Articles

भगवान बनेर हुर्कँदा

प्रीति शाक्य ३ वर्षको उमेरमा देवी बनिन् । ११ वर्षसम्म उनले दरवारबाहिरको जीवन महसुस गर्न पाइनन्, दरवारबाहिर खुट्टासमेत टेकिनन् । तर महिनावारीको समय नजिकिदैं गएपछि उनी आफ्नो गुमनाम जीवन बाच्न नगर फर्किइन् ।  झिसमिसेमा काठमाडौँको आकास उज्यालिँदै गर्दा रातो कपडा र सुनका गहनाले सजिएकी एक सानी बच्चीलाई एक मन्दिरमा लगिन्छ ।  त्यसपछि मानिसहरुको विश्वास अनुसार उनलाई केही डरलाग्दो चीज रहेको ‘अन्धकार स्थान’ मा राखिन्छ । केहीले त्यो डरलाग्दो कुरा सर्प हो भन्छन् भने केहीले बली दिइएको जीव भन्छन् ।  उनले अन्तिम परिक्षामा सयौँ [...]

Read more...

समाजकल्याणको अनियमितता र गैसस महासंघको भुमिका

आत्मासाक्षि राखि मन, वचन र कर्मले काम गरौँ भन्ने चोखो नारालिएर स्थापित समाज कल्याण परिषद् स्थापना गर्नु नेपालको सामाजिक सेवा क्षेत्रलाई व्यवस्थित र वृहत बनाउन आफैमा महत्वपुर्ण कदम हो । कमजोर र असहाय व्यक्ति र समुदायलाई सक्षम बनाउन संयोजनकारी भुमिका निर्वाह गर्न समाज कल्याण ऐन २०४९ मार्फत यो संस्था स्थापना गरिएको हो । समाज कल्याण परिषद्को अर्को मुख्य काम राज्यमा कल्याणकारी कार्य गर्न स्थापित संस्थाहरुलाई सहयोग र समन्वय गर्ने हो । यति पवित्र उद्देश्यले स्थापित समाज कल्याण परिषद् व्यवहारमा [...]

Read more...

बहसः धर्म, धर्म निरपेक्षता र साम्प्रदायिकता

Uttam Niraula धर्म शब्द र आमबुझाईः धर्म शब्दलाई विभिन्न प्रसंगमा आआफ्नै तरिकाले परिभाषित गर्ने चलन छ । पूर्वीय दर्शनका ज्ञातासँग छलफल गर्दा धर्म शब्दको आ आफ्नै अर्थ लगाएको पाईन्छ । सर्वसाधारणलाई धर्म भनेको के हो भनेर सोध्दा यकिन उत्तर छैन । तसर्थ हाम्रो समाजिक परिवेशमा धर्म भन्ने शब्दबारे समान बुझाई छैन । धर्म भन्ने शब्दको अर्थ भ्रमपुर्ण बनाईएको छ । सोही धर्म शब्द जोडिएकाले धर्म निरपेक्षता भन्ने शब्द त्यसै भ्रमित छ । हाम्रो संविधानमा एकातर्फ राज्यलाई धर्म [...]

Read more...

सिद्ध बाबालाई वैज्ञानिक र डाक्टरको चुनौति (बिना अक्सिजन ९ मिनेट बाँचेर देखाऊ)

