क्षमता विकासका लागि नागरिक संस्था उत्सुक

क्षमता विकासका लागि नागरिक संस्था उत्सुक


काठमाडाै, माघ ७
काठमाण्डौंलाई केन्द्र बनाएर देशका बिभिन्न जिल्लामा कृयाशिल १२ संस्थाको संस्थागत क्षमता विश्लेषणसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

एफएचआई ३६० को आर्थिक सहयोग तथा सोच नेपालको आयोजनामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजिकरण सहभागिता मुलक कार्य समुह (नेपान) ले गरेको थियो ।

पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत सो संस्थाहरुलाई गरिएको अभिमुखिकरण कार्यक्रममा सोच नेपालका कार्यक्रम सल्लाहकार उत्तम निरौलाले संस्थागत क्षमता बलियो भए मात्र संस्थाले तय गरेको उद्देश्य प्राप्तीमा अगाडि वढ्न सक्ने बताए । यसका लागि संस्थागत क्षमता बिश्लेषण गरी बिद्यमान कमी कमजोरीलाई हटाएर संस्थाको धरातल बलियो बनाउन सकिने र संस्थाका पदाधिकारी तथा कर्मचारीले आफ्नो भुमिका स्पष्ट भएमा मात्र लक्ष्य हासिल गर्न सहयोग पुग्ने निरौलाको तर्क छ ।

नागरिकले राज्यबाट अपेक्षा गरेको शुसासनको प्रत्याभुती गर्न राज्य, निजी क्षेत्र र नागरिक समाज तीनै क्षेत्र समान हैसियतमा हुनु पर्ने नेपानका क्षमता विकास विज्ञ गोविन्द पौडेलले बताए । हाल नागरिक समाज खुम्चिएर आवाज उठाउन नसक्ने अवस्था रहेकाले तिनिहरुको संस्थागत क्षमताको विकास गराउन जरुरी रहेको पौडेलको भनाई छ ।

राज्यका हरेक निकाय र नागरिक समाजको सहकार्य र साझेदारी आजको आवस्यकता रहेको नेपानका क्षमता विकास विज्ञ पौडेलले बताए । त्यसका लागि नागरिक समाज संघ संस्थाहरु बलियो हुन जरुरी रहेको उनको भनाई छ । संस्थागत क्षमता विकासका लागि संस्थाको साधारणसभाको प्रक्रिया देखी कार्य समितिका पदाधिकारी तथा कार्यरत कर्मचारीको क्षमता बिकास तथा साधारण सदस्य समेतले संस्थालाई के कसरी बुझेका छन् त्यसबारे स्पष्ट हुन आवस्यक रहेको उनले बताए । जसका लागि संस्थाको बिधान तथा तय गरेका अन्य नीतिहरु समयमै अद्यावधिक गरानुपर्नेमा उनको जोड छ ।

कार्यक्रममा पौडेलले संस्थागत क्षमता बिश्लेषणमा मुख्यतः ७ वटा क्षेत्रका विभिन्न ३९ वटा उपक्षेत्रको वारे सुश्मरुपमा बिश्लेषण गरी कार्ययोजना समेत निर्माण गरी संस्थाको क्षमता विकास गर्न सकिने बताए ।

कार्यक्रममा सोच नेपालका कार्यक्रम संयोजक अप्सरा कार्कीले सोच नेपालले संस्थागत क्षमता विश्लेषण पश्चात संस्थामा रहेको कमिकमजोरी हटाई संस्थागत शुसासन स्थापित गर्न लागि परेको बताएकी छिन् । त्यस्तै युथ एक्सन नेपालका सचिव अशोक रानाले संस्थाको आफ्नै आन्तरिक कोष नहुदा श्रम ऐनले अनिवार्य गरेको कर्मचारीलाई दिनुपर्ने उपदानको व्यवस्था गर्न कठिन भएको विचार राखे ।

काठमाण्डौको बत्तिसपुतलीमा भएको कार्यक्रममा जागरण महिला अभियानकी शुसिला नेपाल, दलित सेवा संघ का सन्जु सिंह विश्वकर्माले लगायतले समेत अरुलाई जवाफदेहि बनाउन पहिला आफु सक्षम हुनुपर्नेमा जोड दिएका थिए ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *