बूढानीलकण्ठका जनप्रतिनिधि र कर्मचारीले गरे भ्रष्टाचार विरुद्धको प्रतिवद्धतमा हस्ताक्षर

बूढानीलकण्ठका जनप्रतिनिधि र कर्मचारीले गरे भ्रष्टाचार विरुद्धको प्रतिवद्धतमा हस्ताक्षर

बूढानीलकण्ठ, मंसिर २४ गते । बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधि लगायत कर्मचारीहरुले “म सबै खाले भ्रष्टचारको बिरोध गर्दै, सदाचार प्रतिबद्ध छु” भन्ने भ्रष्टचार बिरुद्धको प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् ।

अन्तराष्ट्रिय भ्रष्टचार विरुद्धको दिवसको अवसरमा बूढानीलकण्ठ नगरपालिकाले सोच नेपाल सगको सहकार्यमा आयोजित कार्यक्रम मार्फत नगर प्रमुख उद्दव प्रसाद खरेल, प्रशासकिय अधिकृत राजेन्द्र कार्कि लगायत जनप्रतिनिधि तथा महाशाखा प्रमुख तथा कर्मचारीहरुले हस्ताक्षर गरी दिवस मनाएका हुन् ।

संयुक्त राष्ट्रसंघले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर ९ मा मनाईने यस दिवसमा बूढानीलकण्ठ नगरपालिकाले पनि भ्रष्टाचारविरुद्ध आवाज बुलन्द पार्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरेको हो ।

नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेल लगायत हरेक वडाका जनप्रतिनिधिहरु, नगरपालिका प्रशासनिक महाशाखा प्रमुखहरु, नागरिक समाज तथा पत्रकार प्रतिनिधिहरु र नेपाल प्रहरीहरु सहभागी भएका थिए ।

कार्यक्रममा सुशासन विज्ञ राजेश हमालले भ्रष्टचारका किसिम, यसको निवारणमा नागरिक दायित्व गर्ने पद्दतिहरु, नियन्त्रणका लागि राज्य संयन्त्र निकायहरु र तिनको भुमिका लगायत भ्रष्टाचार बाट असर गरेका पक्षबारेमा अन्तरक्रियात्मक प्रस्तुतिकरण दिनुभएको थियो । हमालले भ्रष्टाचारको कारण चुकाउनु परेको आर्थिक, सामाजिक, राजनैतिक, वातावरणीय मुल्यको बारेमा आफ्नाे प्रस्तुतिकरणमा समेट्नु भएको थियो ।

नगरपालिका प्रमुख उद्दव प्रसाद खरेलले कार्यक्रममा बोल्दै आफु निर्वाचित जनप्रतिनिधि भएर कार्य गरि रहदाँ “म बूढानीलकण्ठमा भ्रष्टचार गर्दिन र अरुलाई पनि गर्न दिन्न” भन्ने आफ्नो मुलमंत्र अनुरुप कार्य सम्पदान गरिरहेको बताउनु भएको थियो । उहाँले बूढानीलकण्ठको “मुस्कान सहितको सेवा, हाम्रो प्रतिवद्दता” भन्ने सुशासनको नारा समेत स्पष्ट पार्दै नगरपालिकाको सेवा र बिधिहरुलाई दख्खल पुग्ने कार्यहरु न्युनिकरण गर्न निरन्तर प्रयास गरिरहेको जानकारी समेत दिनु भयो । “भ्रष्टचार निवारण गरेर सुशासन कायम गर्न राज्य संयन्त्र मात्र नभई नागरीक समाजको समेत दायित्व रहेकोले समाजिक विकास र सार्वजनिक हितका निम्ति यसको अन्त्य गर्न सबै स्तर र निकायलाई प्रोत्साहन गर्दै लैजानु पर्छ” खरेलले भन्नुभयो ।

संयुक्त राष्ट्रसंघले सन् २००३ डिसेम्बर ९ तारिखमा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको थियो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो । राष्ट्रसंघले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको दिवस मनाउने गरिन्छ ।

नेपालको संवैधानिक व्यवस्थाअनुसार कुनै सार्वजनिक पदधारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दूरुपयोग गरेको उजुरी आएमा वा अनुसन्धानको क्रममा भेटिएमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले कानून बमोजिम अनुसन्धान गर्न वा गराउने गर्दछ ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *