कञ्चनपुर घटनाको निष्पक्ष छानबिन गर्न गोरखाका नागरिक समाजको माग

कञ्चनपुर घटनाको निष्पक्ष छानबिन गर्न गोरखाका नागरिक समाजको माग

नागरिक समाज तथा मानवअधिकारकर्मीहरुले कञ्चनपुर घटनामा निष्पक्ष छानबिन गर्न माग गरेका छन् । सोच नेपालको अगुवाईमा आइतबार प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउदै नागरिक साझा सवाल गोरखा र मानवअधिकार सञ्जालले घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् । भिमदत्त नगरपालिकाकी १३ बर्षिया बालिका निर्मला पन्तको बलत्कार पछि हत्या भएको घटनामा स्थानीय प्रशासन नै ढाकछोप गर्न लागिपरेको भन्दै निश्पक्ष छानबिनको माग गरेका छन् ।?रउश्र
?१(( रधउस्उबचबनचबउज ((श्र

?१(( धउस्उबचबनचबउज ((श्र
?उश्र‘अबोध बालिका निर्मला पन्तको बलत्कार पछि हत्या भएको घटना, सो घटनाको अनुसन्धानमा संलग्न अधिकारीहरुबाट घटनाको सत्य तथ्य पत्ता लगाउने कार्यमा देखिएको वेवास्ता, घटनाको सत्य तथ्य पत्ता लगाई दोषी उपर कारबाहीको माग गर्दै नागरिकहरुद्धारा भएको प्रदर्शन र सो प्रदर्शनमा गोली प्रहार भै धेरै नागरिकहरु घाइते हुनुको साथै १३ बर्षिय बालक सनी खुनाको ज्यान गएको घटना प्रति हामी गोरखा जिल्लामा क्रियाशिल नागरिक समाजका सदस्यहरुको गम्भिर ध्यानाकर्षण भएको छ’ नागरिक साझा सवालका संयोजक स्थानेश्वर दुवाडी र सञ्जालका संयोजक यदु अधिकारीद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा लेखिएको छ ।?रउश्र
?१(( रधउस्उबचबनचबउज ((श्र

?१(( धउस्उबचबनचबउज ((श्र
?उश्रसरकारले सबै नागरिकलाई समान दृष्टिमा हेर्नुपर्ने माग गर्दै उनिहरुले घटनामा जिम्मेवारपूर्वक छानबिन गरी सत्य तथ्य कुरा बाहिर ल्याउन समेत आग्रह गरेको छ । ‘कानुनको प्रयोगमा कुनैपनि नागरिक बिच कुनै कुराको आधारमा विभेद हुदैन भन्ने आम नागरिकहरुले विश्वास गर्ने वाताबरण बनाउनु राज्यको प्रमुख कर्तब्य हो’ ध्यानाकर्षण पत्रमा लेखिएको छ ‘हरेक अपराधिक घटनाको सत्य, तथ्य र निश्पक्ष छानबिन र दोषीउपर कानुन बमोजिम कारबाही हुन्छ भन्ने आम नागरिकले बिश्वास गर्ने वाताबरण निर्माण गर्नु र दोषीलाई कानुन बमोजिम कारबाही गरी कानुनी राज्यको मुल्य र मान्यतालाई ब्यवहारतः कार्यान्वयन गर्नु पर्दछ ।’?रउश्र
?१(( रधउस्उबचबनचबउज ((श्र

?१(( धउस्उबचबनचबउज ((श्र
?उश्रत्यस्तै उनिहरुले घटनाका दोषीलाइृ कारबाहीको माग गर्दै भएको प्रदर्शनमा घाइते भएकाहरुको उचित उपचार र मृतकलाई क्षतिपूर्तिको समेत माग गरेका छन् । घटनाको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याई परिस्थितीलाई थप उत्तेजित हुनबाट रोक्न समेत समेत उनिहरुको माग छ ।?रउश्र
?१(( रधउस्उबचबनचबउज ((श्र

?१(( धउस्उबचबनचबउज ((श्र
?उश्रयस्तै ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले यथासिघ्र प्रधानमन्त्रीको कार्यालयमा पठाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । कार्यक्रममा जिल्लामा कृयाशिल नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।?रउश्र
?१(( रधउस्उबचबनचबउज ((श्र

?१(( धउस्उबचबनचबउज ((श्र
?उश्रमोहसिन अलि मियाँ?रउश्र
?१(( रधउस्उबचबनचबउज ((श्र

?१(( धउस्उबचबनचबउज ((श्र
?उश्रगोरखा, १० भदौ?रउश्र
?१(( रधउस्उबचबनचबउज ((श्र

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *