भारतिय हिन्दु अतिवाद र नेपाल

भारतिय हिन्दु अतिवाद र नेपाल

अन्तराष्ट्रिय संचार माध्ययममा आईएस जस्ता ईस्लामिक आतंककारीहरूले गरेका ज्यादतीका घटनाहरू सार्वजनिक भईरहँदा सुस्तरी भारतमा भईरहेको हिन्दुवादीहरूको आतंकका घटनालेपनि स्थान पाउन थालेका छन् । संविधानतः भारतलाई विश्वको सबैभन्दा बढी जनसंख्या भएको धर्म निरपेक्ष प्रजातान्त्रिक देश मानिन्छ । भारतमा करिब ८० प्रतिशत जनसंख्या हिन्दु रहेको अनुमान गरिन्छ भने करिब १५ प्रतिशत मुसलमान र बाँकी अन्य धर्मका मानिस छन् । बेलायतले भारत छोड्दा देखि न भारत र पाकिस्तान धर्मका कारणले विभाजन भएका हुन् । तसर्थ अहिलेको ईन्डियालाई हिन्दुस्तान भनिनु स्वाभाविकै हो ।

भारत हिन्दुहरूको भागमा रहेको देश भएतापनि त्यहाँ मुसलमानहरूको संख्या अझपनि करिब १६ करोडको हाराहारीमा छ । उनीहरूमाथी हिन्दु अतिवादीहरूको ज्यादती दिनानुदिन बढ्दो देखिन्छ । बढी संख्यामा हिन्दुहरू भएकाले उनीहरूको सेन्टिमेन्ट समात्नकालागि समेत मुसलमान माथीको दंगालाई प्रायोजन गर्ने गरिएको छ । विशेषगरी हिन्दु अतिवादी संगठन राष्ट्रिय स्वयंसेवक संघको आधारमा बनेको भारतिय जनता पार्टी जस्ता संस्थालाई यो हिंसाले फाईदा पुर्याएको अनुमान गरिन्छ । सन् १९५० देखि १९९० को दशकमा मात्रै करिब १० हजार मानिसले त्यस्ता अतिवादीबाट ज्यान गुमाएको देखिन्छ ।

भारतका प्रसिद्ध लेखक तथा ईतिहासविद् रामचन्द्र गुहाले एक साहित्यिक कार्यक्रममा बोल्दै भारत मुसलमान भन्दा हिन्दु अतिवादको खतरामा रहेको बताएका थिए । उनले रामजन्म भुमिका बिषयमा भएको दंगा भन्दा तत्कालिन समयमा हिन्दु मुसलमान मानसिकरुपमा बढी विभाजित भएको किटान नै गरे । हिन्दु अतिवादी समुह राष्ट्रिय स्वयंसेवक दलले अहिले हिन्दु अतिवादलाई बढावा दिन ठुलो भुमिका खेलेको छ । मोदीले शासन सत्ता सम्हालेपछि त उक्त दस्ताले हिन्दुस्तानमा रहेका मुसलमान लगायत अन्य सिमान्तकृत समुदायमाथी ज्यादती नै गरेको छ । भारतमा करिब ८५ प्रतिशन जनता हिन्दु रहेको अनुमान गरिन्छ । त्यहा रहेका क्रिश्चियन संस्थाहरूले मोदीको चुनावी दौरान आसपासमा मात्रै करिब ६ सय वटा आक्रमणहरू हिन्दु अतिवादीहरूले गराएको बताएका छन् । वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी हिन्दु अतिवादी समुह आरएसएसका आजिवन सदस्य पनि हुन् । तसर्थ उक्त संस्थाको गतिविधिमा मोदीको नैतिक समर्थन छ भन्न सकिन्छ ।

भारतमा मुसलमानलाई जबरजस्ति हिन्दु धर्ममा प्रवेश गराउने देखि उनीहरूका घरहरू जलाउने तथा गाईको मासु खाएको आरोपमा उनीहरूलाई ज्यानै मार्ने कैयौँ घटनाहरू लगातार भारतिय संचार माध्ययमा आईरहेका छन् । भर्खरै मात्र मोहम्मद अखलक नामक चलचित्र निर्देशक र उनका छोराले गाईको मासु खाएको निहुँमा हिन्दु अतिवादीहरूले उनलाई घरैमा गई घिसार्दै बाहिर ल्याई कुटीकुटी मारेका थिए । उक्त आक्रमणपछि उनीहरूको जीवन पुरै असक्त भएको छ । उनकी आमालाईपनि उक्त समुहले नराम्ररी घाईते बनाएको थियो ।

भारतमा मुसलमानलाई जबरजस्ति हिन्दु धर्ममा प्रवेश गराउने देखि उनीहरूका घरहरू जलाउने तथा गाईको मासु खाएको आरोपमा उनीहरूलाई ज्यानै मार्ने कैयौँ घटनाहरू लगातार भारतिय संचार माध्ययमा आईरहेका छन् । भर्खरै मात्र मोहम्मद अखलक नामक चलचित्र निर्देशक र उनका छोराले गाईको मासु खाएको निहुँमा हिन्दु अतिवादीहरूले उनलाई घरैमा गई घिसार्दै बाहिर ल्याई कुटीकुटी मारेका थिए । उक्त आक्रमणपछि उनीहरूको जीवन पुरै असक्त भएको छ । उनकी आमालाईपनि उक्त समुहले नराम्ररी घाईते बनाएको थियो । भारतका गुजरात, मुम्बई, हैदरावाद जस्ता दक्षिणी भागहरू र उत्तरका प्राय सबै राज्यहरूमा प्राय मुसलमान माथीको दमनका घटनाहरू दिनानुदिन बाहिर आईरहेका छन् । यस्ता अनगिन्ति घटनाहरू बढ्दै गएपछि सरकारलाई आफुले पाएका सम्मानहरू समेत फिर्ता गर्ने बौद्धिक जमातको लर्को नै लाग्यो । हुँदाहुँदा हिन्दु अतिवादी समुहले अहिले आफुले भने बमोजिमको पाठ्यक्रम विद्यालयमा लागु गर्नुपर्ने दवाव दिई रहेको छ ।

नेपालपनि धार्मीक र साँस्कृतिकरुपमा भारतभन्दा खासै फरक देश हैन । फेरी दुवै देशको खुला सिमानाका कारणले भारतमा भएका घटनाले नेपालमा तत्कालै असर गरिहाल्ने गरेको छ । भारतमा स्थापना भएका कैयौँ हिन्दुवादी संघ संस्थाहरूले नेपालमापनि आफ्ना शाखा विस्तार गरेका छन् । नेपालको संविधानमा धार्मीक राज्य हटाई धर्म निरपेक्ष राज्य लेखिएको छ । केही राजनीतिक दलका नेताले नेपालमा रगतको खोलो बगाएर भएपनि धार्मीक राज्यलाई पुनः स्थापित गरिन्छ भनेर बोल्न थालीसकेका छन् । यो बोलीले धर्मलाई राजनीतिकरण गर्ने लक्षण देखाउँछ । यस कारण नेपालका ठुला राजनीतिक दलहरूले समयमै विचार पुर्याएर धार्मीक अतिवादको चपेटामा नपर्ने उपाय निकाल्न जरुरी छ । अन्यथा नेपाल जस्तो युद्धबाट भर्खरै कोल्टे फेर्दै गरेको सानो मुलुकले धार्मीक युद्धमा प्रवेश गुर्नपर्यो भने यो राज्य नरक समान हुने निश्चित छ ।

 

उत्तम निरौला

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *