Tag - nayapatrika

देवताको आविष्कार !

हामी गुनेर, बुझेर अनि बुझ नपचाई भन्न सक्ने हो भने देवताले मान्छे होइन, मान्छेले देवता बनाएको हो । ठाउँ समाज र परिस्थिति हेरी आ–आफ्नै प्रकारका देवता कतै बनाइएका छन् भने कतै स्वघोषित रूपमा बनेका छन् । स्वघोषित देवता स्वयं मानिस हुन् भने बनाइएका देवतामा मानिस वा अरू कुनै जीवित या निर्जीव वस्तु पर्छन् । यहाँ लेख्न थालिएको विषय, मानिस भएर पनि स्वघोषितभन्दा बढी अरूले देवता बनाउन लागेको एक सन्दर्भ हो । नयाँ आविष्कार गरिन लागेको देवताको हो । जसका आविष्कारक कुनै वेलाका भौतिकवादी चिन्तक र अभियन्ता...