ग्रहण बारे २००० बर्ष पुरानो विभेदकारी अन्धविश्वास

प्राथमिक शिक्षा देखि नै विद्यार्थीलाई सिकाईन्छ किन चन्द्र ग्रहण वा सूर्य ग्रहण लाग्दछ भनेर । घुम्दै जाँदा सूर्यको किरणको सिधा रेखामा पृथ्वी र चन्द्रमा दुवै परेमा ग्रहण हुन्छ भन्ने हामीलाई थाहै छ । सूर्यको किरणलाई चन्द्रमाले छेकेर पृथ्वीमा अध्यारो भयो भने सूर्य ग्रहण र पृथ्वीले सूर्यको किरणलाई छेकेर चन्द्रमामा सूर्य किरण पुग्न सकेन भने त्यसलाई चन्द्र ग्रहण भनिन्छ । पृथ्वी र चन्द्रमा निरन्तर घुमिरहने भएकाले ग्रहण नियमित झै भई रहन्छ ।  यति सामान्य विज्ञानलाई समेत बुझ्न नसकेर हाम्रो समाज करिब २०००...

Meeting with Taslima Nasrin.

In the morning 19th March, I saw in the news that Taslima Nasrin is in Kathmandu for the South Asian Women's Meet. Instantaneously I wrote an email her asking to meet being gloomy due to her busy schedule for the event. I was not so optimist about meeting her this time. After two days, my mobile rang with landline number. As soon as I heard Bangoli tone I was so happy.  She said 'Is this Uttam?' I replied 'finally welcome to Nepal'. She was planned to...

हिन्दुत्वको भयानक आयात

 म सानो छँदा मलाई मेरा बुवा आमाले हामी हिन्दु हौँ छोरा भनि सिकाउनु भएको थियो । घर मुनी हजुरबुवाले बनाउनु भएको शिवालय मेरालागी सबै भन्दा पवित्र तिर्थस्थल थियो । उक्त शिवालयको छानासम्म हाँगा फैलिएको अम्बकको रुखमा चढेर पाकेका अम्बक टिप्दा आफ्नो पाईताला मुनी शिवजी पर्ने डरले त्यो अम्बकको शिवालय पट्टीको हाँगामा म कहिल्यै चढ्दिन थिएँ ।  घर माथीको मुल बाटोमा अर्का देवता थिए गणेश । वरिपरी ढुंगाको गाहे लाएर बनाएको आकर्षक गणेशस्थान मेरालागी अर्को तिर्थस्थल थियो । मेरो हरेक दिनको २...

धर्मलाई महिलामैत्री बनाउने कि ?- उत्तम निरौला

सामाजिकरुपमा नेपाली महिला समाज अहिले ठुलो संक्रमणमा अल्झिएको छ । एकातर्फ पश्चिमा समाजले बनाएको अधिकारको कसि छ भने अर्कोतर्फ श्रीमान्को आयु बढाउन स्वस्थानी व्रत लिनु पर्ने धार्मीक पाखण्ड । उही महिला साली नदीमा बिहानै स्नान गरेर दिउँसो महिला अधिकारसम्बन्धि कार्यक्रममा सहभागी हुन्छिन् अनि दिउँसो महिला अधिकार संबन्धि महिला आयोगको कार्यक्रममा सहभागी हुन्छिन् ।  ७० बर्षको शीव ब्राह्णले ७ बर्षकी गोमा बालिकालाई बिहे गरेको र उनको जीवनलाई नर्कतुल्य बनाईदिएको कथालाई एकचित्त भई सुन्नु र सुनाउनु पवित्र मान्निछ । न्याय संगत राज्य कस्तो...

ज्योतिष केवल भ्रम-उत्तम निरौला

हर बिहानी मानिसको खोज आजको दिन भाग्यमा के छ भन्ने कौतुहलताबाट शुरु हुन्छ । पत्रिका, टीभि वा रेडियोमा सबैको ध्यान राशीफलमा जान्छ । म ति सबैलाई कायर भन्न रुचाउछु । उनीहरुसँग आजको दिन म राम्रो बनाउँछु भन्ने आँट छैन । जिवन यति कायरतापुर्ण बाँची रहेका छन् कि वास्तवमा उनीहरुमा जीवन नै छैन । केवल डर र त्रासमा दिन काटी रहेका छन् । हिन्दुहरुका गुरु मानिने विवेकानन्दले ज्योतिषलाई कटाक्षेप गर्दै एक पटक भनेका थिए एउटा मानिसले आफ्नो पैसा गुमाएर गरिब भएको...

भारतिय हिन्दु अतिवाद र नेपाल

अन्तराष्ट्रिय संचार माध्ययममा आईएस जस्ता ईस्लामिक आतंककारीहरूले गरेका ज्यादतीका घटनाहरू सार्वजनिक भईरहँदा सुस्तरी भारतमा भईरहेको हिन्दुवादीहरूको आतंकका घटनालेपनि स्थान पाउन थालेका छन् । संविधानतः भारतलाई विश्वको सबैभन्दा बढी जनसंख्या भएको धर्म निरपेक्ष प्रजातान्त्रिक देश मानिन्छ । भारतमा करिब ८० प्रतिशत जनसंख्या हिन्दु रहेको अनुमान गरिन्छ भने करिब १५ प्रतिशत मुसलमान र बाँकी अन्य धर्मका मानिस छन् । बेलायतले भारत छोड्दा देखि न भारत र पाकिस्तान धर्मका कारणले विभाजन भएका हुन् । तसर्थ अहिलेको ईन्डियालाई हिन्दुस्तान भनिनु स्वाभाविकै हो ।भारत हिन्दुहरूको...

धार्मीक अतिवादमा फस्दो बंगलादेश

अमेरीकी मानववादी संघको बार्षिक उत्सवमा सहभागीहुन निम्ता आए अनुसार म अमेरीकाको सिकागो सहरमा आएँ । बढी विज्ञानका बिषयमा केन्द्रित भएको भेलामा केही मावन अधिकार र धर्मसँस्कृतिका पनि कुरा हुन्थे । कार्यक्रममा बाल्ने वक्ता मध्ये मध्ये बंगलादेशकी राफिया बोन्या अहमदको प्रस्तुति सुनिसकेपछि म बंगलादेशका बारेमा नलेखि बस्नै सकिन । विगतमा बेलायतले राज्य गरेको भुभाग मध्ये बंगलादेश मात्रै एउटा देश हो जो धर्मका कारणले हैन सँस्कृति र भाषाका कारणले अलग्गै स्थापित भएको थियो । तर अहिले बंगलादेशको राजनीति यति धमिलियो कि स्वतन्त्र अभिव्यक्ति...

दाईजो नियन्त्रणको प्रयास

दाईजो प्रथा आधुनिक समाजमा महिला दमनको नयाँ श्रृंखलाकारुपमा उदाएको छ । छोरीलाई परिवारको बोझ मानेर पुरुषलाई ससम्पत्ति दान दिईने प्रथालाई दाईजो मानिन्छ । विभिन्न सँस्कृतिका मानिसले यसलाई बचाउ गर्नकालागि जुनसुकै तर्क गरेतापनि वास्तविकता के हो भने दाईजो महिला बेचबिखनको सामाजिक रीति हो ।  स्वाभाविकरुपमा दाईजो प्रथा विवाहसँग संबन्धित छ  । करिब बीस लाख बर्ष पहिले मानव सभ्यतामा विवाह भन्ने वस्तु नै थिएन । विभिन्न समाजमा विभिन्न प्रयोजनले विवाहको शुरुवात् भए । तर विवाहको शुरुवात् सामाजिकरुपमा महिलालार्ई  दासी बनाइ भित्रयाउनकालागि गरिएको थियो...

सँस्कृत सिरियाबाट आएको हो

समाजशास्त्र र मानवशास्त्रमा प्रसारवाद भन्ने एउटा सिद्धान्त छ जसले सँस्कृति, रीति रिवाज र समाजका चरित्र समाजहरुबिच प्रसार भईरहन्छन् भन्दछ । हुनपनि समाजलाई मिहिन ढंगले अध्ययन गर्ने हो भने विश्वका विभिन्न सँस्कृतिमा अनेकन् समानता पाईन्छन् । तसर्थ, मैले बोली रहेको भाषा अन्य भाषासँग मिल्न गएमा, मेरो मान्यता वा विश्वास अन्य समाजसँग मिल्न गएमा त्यो केवल संयोग मात्र नहुन सक्दछ । विगतमा कहिँ न कहिँ ति सँस्कृति बिच मिलन भएकोपनि हुन सक्दछ । बसाई सराई र व्यापारले सँस्कृतिको प्रसार गराईरहेको हुन्छ ।...

सिद्ध बाबालाई वैज्ञानिक र डाक्टरको चुनौति (बिना अक्सिजन ९ मिनेट बाँचेर देखाऊ)

सामान्यतया विज्ञानका अनुसार मान्छे बिना अक्सिजन ३ मिनेट मात्र बाँच्न सक्छ । तर एक योगी श्री कृष्णदास जी महाराजले रामनवमीको अवसरमा पोखराको रामघाटस्थित मन्दिरमा ९ दिनसम्म बिना अक्सिजन बाँचेर दुनियालाई आश्चर्यमा पारे । यो घटनाले सबैलाई आश्चर्यमा पार्यो । समाधि बसेको घटनाप्रति विभिन्न व्यक्तिका मिश्रित प्रतिक्रिया आए । कतिले यसलाई चमत्कारको संज्ञा दिए भने कतिले ढाेंग वा नौटंकीको संज्ञा दिइरहेका थिए । बाबाको खुल्ला चुनौति:बाबाको समाधिमाथि धेरै प्रश्नहरू उठ्न थालेपछि बाबाले समाधि गलत साबित गर्न सरकार पक्ष, विपक्ष, मिडिया तथा वैज्ञानिकहरूलाई ८ मिटर गहिरो खाल्डोमा उनीहरूद्धारा नै बनाइएको हावा नछिर्ने (Air Tight) बाकसमा १० वर्षसम्म बिना अक्सिजन बाँच्न सक्ने खुल्ला चुनौति दिए । त्यति मात्र होइन, उनले संसारका वैज्ञानिकहरूका अगाडि अत्याधुनिक उपकरण जडान गरी वर्तमान विज्ञान अनुसार परिक्षण गर्न पनि चुनौति दिए ।वैज्ञानिक र डाक्टरको पनि चुनौति:यो चुनौतिले एउटा जटिल प्रश्न उव्जाएको छ ? के कुनै जिव अक्सिजन बिना बाँच्न संभव होला ? विज्ञानको आँखाबाट हेर्दा ९ दिनसम्म अक्सिजन बिना बाँच्न सम्भव छ ? भन्ने जिज्ञासामा वरिष्ठ वैज्ञानिक तथा डाक्टरहरूको प्रतिक्रिया यस्तो छःमेरो बाकसमा ९ मिनेट बसेर देखाउनुस्अक्सिजन हाम्रो शरीरभित्र कोष र तन्तुमा गएर मेटाबोलिजम प्रक्रिया हुन्छ । मेटाबोलिजम भएन भने शक्ति निस्किदैन । शक्ति भएन भने शरीरका कुनैपनि अंगहरुले काम गर्न सक्दैनन् । त्यसैले बाँच्नका लागि अक्सिजन नभइ नहुने तत्व हो । विज्ञानको आधारमा ९ दिनसम्म कुनै मान्छे बाँच्नै सक्दैन । कि त बाबाको कपालले अक्सिजन निकाल्छ भन्नु पर्यो । उनीभित्र कि त रुख हुन प¥यो । जहाँ अक्सिजन निस्किन्छ, अनि मात्रै हामी मान्छौं । नत्र भने उनले ९ दिन होइन । ९ घण्टा पनि होइन । ९ मिनेट मात्र मैले बनाएको बाकसमा बिना अक्सिजन बसेर देखाइदिए पुग्छ । प्रा.