अन्तराष्ट्रिय मानववादी पुरस्कार नेपाललाई

मानववादी महासंघ बेलायतले यस बर्षको मानववाद सेवा पुरस्कार नेपाललाई प्रदान गरेको छ । हिजो आयोजित महासंघको विश्व भेलाले सो घोषणा गरेको हो । कोरोना महामारीका कारण यस बर्षको विश्व भेला अनलाईनबाट आयोजना गरिएको थियो । उक्त भेलालाई यसबर्ष काठमाण्डौमा आयोजना गर्ने तय भएको थियो । तर कोरोना महामारीका कारण नेपालको कार्यक्रम स्थगन भएको थियो ।हिजो आयोजित अनलाईन भेलामा विश्वभरका मानववादीहरुलाई संबोधन गर्दै अन्तराष्ट्रिय मानववादी महासंघका अध्यक्ष एन्ड्रयु कप्सनले सोच नेपालकी पूर्व अध्यक्ष शान्ती गुरुङलाई वहाँले लामो समयसम्म मानववादी अभियानमा सहयोग...