वैज्ञानिक सँस्कारलाई सँस्थागत गर्नमा बौद्धिकहरुको जोड

वैज्ञानिक सँस्कारलाई सँस्थागत गर्नमा बौद्धिकहरुको जोड

मानववादी समाज सोच नेपालले समाजमा वैज्ञानिक चिन्तन प्रणालीलाई कसरी प्रबद्र्धन गर्न सकिएला भन्ने उद्देश्यले “सामाजिक रुपान्तरणका लागि वैज्ञानिक संस्कार” बिषयक अन्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । कमलपोखरी स्थित रसियन कल्चर सेन्टरमा गत जेट ४ गते आयोजित कार्यक्रममा प्राज्ञिक क्षेत्रमा योगदान दिनुहुने विशिष्ठ यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थितलाई कार्यक्रमबारे प्रकाश पार्दै नाष्टका सदस्य प्रा.डा. दिनेश धुजुले वैज्ञानिक सँस्कार स्थापना नहुदा राज्य र समाजलाई भएका हानी नोक्सानीकाबारेमा चर्चा गर्नुभयो । वहाँले विभिन्न नेपालमा बिज्ञान विषयको पठाई सुरु भएको एक सताब्दी बितिसक्दापनि स्वयं त्रि.वि.का प्राध्यापकहरुनै भूतप्रेत, धामीझाँक्रीमा विश्वास गर्नु बिडम्बना भएको उदाहरण दिँदै हाम्रो बैज्ञानिक चिन्तन को धरातलनै कमजोर रहेको धारणा राख्नु भयो । सरकारी पद धारणा गर्ने व्यक्तिहरुले अझपनि बोका बलि दिएर पदभार सुरुवात गर्नाले अन्धविश्वास कति भयावह छ भनी अनुमान गर्न सकिने बताउनु भयो । बौद्धिक र नेतृत्वदायी भुमिकामा बस्नेहरुको यस्तै साघुरिएको सोचका कारण, अहिले पनि कैलालीमा राधा चौधरी जस्ता महिलाले बोक्सीको आरोपमा कुटिनु परेको बताउनु भयो । जनताका दुख र पिडाका दिनचर्यालाई गितमार्फत सर्वसाधारणमा ल्याएका चर्चित गायक जेवी टुहुरेले विगतमा सामाजिक अन्धविश्वास र कुरिति हटाउन गित संगितको माध्यमबाट जनचेतना मुलक अभियान संचालन गरेको सम्झँदै अबपनि सबैले पहिलेकै जसरी अन्धविश्वाश विरुद्ध अभियान कायम राख्नु पर्ने धारणा राख्नु भयो । त्यस्तै अर्का गायक रामेश्वर श्रेष्ठ (रामेश) ले जनताको सोच्ने शैलीमा विकास गर्नुपर्ने भन्दै अन्धविश्वाशका कारण समाजै अन्धो भएको बताउनु भयो । त्यस्तै अर्का वक्ता तथा प्राध्यापक डा. निरज पौडेलले अन्धविश्वासको कानुनले मात्रै अन्धविश्वासको अन्त्य गरेर नहुने तर्क दिँदै परिवारबाटै पाईने शिक्षामा यसको महत्वपुर्ण भुमिका हुने बताउनु भयो । बैज्ञानिक सोचलाई प्रबद्धन गर्न बिद्यालय पाठ्यक्रममा विषय समावेश गर्नुपनेमा वहाँको जोड थियो । सोच नेपालका रमेश पौडेलले विश्वका धेरै राज्यहरु धर्मको आधारमा संचालित भएको उदाहरण दिँदै नेपालमापनि संबिधानमा धर्म निरपेक्षताको बिषयमा उल्लेख भएपनि हिन्दु धर्मको नाममा राज्यको ठुलो धनराशी खर्च भएको तर यसको अनुगमन तथा मुल्याङ्गकन हुने गरेको पाइदैन भन्नु भयो । पूर्व मन्त्री शान्ता मानविले विगतमा राजनितिक आन्दोलन धेरै भए तर समाज रुपान्तरणकालागि सामाजिक सांस्कृतिक आन्दोलन नभएको स्विकार गर्दै आफु मन्त्री हुँदा पनि बोको काट्ने कुरा भएको तर आफुलाई विश्वास नलाग्ने भएकाले सो प्रथा स्विकार नगरेको बताउनु भयो । गलत चलनहरु चलाएर चलेका हुन् त्यसैले त्यसलाई परिवर्तन गर्न आफैबाट सुरुवात गर्नु पर्ने र समाज रुपान्तरणको लागि स्पष्ट मार्गचित्र बनाएर राज्यलाई सुझाव समेत दिनु पर्ने सल्लाह दिनु भयो । लेखक तथा विचारक गोपिरमण उपाध्यायले पूर्वीय समाजमा भौतिकवादी दार्शनीकहरुका बारेमा चर्चागर्दै यसका बारेमा अझपनि कम छलफल भएको उल्लेख गर्नुभयो । वहाँले विगतमा भौतिकवादीहरुलाई धर्मभिरु र अन्धविश्वासी समाजले यातना दिएकोले यो सोचाईको खासै विकास नभएको बताउनु भयो । प्रज्ञाप्रतिष्ठानकि प्राज्ञ नर्मदेश्वरी सत्यालले परिवर्तनको शुरुवात घरबाटै गर्नुपर्ने बताउनु भयो । आफ्नो घर परिवर्तन गरेपछि मात्र समाज परिवर्तन गर्न सकिने वहाँको कथन थियो । धर्ममा भएका सबै कुरालाई तुलनात्मक रुपमा विश्लेषण गर्दै राम्रा कुरालाई अंगालेर नराम्रा कुरालाई निरुत्साहित गदै जानु अहिलेको आवश्यकता रहेको वहाँले बताउनु भयो । सामुहिक र सांगठनिक रुपमा एक भएर अगाडि बढीयो भने अभियानमा सफल हुन धेरै समय नलाग्ने वहाँले बताउनु भयो । प्राज्ञ तथा लेखक विष्णु प्रभातले पूर्वीय दर्शनमा आधारीत नास्तिकतावादलाई समयमै बुझेर त्यसका बारेमा प्रचारप्रसार तथा छलफल गर्नुपर्ने बताउनु भयो । वहाँले बुद्ध र बोन सँस्कृतिमार्फत नेपाली समाजलाई विश्वसामु चिनाउनु पर्नेमा जोड दिनु भयो । पूर्व शिक्षा मन्त्री तथा लेखक मोदनाथ प्रश्रीतले राज्य र धर्म एक अर्कामा गुजुल्टिएका कारण धर्म र राज्यलाई अलग गर्न कठिन भएको बताउनु भयो । धर्म निरपेक्षता आफैमा सहि भएतापनि यसलाई सहि अर्थमा कार्यान्वयन गर्न नसकिएको वहाँले बताउनु भयो । तथापी वैज्ञानिक सँस्कार अभिवृद्धिका लागि नियमितरुपमा बहस र छलफल संचालन गरिरहनु पर्ने वहाँले बताउनु भयो । उक्त कार्यक्रममा बौद्धिक व्यक्तित्वहरु दामोदर पुडाशैनी, रामेश्वर अधिकारी, युगराज नास्तिक, तिलक श्रेष्ठ, नारायण भोजु लगाएतका व्यक्तिहरुलेपनि आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा प्राध्यापक, लेखक, चिन्तक, संचारकर्मी, सामाजिक अभियन्ता लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको अन्त्यमा आफ्नो भनाई राख्दै लेखक रामदेव पाण्डेले धर्म निरपेक्षताको कार्यान्वयनकालागि यो छलफललाई निरन्तरता दिने र राज्यका संबन्धित संयन्त्रलाई नियमित सल्लाह, सुझाव र दवाव दिईरहन आवश्यक रहेको बताउनु भयो । उक्त कार्यक्रमलाई निरन्तरता वाचा सहित सो कार्यक्रमलाई सो दिनमा स्थगन गरिएको कार्यक्रम प्रश्तोता तथा सोच नेपालका संस्थापक उत्तम निरौलाले बताउनु भयो । सो बौद्धिक समारोहको सभापतित्व सोच नेपालकि अध्यक्ष शान्ती गुरुंगले गर्नु भएको थियो ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *