बर्तमान समयमा दलितका सवाल तथा भावी कार्यदिशा विमर्ष गोष्ठी सम्पन्न ।
राजेन्द्र काेइराला,बर्तमान समयमा दलीलतका सवाल तथा भावि कार्यदिशा विषयक विमर्श गोष्ठी काठमाण्डौमा सम्पन्न भएको छ । मानवादी समाज (सोच) नेपालसंगको सहकार्यमा छुवाछूत विरुद्धको अन्तराष्ट्रिय संजाल (Global Alliance Against Untouchability (GAAU) को आयोजनामा भएको कार्यक्रममा छुवाछूत विरुद्धका अभियान्ता, नागरिक अधिकारकर्मी, दलित अगुवा लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा बक्ताले निम्न बमोजिम भनाइ राख्नु भएको थियो ।सिताराम परियारः GAAU संयोजक, पुर्व सदस्य सचिव- दलित आयोग नेपालमा नयाँ संविधान बने पछि दलितको अवस्था कस्तो भयो संविधानमा दलितहरूलाई...