कुरीति वार्षिक प्रतिवेदन –जुन १, २०१७ देखि जुन ३१, २०१८

कुरीति वार्षिक प्रतिवेदन –जुन १, २०१७ देखि जुन ३१, २०१८

मानववादी समाज (सोच) नेपालले वैज्ञानिक यूगमा पनि रीति रिवाज एवं धर्म, सँस्कृतीका नाममा मान्छेमाथि हुने अमानविय घटनाहरुलाई न्यूनिकरण गर्न र हरेक मान्छेलाई आत्मसम्मानका साथ बाँच्न पाउँने वातावरणको सृर्जना गर्न कुरीतिजन्य हिंसाका वरिुद्ध अध्ययन र अभियान गरिरहेको छ । हालसम्म सोच नेपालले हाम्रो समाजमा रहेका ५७ वटा कुरीतिहरु अनुसन्धान मार्फत खोज गरेको छ । साथै सोचले कुरीति, मानवाद र अन्धविस्वाश सम्बन्धी पुस्तकहरु पनि प्रकाशान गर्दै आइरहेको छ ।  

सोच नेपालले देशभर राष्ट्रिय दैनिकहरुमा छापिएका कुरीतिजंन्य घटनाको अध्ययन तथा अभिलेख तयारी गरी प्रत्येक तिन महिनाको अवधिमा विश्लेषण प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । यसै सन्दर्भमा नेपालका मुख्य दैनिक पत्रिकामा छापिएका समाचारहरुलाई आधार मानी सोच नेपालले मेडिया मोनिटरिंङ समेत गरिरहेको छ । संस्थाले नागरिक दैनिक, कान्तिपुर दैनिक, राजधानी दैनिक, गोरखापत्र दैनिक, नयाँ पत्रिका दैनिक, अन्नपूर्ण पोष्ट दैनिक, हिमालयन टाइम्स दैनिक, नेपाल समाचार पत्र दैनिक र साप्ताहिक रिपब्लीकामा प्रकाशित समाचारहरुलाई आधार बनाएर कुरीति विषयमा त्रैमासिक प्रतिवेदन बनाउने गरेको छ । यी त्रैमासकि प्रतिवेदनको डाटाहरुलाई एकसाथ राखेर कुरीतिजन्य घटनाको वार्षिक प्रतिवेदन बनाइ सोच नेपालले प्रस्तुत गरेको छ । यस प्रतिवेदनले एक वर्षको अवधिमा घटेका कुरीतिका घटनाहरु, कुरीतिका प्रकार, पिडीत व्यक्तीको संख्या (महिला र पुरुष), पिडितहरुले भोगेका यातना, मृत्यु संख्याको तथ्यांक बारे चर्चा गरेको छ ।  

कुरीतिको वार्षिक प्रतिवेदन (जुन १, २०१७ देखि जुन ३१, २०१८) सम्म उल्लेखित सामाचारपत्रमा छापिएका कुरीतिजन्य घटनाहरुलाई आधार मानी बनाइएको छ ।  प्रतिवेदन अनुसार यस एक वर्षको अवधिमा समाजमा रहेका १५ प्रकारका कुरीतिहरुले २५३ व्यक्तीहरु पिडीत भएको देखाउँछ, जसमध्य ४३ पुरुषहरुको संख्या रहेको छ भने २०९ महिलाहरुको संख्या रहेको छ । बार्षिक प्रतिवेदनले जातीय छुवाछुतका ५४,  बालविवाहका ४८, छाउपडीका ४४, लिङ्गविभेल प्रथाका २०, बोक्सी प्रथाका १७, धामीझाँक्रीका १४, दाइजोप्रथाका १३,  बहुविवाहका १०, हलियाप्रथाका ३, कमलरीप्रथा–जिब्रो छेड्नेप्रथा–बलिप्रथा र विधवाप्रथाका २ र नवदुर्गानाच–कुमारीप्रथाको १ गरी जम्मा २३३ कुरीतिजन्य घटनाहरु सार्वजनिक भएको जनाएको छ । साथै यी कुप्रथाहरुले ३ विद्यालय र ८ वटा समुदाय पिडीत भएको जानकारी गराएको छ ।

यस प्रतिवेदन अनुसार कुरीतिजन्य हिंसाका कारण २८ (१८ महिला, ५ पुरुष र ५ नाम नभेटिएका) जनाले ज्यान गएका छन् । ८४ जना मानसिक र शाररिकरुपले पिडीत भएका छन्, ८२ जना मानसिक चिन्ताले ग्रस्त छन् भने ५९ जाना कुटपिटको सिकार भएका छन् । समाजमा प्रथाका नाममा चलिआएका यस्ता कुप्रथाले २५३ व्यक्तीलाई पिडीत बनाएको छ । जसमध्य २०९ महिलाको संख्या मात्र रहेको छ । ३ महिलाको छाउगोठमा मृत्यु भएको छ, ६ महिलाको दाइजोका कारण ज्यान गएको छ, १३ व्यक्तीले अन्धविस्वाशका कारण ज्यान गुमाए, ३ जनाले जातिय छुवाछुतका कारण, १ जनाको कमलरी, बहुविवाह र लिङ्गविभेलले ज्यान गएको छ । 

प्रतिवेदन अनुसार छाउपडिका घटनाहरु प्रायः प्रदेश ७ र ६ बाट समेटिएका छन् । छुवाछुतका घटनाहरु प्रायः तराइ–पहाड, प्रदेश २, ६ र ७ बाट समेटिएका छन् । बालविवाहका घटनाहरु प्रदेश ७, २ र ३ बाट समेटिएका छन् । दाइजोप्रथाका घटनाहरु प्रायः प्रदेश २ बाट समेटिएका छन् ।

कुरीतिजन्य घटनाहरुको विवरण

संख्या कुरीति घटनाको संख्या पिडीतको संख्या मृत्यु संख्या

१. कुमारीप्रथा १  १ –

२. नवदुर्गा नाच १ समुदाय –

३. बलिप्रथा २ ४००१ जनावर ४००१ जनावर

४. विधवाप्रथा २ २ (म) –

५. कमलरीप्रथा २ ४ (म) १(म)

६. जिब्रो छेड्नेप्रथा २ २ (पु) –

७. हलियाप्रथा ३ ३ (म) –

८. बहुविवाह १० १० (९–म,१–पु) १ (पु)

९. दाइजोप्रथा १३ १३ (म) ६ (म) 

१०. अनधविश्वास १४ २६ (२१–म,५–पु) १३ (८–म,१–पु,५)

११. बोक्सीप्रथा १७ १८ (१६–म,२–पु) –

१२. लिङ्गविभेलप्रथा २० २० (म) १ (म)

१३. छाउपडीप्रथा ४४ ४५ (म)  ३ (म) 

१४. बालविवाह ४८ ४८ (म)  –

१५. जातिय छुवाछुत ५४ ६१ (३०–म,३१–पु) ३ (२–म,१–पु)

जम्मा २३३ २५३ (२०९–म,४३–पु) २८

यस प्रतिवेदनले नेपाली समाजमा रीतिरीवाज, प्रथाका नाममा चल्दै आएका कुरीतिहरुले दिनहु कयौं व्यक्तिहरु यातना, दुःख र पिडा पाइरहेको अवस्था दर्साउँछ । यी त केवल मिडियामा आएका घटनाहरुको विश्लेशण थियो । यस्ता धैरै घटनाहरु समाजमा घटिरहे पनि प्रकाशमा आउँदैनन् । मानिसहरु यस्ता कुप्रथाहरुलाई धर्म , देवतासंग जोडेर पुर्खौ देखि मान्दै आएका छन् जसले गर्दा मानव अधिकार हनन् भइरहेको पाइन्छ । यस वार्षिक प्रतिवेदनले धर्म, प्रथाका नाममा महिलाहरु बढी पिडीत भएको र महिला हिंसाको मुख्य जडा सामाजिक कुरीति रहेको प्रस्ट पारेको छ । साथै प्रतिवेदन अनुसार कुरीतिले हरेक महिना २ व्यक्तिको ज्यान जाने गरेको पनि प्रस्ट गरेको छ ।

अहिलेको वैज्ञानिक यूगमा पनि रीति रिवाज एवं धर्म, सँस्कृतीका नाममा मान्छेमाथि हुने यस्ता कुरीतिका नाममा हुने अमानविय घटनाहरु नेपाली समाजमा व्याप्त देख्न सकिन्छ र यसलाई न्यूनिकरण गर्न आवश्यक देखिन्छ । सोच नेपालले हरेक मान्छेलाई आत्मसम्मानका साथ बाँच्न पाउँने वातावरणको सृर्जना गर्न कुरीतिजन्य हिंसाका बारेमा अध्ययन तथा खोज गरिरहेको छ र कुरीतिले हुने महिला हिंसा विरुद्द एक अभियानका रुपमा काम गर्दै आइरहेको छ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *