नागरिक समाज संस्थाको पैरवीमा संस्थागत क्षमता विकास कार्यक्रम सम्पन्न

नागरिक समाज संस्थाको पैरवीमा संस्थागत क्षमता विकास कार्यक्रम सम्पन्न

मितिः ३१ मे, २०२२

युनियन हाउस अनामनगर

उपस्थितिः ३३ जना

FHI/USAID को सहयोगमा संचालिन पारस्पारिक जवाफदेहिता स्थानिय अभियान अन्तर्गत सोच नेपालले युथ एड्भोकेसी नेपालसंगको सहकार्यमा नागरिक समाज संस्थाको पैरवी प्रक्रियामा संस्थागत क्षमता विकासका लागि एक कार्यक्रम सम्पन्न भएको छ ।

FHI 360 का पैरवी सल्लाहकार भोला भट्टराइले सहजिकरण गर्नुभएको कार्यक्रममा काठमाण्डौंमा क्रियासिल २० भन्दा बढी संस्थाको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्नुहुदै सोच नेपालका कार्यकारी निर्देशक उत्तम निरौलाले समाजमा पछाडि परेका व्यक्तिको हक हितका लागि पैरबी गर्ने नागरिक समाजसंस्था आफैमा पैरवी गर्न सक्षम हुन आवश्यक भएकोले र एक नागरिक समाजले गरेको अभ्यासको सिकाइबाट अरु संस्थालाइ पैरवीको सिकाइ हुने भएकोले कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

युथ एड्भोकेसीका नरेन खतिवडाले पैरवी गर्न नागरिक समाज संस्था एक्लैले नसक्ने भएकोले सामुहिक रुपमा पैरवीको नेतृत्व लिन आवश्यक भएको तथा नागरिक अधिकारलाइ सुनिश्चित गर्न र नीतिगत पैरवी गर्न आवश्यक भएको उहाले बताउनु भयो ।

कार्यक्रममा इह्रिकन नेपालका कार्यक्रम संयोजक पंकज देवकोटाले संस्थाले गरिरहेको पैरवीको बारेमा जानकारी गराउनु भएको थियो । नागरिक समाज संस्थाले समग्र नागरिकको बिकास गर्नेभन्दा पनि पछाडि परेको समुदायको बृत्ति बिकासको लागि काम गर्न आवश्यक रहेको बताउनु भयो । यहाले पैरवी प्रक्रियामा संचार माध्यमको प्रयोगले सम्बन्धीत पक्षलाई जवाफदेहि बन्न प्रभावकारी हुने बताउनु भयो । जसको सवाल हो तिनै सनुदायको नेतृत्व विकास गरेर नेतृत्व दिन आवश्यक रहेको उहाले जानकारी  दिनुभयो ।

सहभागिहरुले समस्याको सम्बोधन छिटो हुनेगरी काम गर्नु पैरवी भएकोले सुतेकोलाई उठाउने, उठेकोलाइ हिडाउने, हिडेकोलाई कुदाउने गतिमा पैरवी हुनुपर्ने भनाइ राख्नुभयो । दाताबाट प्राप्त परियोजनाले मुभमेन्ट ल्याउने भएपनि त्यो मुभमेन्ट परियोजना संगसंगै सकिने गरेको बताए । युवालाई पैरवीको खास अर्थ बुझाउन आवश्यक रहेकोर नीति निर्मातालाई समेत प्रभाव पार्नसक्ने बनाउन आवश्यक रहेको बताए । पैरवी आवाज उठाउनु मात्र नभएर त्यो आवाजले समस्या समाधान गर्न सक्नु पर्ने अधिकांसको बुझाइ थियो ।

पैरवीलाइ नागरिक समाज र सामाजिक अभियान, अभियान र आन्दोलन, राजनीति र पार्टिबाद गरेर फरक ढंगले बुझ्न आवश्यक रहेको सहभागिहरुले बताए । कार्यक्रममा ३३ जनाको सहभागिता रहेको थियो ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *