भगवान बनेर हुर्कँदा

भगवान बनेर हुर्कँदा

प्रीति शाक्य ३ वर्षको उमेरमा देवी बनिन् । ११ वर्षसम्म उनले दरवारबाहिरको जीवन महसुस गर्न पाइनन्, दरवारबाहिर खुट्टासमेत टेकिनन् । तर महिनावारीको समय नजिकिदैं गएपछि उनी आफ्नो गुमनाम जीवन बाच्न नगर फर्किइन् । 

झिसमिसेमा काठमाडौँको आकास उज्यालिँदै गर्दा रातो कपडा र सुनका गहनाले सजिएकी एक सानी बच्चीलाई एक मन्दिरमा लगिन्छ । 

त्यसपछि मानिसहरुको विश्वास अनुसार उनलाई केही डरलाग्दो चीज रहेको ‘अन्धकार स्थान’ मा राखिन्छ । केहीले त्यो डरलाग्दो कुरा सर्प हो भन्छन् भने केहीले बली दिइएको जीव भन्छन् । 

उनले अन्तिम परिक्षामा सयौँ अन्य केटीहरुलाई जितेर यहाँसम्म आएकी हुन् । उनलाई देशकै सबैभन्दा ठूला पण्डितहरुले ३२ गुणयुक्त भए नभएको जाँच गरेका थिए । 

तर कसैलाई पनि अनुष्ठानको दिनमा के हुन्छ थाहा छैन । धेरै सानी भएकाले कुमारीहरुले पनि त्यो कुरा सम्झन सक्दैनन् ।  

कुमारीको जीवनलाई गोप्य राखिन्छ । उनी आफैले बताउन चाहेमात्र तपाईंलाई उनको बारेमा केही थाहा हुन्छ । 

देवीदेखि विधार्थीसम्मको यात्रा

काठमाडौँको किनारमा रहेको आफ्नो घर प्रवेश गर्दै गर्दा प्रीति शाक्य सामान्य मानिसझैँ जिन्समा सजिएकी थिइन् । उनको हातमा मोबाइल थियो । 

उनलाई त्यो रुपमा देख्नेलाई यी २१ वर्षीया युवती कुनै बेलाकी देवी थिइन् भनेर झट्ट कसैको मनमा पर्दैन । तर उनी शिशु हुदाँ उनलाई उनको अभिभावकको घरबाट अलग्गाएर कुमारी घर लगिएको थियो । 

काठमाडौँ उपत्यकामा १२ कुमारी हुन्छन् । सबैलाई देवी मानिन्छ तर प्रीति ‘शाही कुमारी’ थिइन् अर्थात कुमारीहरु मध्यको सबैभन्दा महत्वपूर्ण कुमारी ।  

उनी ३ वर्षको हुँदा देवी भएकी थिइन् । त्यसपछिका ८ वर्ष उनी सुसारेहरुसँगै बसिन् । त्यसपछि मात्रै उनी सामान्य जीवनमा फर्किएकी हुन् । 

प्रीतिले आफ्नो सम्पूर्ण बाल्यकाल कुमारी घरमा बिताइन् । वर्षको केही दिन मात्र पर्वको अवसरमा उनलाई घरबाट बाहिर सयर गराइन्थ्यो । तर ती पर्वहरुमा कुमारी घरबाहिर निस्कँदा पनि उनको खुट्टालाई भुइँमा पर्न दिइँदैन थियो । 

उनको असली परिवारले हप्तामा एक पटक उनलाई भेट्न जान्थे । उनको साथीहरु उनको स्याहार गर्ने सुसारेहरुका बच्चाहरु नै हुन्थे । 

परिवार उनलाई भेट्न आएको दिन, प्रीतिलाई परम्परागत कपडा र मेकअप लगाइन्थ्यो । 

“मलाई टिभी हेरेको र त्यहाँ आधुनिक पहिरन देखेको सम्झना छ, ती कपडा देख्दा मलाई पनि ती लगाउन मन हुन्थ्यो ,” उनले भनिन्, “कुमारी घरमा पढ्ने बेला म ती कपडा लगाउथें तर ती रातो हुनुपर्थो । रातोलाई देवीको रंग मानिन्थ्यो ।”

नपढेको बेला र नखेलेको समय प्रीति आफ्नो सिंहासनमा बस्थिन् र आफ्ना भक्तहरुलाई आशीर्वाद दिन्थिन् । 

“म विशेष हुँ भन्ने लाग्थ्यो । मानिसहरुले चकलेट र खेलौना ल्याइदिएको बेला मलाई सबैभन्दा रमाइलो लाग्थ्यो ।”

एक बच्चाबाट आशिष पाउँदा

कुमारीका एक जना सुसारे गौतम शाक्यले चियाको गिलास समाउन सक्ने भएदेखि कुमारीको सेवा गरिरहेका छन् । पहिलो कुमारीदेखि पुस्तौँपुस्तौँ गर्दै उनको परिवारले धेरै कुमारीहरुलाई हेरिसकेका छन् । 

इन्द्र जात्राको दिन भक्तहरुको भीडको माझबाट सुनौलो रथमा बसेर घण्टौँ काठमाडौँ घुमाइरहँदा मानिसहरु उनीतर्फ फूल अक्षता फ्याँकेर, उनको आशिष माग्थे । 

“उनलाई भेट्न कयौँ मानिसहरु जान्थे तर उनी भने सधैँ शान्त देखिन्थिन्,” गौतमले भने । 

“बाँकी मानिसहरुलाई समय समयमा बाथरुम जानुपर्छ, आराम गर्नुपर्छ तर कुमारीलाई पर्दैन । त्यही हो भगवानको शक्ति भनेको, उनी सामान्य बच्चा थिइनन् ।”

“लगातार ६–७ घण्टाभन्दा बढी समय म बसिरहन सक्थेँ । मसँग त्यति धैर्यता थियो,” प्रीतिले भनिन्,“म एकदम शान्त महसुस गर्थे ।”परिवारमा पुनः फर्किने कुरामा प्रीति उत्साही भएको भए पनि उनको लागि कुमारीको जीवन त्याग्नु पीडादायी प्रक्रिया थियो । “म धेरै रोएँ,” उनले स्मरण गरिन्, “कुमारी घरमा मलाई परिवारजस्तै व्यवहार गरिन्थ्यो । म उनीहरुलाई कति धेरै माया गर्थें ।”

शाही कुमारीको आशिषले देशमा शान्ति र प्रगति कायम हुने विश्वास गरिन्छ । उनी कुमारी रहँदा प्रीतिले नेपालको राजालाई ७ पटक र प्रधानमन्त्रीलाई एक पटक आशिष दिइन् । 

“उनीहरु मेरो वरिपरि कुनै प्रकारको सकारात्मक उर्जाको ताप महसुस गर्छु भन्थे,” उनले भनिन् ,“मलाई प्रर्थना गरिरहेकाहरुले साच्चैँनै आशिष पाउँथे तर म भने केही पनि महसुस गर्दिनथेँ ।”

कुमारीको किम्बन्दती

कुमारी परम्परा नेपाल सम्बत् ८७७ अर्थात सन् १७५७ मा सुरु भएको गौतमले बताए । 

“मल्ल शासनको अन्तिम राजाले तलेजु भवानीलाई प्रत्यक्ष भेट्ने गर्थे भन्ने किम्बदन्ती छ, तर कसैलाई यो कुरा थाहा दिइएको थिएन ।”

एक रात, रानीले गोप्य रुपमा श्रीमानलाई पछ्याइन् । देवीले रानी लुकेर आफूलाई हेर्न आएको थाहा पाइन् र अब राजालाई कहिले पनि नभेट्ने बताइन् । 

राजाले उनलाई फर्कन अनुनय विनय गरे । नेपाल एकीकरणको संघारमा थियो र राजालाई देवीको संरक्षणको आवश्यकता थियो । 

तब तलेजू भवानीले नेवार जातभित्रको सबैभन्दा उच्च जाति शाक्यबाट सबैभन्दा ‘शुद्ध’ कुमारी खोज्न भनिन् । उनले राजाले आफूले भनेजस्तो युवती खोजेर ल्याएमा उनीमाथि आफू सवार हुने वाचा गरिन् । यो प्रचलन त्यहीँबाट शुरु भएको मानिन्छ । 

केही भने यसमा फरक मत राख्छन् । उनीहरु यसलाई हाल लोप भएको नेवारी धर्मको अवशेष मान्छन् । देशको एकीकरण हुदाँ यो धर्म अन्य विश्वासमा मिसिएको विश्वास गरिन्छ । आज हिन्दू र बौद्ध दुवै कुमारीलाई पुज्छन् । 

“नेपालमा सबै कुरा मिश्रित छ,” प्रीतिले भनिन्, “हिन्दू र बौद्ध एकअर्कासँग मिलेर बस्छन्, त्यसैले हामीहरुको संस्कृति तिनको रितिरिवाजसँग मेल खान्छ ।”

हरेक दशक एक नयाँ शाही कुमारी चयन गरिन्छ । यो प्रक्रिया काठमाडौँभरी रहेका १६ मठमार्फत् उम्मेद्वारी माग गरेर सुरु हुन्छ । 

छानिएकाहरु मध्यको चिनालाई, राष्ट्रप्रमुखको (पहिले राजा हाल राष्ट्रपति) चिनासँग मेल खुवाएपछि कुमारी चयन अर्को चरणमा पुग्छ । उक्त चरणमा उम्मेद्वारको ३२ लक्षणहरु जाँचिन्छ । 

“यी लक्षणहरु के–के हुन् पुरेतलाई मात्र थाहा हुन्छ,” गौतमले भने ,“कुमारीहरु आकर्षक, शान्त र निडर हुनुपर्छ ।”

दशैँको आठौँ दिन(अष्टमी)को दिन चयन गरिएकी बालिकालाई माथि उल्लेखित डरलाग्दो कक्षमा पठाइन्छ । यदी उनी रोइनन् भने उनलाई साँचो देवी मानिन्छ र उनका अभिभावकले उनलाई कुमारी घरमा छाड्छन् ।”

“देवी हुने समयमा प्रीति निक्कै खुसी देखिन्थिन् । उनीलाई राम्रो पहिरन लगाइएको थियो र मानिसहरु उनको वरिपरि नाचिरहेको र उनलाई पुजा गरिरहेका थिए, उनलाई त्यो मन परेको थियो,” प्रीतिकी आमा रीनाले भनिन् ।

धेरै भक्तहरु कुमारी घरभित्रको रहस्य बाहिर नल्याउन सहमत हुन्छन् । यदी तपाईंले सोध्नु भयो भने पनि उनीहरुले उत्तर नदिन सक्छन् । कुमारी परम्परा मौखिक परम्परामार्फत एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गरिन्छ र योसँग जोडिएको धेरै प्रारम्भिक रहस्यहरु अब हराइसकेको छ ।

एक युगको अन्त्य

११ वर्ष पुग्नासाथ प्रीतिको आम जीवनमा पुनःप्रवेश गर्ने तयारी हुन थाल्यो ।  

सुसारेहरु केही वर्ष अघिनै नयाँ कुमारीको खोजमा लाग्छन् । नयाँ कुमारीको चयनमा केही समय लाग्ने भएकाले यसो गरिएको हो । 

“यदी हामीहरुले अहिले नै बदलेनौं भने हामीहरुले अर्को वर्षसम्म पर्खिनुपर्छ । त्यो बेलासम्म ढिलो हुनसक्छ,” वरिष्ठ अधिकारी दीपक बहादुर पाण्डेले तत्कालिन समयमा रोयर्टससँगको कुराकानीमा भनेका थिए, “कुमारी हुदाँ महिनावारी भए त्यसलाई अशुभ मानिन्छ ।”

