कुरीतिको कारणले यस बर्ष ३३ जना को मृत्यु, प्रदेश २ अत्याधिक मारमा
सोच नेपाल२०७६ पुष १६ गते देखि २०७७ पुष १६ सम्म (जनवरी १, २०२० देखि डिसेम्बर ३१,२०२० सम्म) गरिएको मिडिया सर्भेक्षणले एक वर्षको अवधिमा देशभर कुरीतिका कारण ४०७ जना प्रभावित भएको पाइएको छ । राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक भएका विषयलाई अध्ययन गरेर तयार परिएको अभिलेखले यस्तो देखाएको छ ।यो अबधिमा जातिय छुवाछुतका ३४, बालविवाहका २३, दाइजोप्रथाका ८, छाउपडीका ५५, लैङ्गिकविभेदका १६, बलि प्रथाका २, देउकी प्रथाका १, केटि छोप्ने प्रथाका १, कुमारी प्रथाका ३, बहुविवाहका ५, अन्धबिश्वासका ४ ...