कुरीतिजन्य घटनाका बारेमा रिपोर्ट सार्वजनिक

कुरीतिजन्य घटनाका बारेमा रिपोर्ट सार्वजनिक

सोच नेपालले नेपालमा धर्म, संस्कृती, परम्परा र रितीरिवाजका नाममा मान्छेमाथि हुने सबै खालका हिंसा विरुद्ध कामगर्दै आईरहेको कुरा यहाँहरुलाई अवगतै छ । अघिल्लो बर्षदेखि यस संस्थाले चौमासिक रुपमा कुरीतिजन्य घटनाका बारेमा विभिन्न राष्ट्रिय दैनिकहरुमा छापिएका घटनालाई अध्ययन गरी रिपोर्ट सार्वजनिक गरीरहेको छ । यसै सन्दर्भमा ०७२ साल वैशाख १ गतेदेखि २०७२ साउन मसान्तसम्म काठमाडौंबाट प्रकाशित हुने विभिन्न पत्रिकाहरुमा प्रकाशित कुरीतिजन्य घटनाको अभिलेख तयार गरी विश्ेलषण सहितको चौमासिक प्रतिवेदन सोच नेपालले तयार पारेको छ ।अहिलेको वैज्ञानिक यूगमा पनि धर्म, संस्कृतिका नाममा हुने हिंसा वा मानवअधिकार हनन्का घटनाहरुलाई न्यूनिकरण गर्न र हरेक मान्छेलाई आत्म सम्मानका साथ बाँच्न पाउँने वातावरणको सृजना गर्ने प्रयास स्वरुप यो कार्यको थालनी गरेका हौं । तसर्थ, यस चौमासिकमा ापिएका घटनाहरुलाई अध्ययन गर्न एवं पत्रकार साथीहरुले संचार माध्ययमबाट सार्वजनिक गर समाजलाई सूसूचित गरिदिन हुन अनुरोध गर्दछौँ ।

सन्जिना राई

सोच नेपाल

घटना प्रतिवेदन

यो अवधीमा बोक्सी प्रथा ५, बालबिबाहका ७, छाउपडी १, छुवाछुतका १, बहु बिबाहका २,  दाइजो प्रथा ८, कमलरी १, कुमारी प्रथा १ गरी २६ घटनाहरु सार्वजनिक भएका छन् । घटनाहरुको गहनता यस प्रकार छः

संस्थाले नागरिक दैनिक, कान्तिपुर दैनिक, राजधानी दैनिक, गोरखापत्र दैनिक, नयाँ पत्रिका दैनिक, अन्नपूर्ण पोष्ट दैनिक र नेपाल समाचार पत्र दैनिक मा प्रकाशित समाचारहरुलाई आधार बनाएर प्रतिवेदन बनाईएको छ ।

समाचारपत्रहरुमा सार्वजनिक भएकामध्ये केही घटना विवरणहरु निम्नानुसार छन्ः

१. बोक्सी

यो अवधीमा बोक्सी सम्बन्धी ५ वटा घटनाहरु सार्वजनिक भएका छन् ।

·       रसुवाः   बोक्सोको आरोपमा रसुवा, यार्सा ९ घोर्मुका ५५ वर्षीय तुलु सार्की थिङलाई बोक्सोको आरोपमा कुटपिटपछि जिउँदै खाल्डोमा हाली आगो लगाएर  ढुगांमाटोले पुरेर हत्या गरिएको । हत्याको अभियोगमा प्रहरीले घोर्मुकै २७ वर्षीया कान्छा शेर्पा थिङ, भोर्ले २ का ५० वर्षीया छेनेर्बु तामाङ र ल्वाङ बुटी तामाङलाई पक्राउ गरीएको छ ।

·   दाङः    धनौरा १ का स्थानीय हरिबहादुर चौधरीले बोक्सी आरोपमा ६५ वर्षिया दिव्या चौधरीलाई मरणशन्न हुने गरी कुटपिट गरेको र सोही कारण गालाको हड्डी भाँचिएको । घट्नामा संलग्न हरिबहादुर फरार भएको र खोजी गरी कारबाही गर्ने प्रतिबद्वता प्रहरीले व्यक्त गरेको ।

·       उदयपुरः सार्वजनीक स्थलमा बोक्सी आरोप लगाउने भलयडाँडा गाविसा—३ की २६ वर्षिय मीनाकुमारी तामाङलाई ६ महिना जेल र ५ हजार जरिवानाको फैसला सुनाएको छ ।

·       सल्यान ः कुपिन्डे ५, अधेरीकी २० वर्षिय सेती परियारलाई बोक्सी र भूत भगाउने भन्दै समुएल मण्डलीका पास्टर डल्लु सुनार सहित अन्यले सिस्नोपानी हान्दै मरणासन्न हुने गरी यातना दिएको र दिसा खुवाएकोे  । घट्नामा संलग्न कुपिन्डे ४ का २९ वर्षीय रुपलाल दमाई, ३५ वर्षीया गंगा दमाई, २९ वर्षीय रुपमा थापा, पिम्कली बुढाथोकी र ४५ वर्षीय ललि पुन पक्राउ परेका छन् ।

·       नुवाकोटः        चारघरे गाविस १ चैनपुरका ३८ वर्षीय सोमबहादुर मिजारले आफ्नी ६२ वर्षीय आमा सावित्री मिजारलाई बोक्सी, मसान र वीर (एक किसिमको पिसाच) भन्दै छाती र पिठ्युँमा निर्धात कुटेर करिब २५ मिटर अग्लो कान्लाबाट खसालीदिएका थिए । कुटपिट पश्चात् कान्लाबाट खसालिएकी उनको अवस्था चिन्ताजनक भएपछि एक साता देखी सदरमुकाम विदुरको सिटी अस्पतालमा उपचार भइरहेको छ ।

२. बालबिबाह

यो अवधीमा बालविवाह सम्बन्धी ८ वटा घटना सार्वजनिक भएका छन् ।

·       सुनसरीः रामनगर भुटाहा गाविसा ५ का खलखल मरिकले बेहुला पक्षबाट पाँच हजार रुपैयाँ लिएर आफ्नी १२ वर्षीय नाबालिका छोरी प्रमिलाको विवाह सप्तरीका प्रभु मरिकसँग गरिदिएको र हाल प्रमिला १७ वर्ष पुगेकी छिन् ।

·       जाजरकोटः पंनचलडाँडा, झाकोटका १५ वर्षीय बिनिता तामाङ्गले आफ्नो इच्छा विपरित विवाह गरेको भन्दै प्रहरीमा उजुरी गरेका छन् । उनको विवाह माझकोटका २० वर्षीय मिलन वि.क सँग हुने भएको तर उजुरी पछि विवाहमा रोकावट आएको थियो ।

·       अछामः बताला ६, दाउनामोराकी ललुदेवी बिकले १६ वर्ष नपुग्दै पहिलो बच्चा जन्माइन् । एक महिनाको अन्तरालमा उनकै गाँउमा अन्य चार जना पनि आमा बने र उनीहरु सबै उमेरले १८ वर्ष पनि पुगेका छैनन् ।

·       पर्वत ःदुई वर्षदेखी मामाघर बस्दै आएकी १४ वर्षीय कुमारीलाई विवाह गर्न लैजाँदै गरेको अवस्थामा प्रहरीले उद्वार गरेको छ । बालिकालाई माइजू जमुना र खुर्कोटकी देवका शर्मासहितले फकाएर विवाह गरिदिन पोखरातर्फ लैजाँदै गर्दा सूचनाको आधारमा उद्वार गरिएको हो ।

·       कोहलपुर ःमटेहिया गाविसा वडा नं. ४ बस्ने केशवराम यादवले आफ्नो १३ वर्षिय छोराको विवाह १८ वर्षीय केटीसँग गर्न लागेको सूचनाको आधारमा कारवाही थालेका प्रहरीले विवाह हुने भनिएको केटी पक्षको गाँउमा नाका सिल गरियो । केटा पक्षले बालविवाह रोके विवाद गर्ने चेतावनी दिएपछि प्रहरी कार्यालय भगनापुरले फत्तेपुरदेखि कटकुडँयासम्म सातवटा प्रहरी चौकीबाट प्रहरी दस्ता मगाएर विवाहस्थलदेखी केटी पक्षको घरसम्म कब्जा गरेको थियो ।

·       डोटीः   छतिवन, बुडरकी १५ वर्षीय नन्दा जेठारालाई बिहे गर्न अभिभावकको चर्को दबाब छ । बिहे गर्नपर्ने डरले बाध्य भएर अभिभावकले भने अनुसार विद्यालय नगएर सकीनसकी घरको काम गरिरहेकी छन् ।

·       लमजुङः बालिकालाई विवाह गरेको आरोपमा रागिनास नगरपालिका ३, गरमबेंसीका १७ वर्षीय विशाल परियार र उनकी आमा माया दमैलाई प्रहरीले पक्राउ गरेका छन् । कक्षा ७ मा पढ्दै गरेकी छोरी हराए पछि खोजीको क्रममा केटाको आमाको फन नं. भेटिएपछि फोन गर्दा बुहारी बनेर घरमा आएको जानकारी पाएका थिए । प्रहरीका अनुसार बालिकाको बुबाले बालविवाह र जबरजस्ती करणीाक परियारविरुद्ध किटानी दिएको छ ।

३. जातीय छुवाछुत

·       जनकपुरः उपमहानगरपालिका—१८ भोइल गाँउकी गैरदलितकी छोरी दलितका छोरासँग भागेपछि भगाउन सहयोग ग।ेको भन्दै एक दलित किशोरी काजल मण्डल खत्बेलाई निर्घात रुपमा कुटेर यातना दिएको छ । विद्यालयबाट फर्केकी काजललाई गाँउकै जितेन मण्डल, रामहृदय पण्डित, र सन्तोष मण्डलले घरबाट तानेर अरविन्द मण्डलको दलानमा लगि कुटपिट गरेको आमा भगतिको भनाइ छ ।

४. छाउपडी

चार महिनाको अवधीमा छाउपडी सम्बन्धी एक वटामात्र समाचार प्रकाशित भएको छ ।

·       जाजरको ः मजकोट १, लुहादहकी १५ वर्षीय गीता खड्का ७ दिनसम्म सानो छाप्रोमा बस्न बाध्य भइन् । पहिलोपटक महिनावारी भएकी उनी घरभन्दा १ सय मिटर टाढा पानी चुहिने, फोहोर, चिसो भुइँ र आड्ने ओछउने कपडासनेत नभएको छाप्रोमा बस्न बाध्य भइन् ।

५. बहुबिबाह

यो अवधीमा बहुबिबाह सम्बन्धि दुई वटा समाचार प्रकाशित भएको छ ।

·       बाराः   सिहोर्वा ३ का महेन्द्र महरमले दुई सन्तानपछि अर्को विवाह गरी ३५ वर्षीय श्रीमती चमेलीदेवीलाई घरबाट निकालिदिए । चमेलीको उजुरीले आदलतले महेन्द्रसहित कान्छी पत्नी मायादेवीलाई कसुरदार ठहर गरी १÷१ वर्ष कैद र ५÷५ हजार जरिवानाको फैसाला सुनाए पनि दोषी ठहर भएका दुवै खुलेयाम घुमफिर गरिरहेका छन् । प्रहरीले पक्रन चासो देखाएको छैन ।

·       पर्वतः राम्जा देउरालीकी खगेश्वरी केसीका श्रीमानले दोस्रो विवाह गरेर उनलाई तिरस्कार तथा यातना दिने गरेको । केसीका ५ छोराछोरी छन् भने श्रीमान सामुदायिक विद्यालयको शिक्षक हुन । मुद्दा हाल्दा श्रीमानको जागीरसमेत जाने भएकाले उनी आदलत गएकी छैनन् ।

६. कमलरी

कमैया मुक्त भएको १६ वर्ष वित्दा पनि परिचय नपाएको भन्दै पहिचानको लागी आवाज उठाउन विभिन्न जिल्लाबाट काठमाडौँमा मुक्त कमैया महिलाहरु आएका छन् । आफ्नो माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुको अठोट छ ।

७. कुमारी

·       भक्तपुरः भक्तपुरकी रिक्त एकान्तकुमारीमा भक्तपुर नगरपालिका वडा नं. ११ क्वाछे टोलका ५ वर्षकी जीविका बज्राचार्यलाई कूमारीकारुपमा सिफारिस गरिएको छ । गत २०७२ साल चैत्र १३ गते जुनिसा शाक्यको बेल विवाहसँगै कुमारीबाट अवकास पाएपछि रिक्त रहेको कुमारी पदमा बज्राचार्यलाई छनोट गरिएको हो ।

८. दाइजो

·       बाँके ःदाइजो नल्याएको भन्दै नेपालगन्ज १९ बालेगाँउकी १८ वर्षीय आसरुन जोलहालाई उनका पति २४ वर्षीय वसिम, सासु बाबादैया, ससुरा सब्बिर र काका ससुरा नसिमले मरणासन्न हुने गरी कुटपिट गरेपछि घाइते अवस्थामा माइती घर पुगेपछि अस्पताल भर्ना गरिएको छ । बाँके प्रहरीका अनुसार उनको आँखा र शरीरको विभिन्न भागमा चोटपटक लागेको छ ।

·       पर्साः विरगन्ज कुहँडी टोलका  अनील यादवले १० दिनदेखि आफ्नै श्रीमती ममताबुमारी पाण्डेलाई बन्धक बनाएर राखेको खबर पाएपछि स्थानिय महिला प्रहरीले उनलाई उद्वार गरेको छ । दाइजो कम दिएको निहँुमा ज्वाइले छोरीलाई कुटपिट गरी बन्धक बनाएर राखेको पिडित ममताबुमारीका बुबाको भनाई छ ।

·       जनकपुरः जनकपूर नगरपालिका १० बस्दै आएका लाल ठाकुरका छोरा डा. प्रशान्त शर्माले महोत्तरीका मोहन शर्माकी छोरी बिहे गर्ने निधो गरी केटी पक्षबाट दाइजो रुपमा ६० लाख अीग्रम लिएको र बिहेको १ महिना अगाडीनै केटापक्ष सम्पर्क विहिन भएपछि केटीपक्ष अप्ठ्यारोमा परेका छन् ।

·       रौतहटः गौरमा विवाह भएको तिन महिना नबित्दै पोखराज जडित सुनको औंठी नदिएको भन्दै चन्द्रपुर नगरपालिकामा ४ घर भएका इन्जिनियर नविन साहले श्रीमति लवलीकुमारी जयसवालको मानसिक सन्तुलन बिग्रेको भन्दै घरबाट निकाला गरिदिएका छन् ।

·       पर्साः वीरगंज, मुर्ली बगैँचाका सुवास साह कानुसँग बाराका राधादेवी साहको बिहे भएको ३ महिना नबित्दै राधादेवी मृत अवस्थामा फेला परेकी छन् । मृत राधादेवीका परिवारले दाइजो कबुल गरिएको १३ लाख नगदमध्ये २ लाख दिन बाँकी थियो । दाइजोको विषय लिएर पहिला पनि श्रीमतीलाई पटक पटक यातना दिने गरेको माइती पक्षको भनाई छ ।

·       पर्साः लखनपुर गाविसा सुनिताको बिहे हरिशंकरसँग हुने तय भएको तर दाइजोमा जग्गा नपाएको भन्दै बेहुला जन्ती लिएर गएनन् । तीन कट्ठा जग्गा दिने सर्तमा बिहे हुने तय भएको तर नम्बरी जग्गा बैँकमा धितो राखिएको कारण आफ्नो नाममा मोही रहेको ५ कट्ठा १० धुर जग्गा दाइजो दिने भन्दा पनि केटा पक्ष नमाने पछि बिहे भाँडिएको हो ।

·       रौतहटः हथियाही ३ का भरौलाल साहले आफ्नो छोरीको विवाह कलैयाको राजकिशोरसँग हुने भएको थियो तर भनेजति रकम नदिए पछि बेहुला पक्ष बिहेमा गएनन् । त्यसको भोलिपल्ट दाईजो बापतको बाँकी रकम लिएर गएपछि  विवाह सम्पन्न भएको थियो ।

·       भैरहवाः बुटवल, ८ वर्षअगि  विवाह भएकी सेमरा हरिजन ८ वर्ष बित्दा पनि पतिको घर जान पाएकी छैनन् । उनका पतिले गौना बापत ३ लाख भारतिया रुपैयाँ मागेपछि उक्त रकम दिन नसकेपछि उनको विवाह मण्डप मै रोकिएको थियो । विधिवत्रुपमा विवाह भएतापनि दाईजो नपाएको निहुँमा पतिले नस्विकारेपछि उनी माईतमै बस्दै आएकी छिन् ।

मिति ः २०७३÷०५÷३ गते

थप जानकारीकालागी ः

मानववादी समाज (सोच) नेपाल

बत्तिसपुतली, काठमाण्डौ नेपाल ।

फोन नं. ०१–४४९७१६८÷४४८४७७७

पोष्ट बक्स नम्बर ६७०, काठमाण्डौ

sochnepal@gmail.com

www.sochnepal.org

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *