियो । ‘भीमकुमारको बोक्सीका कारण ज्यान गएको...