Monthly Archives - March 2022

ऐन बनेपछि गाउँमा जुवा तास खेल्न छाडे, मदिरा खाएर हल्ला गर्नेलाई कारबाही

पृष्ठभुमी: देशका विभिन्न भागहरुमा भई रहेको कुरीति, कुसँस्कार, बेथिती तथा सुशासनका क्षेत्रमा करीब एक दशक देखी आफ्नो विविध गतिबिधी सञ्चालन गर्दै आएको संस्था हो ‘सोच नेपाल’ । पछिल्लो केही वर्षदेखी गोरखा, काठमाण्डौं र ओखलढुङ्गामा FHI/USAID को सहयोगमा पारस्पारिक जवाफदेहीता परियोजना समेत सञ्चालन गर्दै आएको छ । यस परियोजना अन्तर्गत संस्थाले गोरखामा नागरिक समाज, सेवा प्रदायक निकाय र सञ्चार माध्यमहरुसंग सहकार्य र समन्वय गर्दै आफ्नो गतिबिधी संचालन गर्दै आएको छ । आफ्नो हकहित, अधिकारका बारेमा नागरिकहरुलाई सजग र सचेत गराउदै सेवा प्रदायक...

सार्बजनिक खर्च अनुगमनमा सार्बजनिक खर्च पछ्याई प्रभावकारी

सुशासन तथा जवाफदेहिता प्रबर्धन साथै सार्वजनिक सेवाको प्रभावकारितामा अभिबृद्धिका लागि सोच नेपालले पारस्पारिक जवाफदेहिता स्थानीय अभियान परियोजना सञ्चालन गरिरहेको छ । यसै परियोजना अन्तर्गत सोच नेपालले ओखलढुङ्गा जिल्लाका केहि स्थानीय तहहरुमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । परियोजना अन्तर्गत सोच नेपालको समन्वयमा जिल्लाको मोलुङ गाउँपालिकाको वडा नं. १ कुन्तादेवीमा पनि स्थानीय सभा तथा रेडियो श्रोता समूहको निर्माण भएको छ । यी समूहहरुको नियमित बैठक बस्नुका साथै बेलाबेलामा वडामा सञ्चालन भएका विभिन्न विषयसँगै समस्याका बारेमा समेत समाधानका लागि छलफल हुने...

११२ औ अन्तराष्ट्रीय श्रमीक महिला दिवस सम्पन्न ।

साेच नेपालले ११२ औं अन्तराष्ट्रिय महिला दिवशका अवसरमा मार्च ८ का दिन बिभिन्न कार्यक्रम गरी मनाएकाे छ गरेकाे छ । स‌स्थाले स‌ञ्चालन गरेकाे पारस्पारीक जवाफदेहिता परियाेजना सञ्चालित गाेरखा ओखलढुङ्गा र काठमाण्डाैमा विभिन्न कार्यक्रम सहित सम्पन्न गरेकाे छ । गाेरखाकाे गाेरखा नगरपालिकामा ‘गोरखामा महिला हिंशाको अवस्था, कारण र न्यूनिकरणका उपाय’ विषयमा अन्तरक्रिया कार्यक्रम गरिएकाे थियाे कार्यक्रमकाे अध्यक्षता एम्नेष्टी इन्टरनेशनल समुह ४२ की अध्यक्ष टिल कुमारी (सविन) पोखरेलले गर्नुभएकाे थियाे । गोरखा नगरपालिकाका मेयर राजनराज पन्त तथा उपमेयर विना कुमारी श्रेष्ठकाे अतिथ्यतामा...

साेच नेपालकाे पैरवी पश्चात स्वास्थ्य चौकीको भवन बनेपछि सेवाग्राही बढे

सुशासन, जबाफदेहिता र पारदर्शिता अभिबृद्धिको उद्देश्यले एफएचआइ युयसएआइडी को सहयोगमा  नगरिक समाज पारस्परिक जवाफदेहिता परियोजनाको सहयोगमा सोच नेपाल द्वारा संचालित छ । यसै परियोजना अन्तर्गत सोच नेपालले तीनै तहका सरकारी निकाय, नागरिक समाज, राजनैतिक दल तथा नीजि क्षेत्रसग सहकार्य तथा समन्वय गरि बिभिन्न क्षेत्रमा कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ नागरिक र सरकार बीच रचनात्मक नागरिक संलग्ननता वृद्धिका लागि नागरिक समाजको क्षमता अभिवृद्धि गर्ने, सार्वजनिक सवा प्रवाहको  प्रभावकारीता अभिवृद्धि गर्ने सेवा प्रवाह प्रक्रियाको अनुगमन, नीतिगत पैरवीमा सहकार्य गर्ने काम परियोजनाले संचालन...