 सामान्यतया विज्ञानका अनुसार मान्छे बिना अक्सिजन ३ मिनेट मात्र बाँच्न सक्छ । तर एक योगी श्री कृष्णदास जी महाराजले रामनवमीको अवसरमा पोखराको रामघाटस्थित मन्दिरमा ९ दिनसम्म बिना अक्सिजन बाँचेर दुनियालाई आश्चर्यमा पारे । यो घटनाले सबैलाई आश्चर्यमा पार्यो । समाधि बसेको घटनाप्रति विभिन्न व्यक्तिका मिश्रित प्रतिक्रिया आए । कतिले यसलाई चमत्कारको संज्ञा दिए भने कतिले ढाेंग वा नौटंकीको संज्ञा दिइरहेका थिए । बाबाको खुल्ला चुनौति:बाबाको समाधिमाथि धेरै प्रश्नहरू उठ्न थालेपछि बाबाले समाधि गलत साबित गर्न सरकार पक्ष, विपक्ष, मिडिया तथा वैज्ञानिकहरूलाई ८ मिटर गहिरो खाल्डोमा उनीहरूद्धारा नै बनाइएको हावा नछिर्ने (Air Tight) बाकसमा १० वर्षसम्म बिना अक्सिजन बाँच्न सक्ने खुल्ला चुनौति दिए । त्यति मात्र होइन, उनले संसारका वैज्ञानिकहरूका अगाडि अत्याधुनिक उपकरण जडान गरी वर्तमान विज्ञान अनुसार परिक्षण गर्न पनि चुनौति दिए ।वैज्ञानिक र डाक्टरको पनि चुनौति:यो चुनौतिले एउटा जटिल प्रश्न उव्जाएको छ ? के कुनै जिव अक्सिजन बिना बाँच्न संभव होला ? विज्ञानको आँखाबाट हेर्दा ९ दिनसम्म अक्सिजन बिना बाँच्न सम्भव छ ? भन्ने जिज्ञासामा वरिष्ठ वैज्ञानिक तथा डाक्टरहरूको प्रतिक्रिया यस्तो छःमेरो बाकसमा ९ मिनेट बसेर देखाउनुस्अक्सिजन हाम्रो शरीरभित्र कोष र तन्तुमा गएर मेटाबोलिजम प्रक्रिया हुन्छ । मेटाबोलिजम भएन भने शक्ति निस्किदैन । शक्ति भएन भने शरीरका कुनैपनि अंगहरुले काम गर्न सक्दैनन् । त्यसैले बाँच्नका लागि अक्सिजन नभइ नहुने तत्व हो । विज्ञानको आधारमा ९ दिनसम्म कुनै मान्छे बाँच्नै सक्दैन । कि त बाबाको कपालले अक्सिजन निकाल्छ भन्नु पर्यो । उनीभित्र कि त रुख हुन प¥यो । जहाँ अक्सिजन निस्किन्छ, अनि मात्रै हामी मान्छौं । नत्र भने उनले ९ दिन होइन । ९ घण्टा पनि होइन । ९ मिनेट मात्र मैले बनाएको बाकसमा बिना अक्सिजन बसेर देखाइदिए पुग्छ । प्रा.डा. जागेश्वर गौतम निर्देशक, प्रसुती गृहअवैज्ञानिक र आधारहीन दावा उहाँले सस्तो लोकप्रियताका लागि गर्नुभएको अवैज्ञानिक र आधारहीन दावा मात्रै हो यो । जुन सम्भव छैन । उहाँले जुन बाकसमा बसेर ९ दिनसम्म बिना अक्सिजन बसेँ भनेर दावा गर्नुभयो, त्यो वैज्ञानिक दृष्टिकोसँग मेल खाँदैन । बरु यस्तो किसिमको बाकसमा बसेर चाँहि बिना अक्सिजन बाँच्न सक्छु भन्दा मिल्न सक्थ्यो । यदि वहाँ बिना अक्सिजन बाँच्न सक्नु हुन्छ र दावा प्रमाणित गर्नका लागि तयार हुनुहुन्छ भने हामी (नास्ट) वैज्ञानिक विधिबाट परिक्षण गर्न तयार छौं ।डा. कृष्ण प्रसाद अधिकारी, अध्यक्ष, नेपाल स्वास्थ्य अनुसन्धान परिषद दावालाई नकार्दैनौं, परिक्षणका लागि तयार छौं:प्राणीलाई बाँच्नका लागि अक्सिजन चाहिन्छ । बिना अक्सिजन प्राणी बाँच्न सक्दैन । सिद्ध बाबाले बिना अक्सिजन बाँच्न सक्छु भन्ने दावालाई ठाडै नकार्नु भन्दा वैज्ञानिक विधि अनुरुप परिक्षण गरिनु पर्छ । र बाबाले मान्नु भएको खण्डमा हामी परिक्षणका लागि तयार छौं । परिक्षणपछि प्रमाणीत भयो भने हामी सबैले मान्नैपर्छ । ताकी त्यसलाई विश्वले पनि मानोस् । र यदी प्रमाणीत भएन भने त्यो अस्वीकार्य हुन्छ । तर अहिले उहाँले भनेकै आधारमा मात्रै अक्सिजन बिना बाँच्ने कुरालाई पत्याउन सकिदैन । त्यसको परिक्षण हुन जरुरी छ । त्यसका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद वैज्ञानिक विधीबाट परिक्षण गर्न तयार छ ।  डा. कृष्ण प्रसाद अधिकारी, अध्यक्ष, नेपाल स्वास्थ्य अनुसन्धान [...]

Read more...

सृजना मानवादको पक्षमा हुनुपर्नेमा जोड

काठमाडौं, भदौ १÷सृजनामा मानववाद विषयक एकदिने अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । मानववादी समाज (सोच) नेपालको आयोजनामा भएको कार्यक्रममा साहित्यकार, पत्रकार, मानववादी लगायतको उपस्थिती रहेको थियो ।  कार्यक्रममा बोल्दै साहित्यकार चन्द्रप्रसाद भट्टराईले बोलेको कुरा जसले सुन्छ त्यतिमै सिमिति हुन्छ । तर लेखेको कुरा लाखौं माझ पुग्ने भएकाले साहित्यकारले सकारात्मक र परिवर्तनका पक्षमा कलम चलाउनु पर्नेमा जोड दिनुभयो । लेखकले घटनालाई मात्र केन्द्र विन्दु बनाएर लेख्नु भन्दा समाजका राम्रा नराम्रा विषयमा जिम्मेवार भएर कलम चलाए परिवर्तन असम्भव नभएको बताउनुभयो । साहितयकार रामेश्वर जलनले [...]