परिवारमा पुनः फर्किने कुरामा प्रीति उत्साही भएको भए पनि उनको लागि कुमारीको जीवन त्याग्नु पीडादायी प्रक्रिया थियो । 

“म धेरै रोएँ,” उनले स्मरण गरिन्, “कुमारी घरमा मलाई परिवारजस्तै व्यवहार गरिन्थ्यो । म उनीहरुलाई कति धेरै माया गर्थें ।”

सामान्य बच्चाको रुपमा प्रीतिको संक्रमणको लागि रीनाले काम गर्नुपर्यो । 

“सुरुमा हामीहरुले उसलाई अझै देवी नै रहेको जस्तो गर्यों । जस्तो उदाहरणको लागि खाना खाने समयमा उनलाई पहिले खान दिइन्थ्यो र अरुले त्यसपछि खान्थे,” रीनाले भनिन् । “अब कुमारी नभएकाले मैले कुनै पनि जिम्मेवारी निर्वाह गर्नुपर्दैन । अब म शत प्रतिशत सामान्य नेपाली युवती हुँ जो आफूले चाहेको हरेक कुरा गर्न स्वतन्त्र छ ।”

“उनी एक्लै बाहिरतिर निस्कन डराउँथिन् किनकि उनलाई बानी नै थिएन । उनलाई म आफै स्कूलसम्म पु¥याउँथे र फर्किँदा पनि लिन जान्थेँ ।”

“मलाई त कारहरुले हान्छ कि जस्तो लाग्थ्यो,” प्रीतिले थपिन् । 

सबैभन्दा गाह्रो त आलोचनासँग साक्षात्कार हुन थालेपछि भयो ।  

“आम जीवनमा फर्केपछि मलाई संसार कति क्रुर रहेछ भन्ने महसुस भयो,” उनले भनिन् । 

“म पढाईमा केही कमजोर भएकाले शिक्षकले मलाई कराउन थाले । जब म पहिलो पटक स्कूल गएको थिएँ मेरो एक सहपाठिले म मोटी भएको बताइन् । पहिले कसैले पनि मसँग त्यसरी कुरा नगरेकोले म त सुरुमा निक्कै दुःखी भएको थिएँ,” प्रीतिले भनिन् ।

तर केही समयपछि प्रीति आफ्ना नयाँ साथीहरुसँग रमाउन थालिन् । साथै आफूले चाहेजस्तो लगाउन पाउने र नयाँ स्थानमा जान पाउने स्वतन्त्रमा रमाउन थालिन् ।  

बाल्यकाल खोस्नु ?

पछिल्ला वर्षहरुमा कुमारी परम्पराको विरोध पनि सुनिन थालेको छ । 

९० को दशकमा पूर्वकुमारी रश्मिला शाक्यले कुमारीबाट सामान्य जीवनमा फर्किँदा शिक्षा र सामान्य जीवनमा घुलमिल हुन भएको कठिनाईंबारेमा एक संस्मरण लेखिन् ।  

त्यसयता, केही आलोचकहरुले यो परम्पराको अन्त्यको माग गरिरहेको छन् । 

“नेपालले बाल अधिकारसम्बन्धि महासन्धीलाई अनुमोदन गरेको छ । यसमा बालबालिकाहरुलाई संस्कारको नाममा शोषण गर्न नपाइने पनि भनेको छ,” नेपालको एक प्रमुख मानवअधिकार अधिवक्ता सपना प्रधान मल्लले भनिन् । 

रश्मिलाको संस्मरणको जवाफमा नेपाल सरकारले कुमारी घरमा शिक्षालाई अनिवार्य बनायो । साथै पूर्वशाही कुमारीको शिक्षाको लागि अनुदान रकमको व्यवस्था पनि गरेको छ । 

प्रीतिको समयमा उक्त नियम लागु भइसकेको थियो । उनलाई कुमारी घरमै पढाइन्थ्यो । त्यसपछि उनले आम विद्यालयमा आफ्नो पढाईलाई निरन्तरता दिइन् । 

तर पुराना विश्वास तोड्न गाह्रो पर्छ । कुमारीसँग जोडिएको एक मिथक अनुसार यदी पूर्व कुमारीले विवाह गरिन् भने उनको श्रीमानको छिट्टै मृत्यु हुन्छ । 

“पाटनकी एक कुमारीले एकल जीवन जिउने बाटो रोजिन्,” गौतमले भने ,“किनकि उनी पनि अरु मान्छेहरुजस्तै कुमारीले विवाह गर्न हुन्न भन्ने विश्वास गर्थिन् ।”

प्रीतिले भने उमेर भएपछि विवाह गर्ने सोच बनाएकी छिन् । 

गौतमका अनुसार वि.स. २०७२ मा गएको भूकम्प कुमारीले ल्याएको विश्वास गर्नेहरु पनि छन् ।  

भूकम्पको एक हप्ता अघि मात्रै काठमाडौँ नगर संग्रहालयमा जीवितदेवी जस्तै देखिने तस्विरको निधारको रातो भागमा कण्डमको प्याकेटमा लेखिने कुरा लेखिएको थियो । 

उक्त कलाकृतिले कुमारीभक्तहरुलाई आक्रोसित बनायो । तिनका अनुसार भूकम्प सोही पापको लागि कुमारी दिएको सजाय थियो । 

उक्त कला बनाउने सुदीप बल्लाले पछि स्पष्टिकरण दिँदै भने, “देवीको अपमान गर्ने मेरो कुनै मनसाय थिएन । ”

“सो कृतिमार्फत मैले हामीहरुको समाजले महिलालाई कसरी हेर्छ भन्ने देखाउन खोजेको थिएँ । उनीहरुलाई मन्दिरभित्र त देवी मानिन्छ तर बाहिर समाजमा भने वस्तुमात्र जस्तो व्यवहार गरिन्छ भन्ने देखाउन खोजेको थिएँ ।”

सामान्य जीवनको स्वतन्त्रता 

आज पनि प्रीतिले कुमारीका सुसारेसँग आत्मिय सम्बन्ध कायम राखेकी छिन् र नेवारी समुदायले उनलाई पूर्व जीवित देवी मान्छ ।

“जीवनभरी उनले पेन्सन पाउँछिन् । महानगरपालिकाले उनलाई मासिक १० हजार रुपैया दिन्छ र सरकारले अलग्गै ६ हजार दिन्छ,” गौतमले भने । 

हाल विश्वविद्यायलमा अध्ययनरत प्रीतिले आफ्नो भविष्यबारे पनि सोचेकी छिन् । 

“मेरो लक्ष्य एक सफल ब्याङ्कर बन्न हुनेछ तर मेरो विचार बदलिन सक्छ,” उनले भनिन् । 

“अब कुमारी नभएकाले मैले कुनै पनि जिम्मेवारी निर्वाह गर्नुपर्दैन । अब म शत प्रतिशत सामान्य नेपाली युवती हुँ जो आफूले चाहेको हरेक कुरा गर्न स्वतन्त्र छ ।”

जोई ओस्वोर्न 

एबीसी डट नेट डट एयुबाट श्रवण उप्रेतीद्वारा अनुवाद गरिएको हो ।

जोई ओस्वोर्न 

source; https://ratopati.com/story/75229

Share this post

Comment (1)

  • Like Reply

    Autolike, autolike, Status Liker, Auto Like, Auto Liker, Autoliker, Autoliker, auto like, ZFN Liker, Increase Likes, auto liker, Photo Auto Liker, Status Auto Liker, Autolike International, Photo Liker, Working Auto Liker, autoliker

    24th August 2019 at 2:44 am

Leave a Reply

Your email address will not be published. Required fields are marked *