विज्ञान दिवसमा विज्ञानकै उपहास !
रमेश सुनुवार नेपालमा यो वर्ष असोज १ गते सातौं विज्ञान दिवस भव्य रुपमा मनाइयो । त्यस अवसरमा राष्ट्रिय सभागृहमा एउटा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । त्यहाँ दुई विपरित दृश्यहरु देखिन्थे । बाहिर विज्ञान–प्रविधिको भव्य प्रदर्शनी थियो । त्यहाँ आधुनिकतम विज्ञान–प्रविधिका उपलब्धिहरु राखिएका थिए– ड्रोन, रोबोट, आर्टिफिसिल इन्टेलिजेन्स, इत्यादि । तिनीहरु एकसे एक आधुनिक सभ्यताका शान थिए । तिनीहरु मानवजातिको संघर्ष, बलिदान र पराक्रमको परिणाम थिए । र, तिनीहरु मानवजातिले चाह्यो भने के के गर्नसक्छ...