Read more...

मैले नबुझेको तिज

पतिको रक्षार्थ तिजको व्रत ! अचम्म त मलाई त्यति बेला लाग्यो जुन बेला मेरो घर नजिकैको भाउजू एक्लै पर्नु भयो । दुईवटा स–साना नानीहरू भएकी ती भाउजू सधैँ घर नजिकैको मन्दीर जानु हुन्थ्यो । शनिवारको दिन शनि महाराजको व्रत, एकादशीमा भात नखाई व्रत, औंसी÷पूँर्णीमाको आफ्नै रीति थीति थियो उहाँको । मैले थाहा पाएसम्म उहाँले कुनै पनि वर्ष तिजको व्रत टुटाउनु भएन । एक दिन भाउजूलाई मेरी आमाले भन्नु भाथ्यो ‘किन औषधी खाइ–खाइ व्रत वसेकी ?’ त्यति बेला मलाई थाहा [...]

Read more...

विद्यालको पुननिर्माणको कार्य सुचारु गराउन गाउँपालिकालाई ज्ञापनपत्र

ओखलढुङ्गान्युज, कात्तिक १५ भदौरे । भदौरेका स्थानीय नागरिकहरुले आफ्नो वडामा निर्माणाधिन अवस्थामा रहेको विद्यालको पुननिर्माणको कार्य सुचारु गराउन माग गर्दै बुधवार गाउँपालिकालाई ज्ञापनपत्र पेश गरेका छन् । चिशंखुगढि गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष कृष्ण बहादुर क्याप्छाकी मगर मार्फत चिशंखुगढि गाउँपालिका प्रमुखलाई ज्ञापनपत्र बुझाईएको स्थानीय सभाका अध्यक्ष लाल कुमार आले मगरले जानकारी दिनुभयो । बुधवार मात्रै पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत सोच नेपालले चिशंखुगढी गाउँपालिका वडा नं. ६ भदौेरेमा गठन गरेको स्थानीय सभाको बैठक बसेको थियो । बैठकमा सहभागीहरुले लामो समय [...]

Read more...

Auckland Declaration against The Politics of Division

The right of all people to participate in the government of their society has been a foundation of human freedom and happiness wherever it has existed. We are fortunate to live in a world in which, through the efforts of humanists as well as religious believers, democracy is widely recognised as being the most just, rational, and effective form of governance available to humanity. Today, more people than ever before have the ability to shape the political direction of [...]

Read more...

स्थानीय तहको उपलब्धी बिहिन ८ महिना

करिब १७ हजार जनताको ज्यान लिएपछि पहिलो जनसंविधान बन्यो । सो जनसंविधानले गाउँगाउँमा पुर्याएको सिंहदरबार अथवा स्थानीय तहको निर्वाचन गराए पछि देशको विकासमा कायापटल हुने धेरैको अनुमान र आश थियो । छ अझै बाँकी छ । अतः नयाँ संविधान अनुरुप निर्वाचित प्रतिनिधिहरु स्थानीय तहमा आएको करिब ८ महिना भई सकेपछि स्थानीय तह कति सक्षम र कति असक्षम भए भन्ने लेखाजोखा गर्ने बेला भएको छ ।  विगतमा कर्मचारीले संचालन गरेको स्थानीय निकाय र हाल निर्वाचित प्रतिनिधिहरुले संचालन गरेको स्थानीय तहमा खासै [...]

Read more...

स्थानीय सरकारको का“धमा न्याय संपादनको अधिकार

शासकीय शक्ति पृथकीरणको सिद्धान्तअनुरुप एकै निकायलाई तीनै प्रकृतिको अधिकार दिइ“दैन । कानून बनाउने, शासन सञ्चालन गर्ने र न्यायिक निरुपण फरक–फरक निकाय वा अंगबाट संपादन हुन्छन् । कार्यकारिणीले शासन गर्छ, व्यवस्थापिका–संसदले कानून बनाउ“छ र न्यायालयले कानूनअनुरुप न्याय संपादन गर्छ । हाम्रो लोकतान्त्रिक संविधान र कानूनमा स्थानीय सरकारलाई तिनै किसिमको अधिकार प्राप्त छ । स्थानीय सरकार, जसले आप्mना लागि आफैं कानुन बनाउन पाउ“छ । आप्mनो क्षेत्रभित्र शासन आफै गर्छ । त्यसअतिरिक्त मुद्दा–मामिला र झैं–झगडा पनि न्यायिक विधिबाट सल्टाउने गरी कानून अधिकार [...]

Read more...