प्रेस विज्ञप्ती “छाउपडी प्रथा”
यही पुस ३ गते अछाममा छाउपडिको कारणले कक्षा ९ मा अध्यनरत किशोरीको मृत्यू भएको छ । गाज्रा ७ की १५ वर्षीया राशनी तिरुवा शनिवार खाना खाएर छाउ गोठमा सुत्न गएकी रोशनीले ज्यान गुमाउन परेको छ । मृत्यु भएको घटनाप्रति मानववादी समाज (सोच) नेपालको गम्भिर ध्यानाकर्षण भएको छ । घटनाक्रम अनुसार शनिवार बेलुकी ६ बजे खाना खाएर गोठमा सुतेकी रोशनी बिहान सम्म नउठेपछि बोलाउन जादाँ मृत अवस्थामा भेटिएको थियो ।शनिबार स्कुल बिदाको दिन भएकोले रोशनीले दिनभरी जंगल गएर एक भारी दाउरा ल्याएकी...