डा. जागेश्वर गौतम निर्देशक, प्रसुती गृहअवैज्ञानिक र आधारहीन दावा उहाँले सस्तो लोकप्रियताका लागि गर्नुभएको अवैज्ञानिक र आधारहीन दावा मात्रै हो यो । जुन सम्भव छैन । उहाँले जुन बाकसमा बसेर ९ दिनसम्म बिना अक्सिजन बसेँ भनेर दावा गर्नुभयो, त्यो वैज्ञानिक दृष्टिकोसँग मेल खाँदैन । बरु यस्तो किसिमको बाकसमा बसेर चाँहि बिना अक्सिजन बाँच्न सक्छु भन्दा मिल्न सक्थ्यो । यदि वहाँ बिना अक्सिजन बाँच्न सक्नु हुन्छ र दावा प्रमाणित गर्नका लागि तयार हुनुहुन्छ भने हामी (नास्ट) वैज्ञानिक विधिबाट परिक्षण गर्न तयार छौं ।डा. कृष्ण प्रसाद अधिकारी, अध्यक्ष, नेपाल स्वास्थ्य अनुसन्धान परिषद दावालाई नकार्दैनौं, परिक्षणका लागि तयार छौं:प्राणीलाई बाँच्नका लागि अक्सिजन चाहिन्छ । बिना अक्सिजन प्राणी बाँच्न सक्दैन । सिद्ध बाबाले बिना अक्सिजन बाँच्न सक्छु भन्ने दावालाई ठाडै नकार्नु भन्दा वैज्ञानिक विधि अनुरुप परिक्षण गरिनु पर्छ । र बाबाले मान्नु भएको खण्डमा हामी परिक्षणका लागि तयार छौं । परिक्षणपछि प्रमाणीत भयो भने हामी सबैले मान्नैपर्छ । ताकी त्यसलाई विश्वले पनि मानोस् । र यदी प्रमाणीत भएन भने त्यो अस्वीकार्य हुन्छ । तर अहिले उहाँले भनेकै आधारमा मात्रै अक्सिजन बिना बाँच्ने कुरालाई पत्याउन सकिदैन । त्यसको परिक्षण हुन जरुरी छ । त्यसका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद वैज्ञानिक विधीबाट परिक्षण गर्न तयार छ ।  डा. कृष्ण प्रसाद अधिकारी, अध्यक्ष, नेपाल स्वास्थ्य अनुसन्धान परिषद  उत्तम निरौला निर्देशक, सोच नेपालचमत्कार देखाऊ, करोडौं लैजाऊ कस्तो खालको विद्या हो यो उहाँसँग ? जुन हावा नलिकन बाँच्न सकिने । सासै नलिकनै बाँच्न सकिने । नासा जस्तो संस्थाले खरबौं डलर खर्च गरेर हावा राखेर मान्छेलाई मंगल ग्रह लगायतका ठाउँमा पठाउने तयारी गरिरहेको छ । यदी हावा बिना हामी बाँच्न सक्छौं भने चन्द्रमामा गएर बस्न सक्ने बनाइदिए हुँदैन र ? म बाहेक यो विद्या अरुलाई आउँदैन भनेर कसैले दावा गर्छ भने त्यो विद्यानै होइन । तसर्थ यो सम्भव छैन । यो भ्रम हो । अन्धविश्वास हो ।  यो भौतिक जगतमा कुनै पनि चमत्कार संभव छैन । सिद्ध बाबाले बिना अक्सिजन ९ मिनेट मात्र बसेर देखाइ दिउन् वा कुनै चमत्कार (जादु नभई कुनै ईश्वरीय शक्ति प्राप्त कार्य) देखाइ दिए हामी लगायत दर्जनौं संस्थाहरू करोडौं करोड दिन तयार छौं उत्तम...