प्रेस विज्ञप्ती “छाउपडी प्रथा”

प्रेस विज्ञप्ती “छाउपडी प्रथा”

यही पुस ३ गते अछाममा छाउपडिको कारणले  कक्षा ९ मा अध्यनरत किशोरीको मृत्यू भएको छ । गाज्रा ७ की १५ वर्षीया राशनी तिरुवा शनिवार खाना खाएर छाउ गोठमा सुत्न गएकी रोशनीले ज्यान गुमाउन परेको छ । मृत्यु भएको घटनाप्रति मानववादी समाज (सोच) नेपालको गम्भिर ध्यानाकर्षण भएको छ ।

घटनाक्रम अनुसार शनिवार बेलुकी ६ बजे खाना खाएर गोठमा सुतेकी रोशनी बिहान सम्म नउठेपछि बोलाउन जादाँ मृत अवस्थामा भेटिएको थियो ।शनिबार स्कुल बिदाको दिन भएकोले रोशनीले दिनभरी जंगल गएर एक भारी दाउरा ल्याएकी थिइन् । सुरुमा आमा गएर बोलाउदाँ नउठे पछि रोशनीका बाबुले ढोका फोडेर भित्र जादाँ शव फेला पेरेको थियो । प्रहरीका अनुसार घरबाट उक्त गोठ अलिक टाढा र साधुँरो भएको  कारणले हावा छिर्ने ठाउँ केबल ढोका मात्र भएको र बेलुकी सूूत्दा आगो बालेर सुतेको र ढोका समेत हावा नछिर्ने गरी लगाएको कारण अक्सिजनको कमिले रोशनीको ज्यान गएको कुरा बताइएको छ ।

छाउपडी निवारण परियोजनाअनर्तगत २०७२ असोज ९ गते गाज्रालाई छाउपडी गोठ मूक्त घोषणा गरीएको थियो । छाउपडी गोठ मूक्त घोषणा हुदाँ पनि उक्त गोठ त्यही छ । त्यही गोठमा करबि एक साता पहिले महिनाबारी हुदाँ बसेको अवस्था रोशनीकी आमा समेत धुवाँले निसास्यि पछि मध्य रातमा निस्किएकी थिइन् । गाज्रा छाउपडी गोठ मुक्त गाविस घोषणा भए पनि अधिकांश महिला महिनाबारी हुँदा गाठमै बस्छन् ।

आजको वैज्ञानिक युगमा पनि कथित छाउपडी प्रथा सभ्य समाजकालागि लाजमर्दो विषय हो । अतः देवि देउता रिसाउने डरले महिला आफै घरमा नबसेर गोठमा बस्ने गरीको पाइन्छ । छाउपडी मुक्त गाविस घोषण गरेता पनि अभैm मानिसहरुको त्यो सांगुरो सोच बदलिएको छैन । यस अघि मंसिर ४मा महिनावरी भएकै कारण तिमिल्सेन ७ की २१ वर्षीय डम्बरा उपाध्यायलाई पनि  छाउ गोठमा मृत अवस्थामा फेलापारीएको थिया । छाउपडी भएर चार रात बिताए पछि पाँचौ दिन मात्र घर फर्काउने कुपैथा अझै हटेको छैन ।

यसरी रजस्वला हुदाँ शाररीक रुपले कमजोर भएको अवस्थामा उनीहरुले उचीत हेरविचार, सरसफाई,र पौष्टिक खानपान पाउनुको सटा उल्टो तिरस्कार, शाररीक तथा मानसीक पीडा र लामो समय सम्म घरबमट एक्लै बस्नुपर्दा  उक्त महिलाहरुको स्वास्थ्य, मनोबल,र अस्त्तिवमा नकारात्मक असर प्रभाव परेको छ। छाउपडी जस्ता सामाजिक कुरीति विरुद्ध ऐन निर्माणका साथै देशभर जागरण कार्यक्रम गर्न सरकारले तत्काल आफ्ना कार्यक्रमहरु सार्वजनिक गर्न ढिला भई सकेको छ र यसलाइ र्निमूल पार्न कडा भन्दा कडा ऐनको व्यवस्था गर्न पनि सोच नेपाल नेपाल सरकारसँग माग गर्दछ  । यसरी लगातार अन्धविश्वासी जमातले नेपाली नागरिकको ज्यान लिने गरेका घटनाहरु सार्वजनिक हुँदा समेत सरकार सधैँ मौन बस्नुलाई सरकारको मानवता हराएको हो भन्न किन्चित अन्यथा नहोला । साथै स्वर्गीय बालिकाको मृत्तत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परीवार प्रती हार्दिक समंवेदना प्रकट गदछौँ ।

अप्सरा कार्की

महासचिव

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *