Recent Posts

बेरुजु फछ्यौट नगर्नेले बूढानीलकण्ठ नगरपालिकाको नीति तथा कार्यक्रमका बजेट नपाउने

राजेन्द्र कोईराला सोच नेपालबूढानीलकण्ठ नगरपालिकामा विगतमा बेरुजु फछ्र्याैट नगर्ने व्यक्ति र संस्थालाइ चालु आर्थिक वर्षको नगरका कार्यक्रममा कडाई गरिने भएको छ । नगरपालिकालाई जानकारी नभएका पुरानो पेश्की बेरुजु बाँकि रहेका व्यक्ति, संस्था र कार्यालयहरुले नगरपालिकाबाट चालु आर्थिक वर्षको कार्यक्रम लगि संचालन गरिरहेको जानकारी नगरपालिकालाई कसैले खबर गरे तत्काल कार्यक्रम रोकेर कानुनबमोजिम कारबाही गर्ने नगर प्रमुख उद्धब खरेलले बताउनु भयो । नगर प्रमुख उद्धब प्रसाद खरेल बूढानिलकण्ठ नगरपालिका र सोच नेपालले संयुक्त रुपमा आयोजना गरेको बेरुजु न्यूनीकरणका लागि छलफल कार्यक्रमका [...]

Read more...

नेपालमा लोकतन्त्रको अनुभव र चुनौती

मानववादी समाज नेपालको आयोजनामा मिति २०७६ भाद्र ३० गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडांैमा “नेपालमा लोकतन्त्रको अनुभव र चनौती” बिषयक गोष्ठि कार्यक्रम सम्पन्न भयो । गोष्ठिमा सामाजिक अभियन्ता, प्राध्यापक, विद्यार्थी, पत्रकार, नितिका जानकार, विद्वान एवं दर्शनशास्त्रका ज्ञाता गरी करीब १२५ जनाको सहभागिता थियो । गोष्ठिको आयोजना बारे प्रकाश पार्दै कार्यक्रमको सन्चालन सोच नेपालका कार्यक्रम सल्लाहकार उत्तम निरौलाले गर्नुभएको थियो । कार्यक्रम बारे कार्यक्रम आयोजनाबारे प्रकाश पार्ने क्रममा निरौलाले भन्नुभयो—नेपालमा जनताको लामो र निरन्तरको संघर्ष पश्चात लोकतन्त्र स्थापना भएको [...]

Read more...

नागरिक संस्थाका असल अभ्यास अभिलेखिकरण गरिने

गैर सरकारी संस्था महासंघका अध्यक्ष जितराम लामाले नागरिक समाज संस्थाले आफुले गरेका राम्रा अभ्यासलाई अभिलेखिकरण गरेर प्रकाशन गर्न आवश्यक भएको र त्यसकालागि श्रोत जुटाउन गैसस महासंघले सहयोग गर्ने बताउनु भयो । काठमाण्डौंमा नागरिक संघ संस्थाले गरेका असल अभ्यास आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष लामाले अभिलेखिकरण गर्न सके नागरिक समाज संस्थालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने उहाको भनाई थियो । त्यसकालागि उदाहरणीय तथा राम्रा कामको प्रचार गर्न नसकेको बताउनु भयो । त्यस्तै गैर सरकारी संस्था महासंघ काठमाण्डौंका अध्यक्ष प्रदिप डंगोलले नागरिक [...]

Read more...

काठमाण्डौं जिल्लाका स्थानिय तहले सुशासन नीति बनाउने

२०७६ भाद्र २२ काठमाण्डौ जिल्लाका ११ वटै स्थानीय तहका जनप्रतिनिधिहरुले सुशासन नीति तयार गरी शिघ्र लागु गर्ने बताएका छन् । जिल्ला समन्वय समिति, गैरसरकारी संस्था महासंघ र सोच नेपालको संयुक्त आयोजनामा आज जिल्ला समन्वय समितिको हलमा भएको कार्यक्रममा प्रतिनिधिहरुले उक्त कुराको प्रतिबद्धता व्यक्त गरेका हुन् । उक्त कार्यक्रममा नागरिक संस्थाका प्रतिनिधिहरुले कतिपय स्थानीय तहले अझसम्म सूशासन समितिलाई पुर्णता नदिएको तथा नागरिकका तर्फबाट प्रतिनिधि नराखि अनुगमन मुल्यांकनको काम गर्दा अनुगमन फितलो भएको बताएका थिए । जनप्रतिनिधिहरुले आफुलाई [...]

Read more...

काठमाण्डौं जिल्लाका स्थानिय तहको बेरुजु अन्त्यका लागि नागरिक समाजको ध्यानाकर्षण ।

काठमाण्डौं जिल्लाका स्थानिय तहको बेरुजु फछ्यौटका लागि आज गैह् सरकारी संस्था महासंघ काठमाण्डौंको अगुवाईमा १४ नागरिक संस्थाले काठमाण्डौं जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राज बैद्यलाई ध्यानाकर्षणपत्र बुझाइएका छन् । महालेखा परिक्षकको कार्यालयले स्थानीय तहमा व्यापक बेरुजुको अवस्था रहेको प्रतिवेदन सार्वजनिक गरेपछि बेरुजु अन्त्यकालागि उक्त संस्थाहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन् । पत्र बुझ्दै जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्यले स्थानिय तहको बेरुजुका विषयमा नागरिक संस्थाको चासोका निम्ती धन्यवाद व्यक्त गर्नुभयो । वहाँले आर्थिक अनुसासन कायम गर्न जिल्ला समन्वय समितिको तर्फबाट [...]

Read more...

१ लाख राशिको पुरस्कार घोषणा

सोच नेपाल र वंशरत्न मेमोरियल ट्रस्टले मानववाद र वैज्ञानीक सोचका क्षेत्रमा योगदान दिएका राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्ति वा संस्थालाई बार्षिक रु. १ लाखको पुरस्कार प्रदान गर्न लागेको हुँदा तपाईले ईच्छाएको व्यक्ति र उसले पुरस्कार पाउनु पर्ने कारण बारे लेखेर १५ दिन भित्र पठाईदिनु हुनु अनुरोध गर्दछौँ । SOCH Nepal and Bansra Ratna Trust jointly announce an annual award of One lakh rupees (US$ 1000); individual or organization contributed on Humanism and scientific thinking. Please recommend any names if [...]

Read more...

ओखलढुंगा २४ करोड बढी बेरुजु

ओखलढुंगा : ओखलढुंगाका आठ स्थानीय तहमा एक आर्थिक वर्षमा २४ करोडभन्दा बढी बेरुजु देखिएको छ। महालेखाको प्रतिवेदनले २०७४/७५ मा आठ स्थानीय तहको बेरुजु २४ करोड ९ लाख ५ हजार देखाएको हो। बेरुजु लेखिएको २४ करोड ९ लाख ५ हजारमध्ये १ करोड ५८ लाख ८३ हजार असुल उपर गर्नुपर्ने, ७ करोड ११ लाख ५९ हजार नियमित गर्नुपर्ने, ९ करोड ७५ लाख ७ हजारको कागज पेस गर्नुपर्नेछ। सबैभन्दा बढी चम्पादेवी गाउँपालिकाको ७ करोड २९ लाख ५६ हजार बेरुजु छ। खिजिदेम्वा गाउँपालिकाको ३ करोड [...]

Read more...

गौतमबुद्ध, जयपृथ्वी र मानववाद

नेपाल प्रज्ञा प्रतिष्ठान र मानववादी समाज (सोच) नेपालले विश्वमा मानवातावादी दर्शनको विकास र विस्तारमा गौतम बुद्ध र जयपुथ्वीबहादुर सिंहको योगदान विषयक गोष्ठी कार्यक्रमको आयोजना गरेका छन् । २०७६ असार १६ गते नेपाल प्रज्ञा प्रतिष्ठानको कार्यक्रम हल काठमाडौँमा आयोजित कार्यक्रममा नेपालका दार्शनीक र दर्शनका विद्यार्थीहरु गरी करिब २ सयको सहभागिता रहेको थियो । कार्यक्रमको संक्षिप्त प्रतिवेदन १. परिचय ः कुनै पनि विषयलाई हेर्ने कोण नै दर्शन हो । मानिसको व्यवहार र विवेकको मापन हुनु दर्शनका क्षेत्रहरु हुन् । प्राज्ञिक अध्ययनका सन्दर्भमा [...]

Read more...

Niraula interviewed by ‘The Hindu’

‘Mixing religion, politics sees rights violation worldwide Global board member of International Humanist and Ethical Union says in a plural society, everyone should be able to express their ideas with dignity Critical thinking, or the right to question authority or go against a majoritarian view, may not be in vogue in the country these days, but valuing the individual’s freedom to express himself or herself has roots in ancient India, says Uttam Niraula, a global board member of the International Humanist [...]

Read more...

छुवाछुत, दलित अधिकार र धर्म

मितिः श्रावण १९ गते २०७६, मानववादी समाज सोच नेपालले छुवाछुत, दलित अधिकार र धर्मका बिषयमा बौद्धिकहरुबिच अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । आज काठमाण्डौमा आयोजित कार्यक्रममा विभिन्न बौद्धिक व्यक्तित्वले धर्ममा छुवाछुत सम्बन्धि व्यवस्था बारे छलफल गरियो । कार्यक्रममा यस बिषयका अध्येता, नेपाल स्थित बेलायति राजदुतावासका पुर्व सल्लाहकार, अक्सफोर्ड विश्वविद्यालयका रीसर्च फेलो डा. मित्र परियारले आफ्ना भनाई राख्नु भएको थियो । उक्त कार्यक्रका वक्ताहरुले निम्नानुसार आफ्नो धारणा राख्नु भयो ः कार्यक्रम सोच नेपालका अध्यक्ष बालकृष्ण नेभाको अध्यक्षतामा भएको थियो [...]

Read more...