कूरीति जन्य हिंसा विरुद्ध अन्तरक्रिया तथा छलफल कार्यक्रम फिदिम, पाँचथर २२, साउन २०७३

कूरीति जन्य हिंसा विरुद्ध अन्तरक्रिया तथा छलफल कार्यक्रम फिदिम, पाँचथर २२, साउन २०७३

मानववादी समाज(सोच) नेपालले स्थापना कालवाट नै सामाजीक विकृति र विसंगति विरुद्ध काम गर्दै आएको सामाजीक संस्था हो । यस संस्थाले नेपालको तराईका २५ भन्दा वढि जिल्ला सहित देशभरका बिभिन्न जिल्लाहरmमा पनि काम गर्दै आएको छ । यस संस्थाले कुरीतिका कारण समाजमा हुने हिंसाको अवस्था र त्यसको न्युनिकरणका लागि विभिन्न निकायहरुसंगको सहयोग र समन्वयमा काम गर्दै आएको सन्दर्भमा पाँचथरको सदरमुकाम फिदिम बजारमा समेत एक अन्तक्रिया कार्यक्रम संचालन गरको छ ।

भौगोलिक रुपमा नेपाल सानो भएपनि बहुभाषा, धर्म, संस्कृति तथा बहुजातिहरm बसोबास गर्ने पवित्र भूमि हो । धार्मिक सहिष्णुताले ओतप्रोत भएकोे देश नेपाल विविध संस्कृति तथा परम्पराहरुका लागि विश्वमै धनी कहलिएको छ ।

संस्कृतिको धनी देश भनेर आफूलाई गर्व पनि गर्ने गर्छौ हामी । तर हामीले मान्दै आएका रीतिरिवाज, थिति, प्रथा र परम्परासंग जोडिएका कुरीति कुप्रथा र कुसंस्कारका कारण विशेष गरी महिला माथि हिंसा हुँदै आएको सर्वबिदितै छ । त्यस्ता रीतिरिवाज तथा प्रथा परम्पराका नाममा महिला माथि हुने विभेद बिरुद्ध हामी आफैमा वोध साथै सचेत हुनु जरुरी छ । सामाजिक परम्परा तथा रीतिरिवाजका कारण मानिस माथि हुने विभेद अर्थात मानिसमा नकारात्मक असर पर्ने वा पार्ने खालका हाम्रा चालचलन रीतिरिवाज , संस्कार , संस्कृति, अभ्यास , वोलिचालि, उखान टुक्का तथा धर्मको अप

व्याख्यालाई कुरिति मान्न सकिन्छ । यसलाई समुदायमा सचेतना गराई रीति रिवाज र संस्कृतिका नाममा भएका कुसंस्कारहरुलाई सुधार गर्ने उदेश्यले पाँचथरको सदरमुकाम फिदिम वजारमा २०७३ साल साउन २२ गते एक दिने सचेतना तथा छलफल कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा जिल्लाका संचारकर्मी, विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधि, महिला अधिकारकर्मी, दलित अधिकारकर्मी सहित सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

उदेश्यः

समुदायमा आफ्नै संस्कार र संस्कृतिका नाममा भएका र हुने गरेका कुसस्कृतिहरुलाई समुदायमा सचेत गराई त्यसलाई निरुत्साहीत र न्युनिकरण गर्ने साथै समुदायका सरोकारवाला मार्फत आफ्ना कुसंस्कृति तथा परम्परा स्वयं आफैले पहिचान गरि तिनको न्युनिकरण गर्ने यस कार्यक्रमको उदेश्य हो । कार्यक्रममा कुरीति अन्त्य समाजकी अध्यक्ष विमला पराजुलि र सदस्य लेखनाथ खतिवडाले सम्वन्धित विषयमा विषयवस्तुहरु पस्केका थिए । संस्कार र संस्कृतिको नाममा हुने गरेका त्यस्ता चलन चल्ति र परम्परा समाजको पछौटेपनका उपज भएकोले तिनलाई हार्मै सक्रियतामा समय सापेक्षित रुपमा परीवर्तन गर्नु जरुरी रहेकोले त्यस विषयमा सचेतना समेत समाजमा जरुरी रहेको भन्दै अन्तक्रिया तथा छलफल गरिएको हो ।

कृयाकलापः

समाजमा भएका र हुने गरेका कुरीतिजन्य हिंसा विरुध्द जन समुदाय तथा सरोकारवालाहरुलाई सचेत गराउने साथै संस्कार र संस्कृतिको नाममा हुने गरेका यस्ता गलत संस्कार र कुप्रथालाई न्युनिकरण गर्दै जानु पर्छ भन्ने उदेश्यले आम सरोकारवालाहरुको सहभागीतामा अन्तरक्रिया र छलफल कार्यक्रम संचालन गरेको हो ।

समुदायमा सचेत गराएर सचेतना गर्ने उदेश्यले एक दिने छलफल कार्यक्रम गरीयो । कार्यक्रममा जाति जनजातिका नाममा भएका विभिन्न संघसंस्था र समुदायका व्यक्तिहरुको सहभागीता गराइएको थियो । कार्यक्रम मार्फत आफ्नै संस्कार र संस्कृति भित्रका गलत संस्कारहरुलाई सुधार गर्नु पर्ने सवाल स्वयं सरोकारवालाहरुले उठाएका थिए ।

पितृसतात्मक सोच भएको हाम्रो समाजमा लिङ्गको आधारमा हुने भेदभावलाई शुष्म तरिकाले हेर्ने हो भने पुरुषको तुलामा महिलाको अवस्था दयनीय छ । अझ हिन्दु धर्म अन्तर्गत चली आइरहेको प्रचलनलाई हेर्ने हो भने त जन्म देखि नै भेदभाव गरेको पाईन्छ । जसलाई हामीले नै चिर्नु जरुरी रहेको कार्यक्रमका उपस्थित प्रतिनिधिहरmले बताउनु भयो ।

पाँचथर जिल्ला भित्रको लिम्वु समुदायमा विभिन्न खाले कुरीतिहरु रहेको अवस्था छ । विगतको तुलनामा संस्कार संस्कृति भित्रका कु–संस्कारहरुमा परिवर्तन भएको पाइएता पनि लिम्वु समुदायमा विद्यमान जारी प्रथा, दाइजो प्रथा, भाउजु व्यहोर्ने प्रथा, मृत्यु संस्कारमा मांसु खाने प्रथा, रित खाने प्रथा (होक्तोवा), सुनौलि, रुपौली, ढोगौली, ढाँटी विवाह गर्ने, जातिय बिभेद तथा परम्पराको नाममा भएका कुसंस्कारहरु नभएका होइनन् । तर अहिले आएर ती कुसंस्कार कुसंस्कृतिमा न्यनिकरण अभियानहरु समेत चलाईदै आएको त्यस क्षेत्रका अभियान्ताहरु बताउँछन् । उक्त बिषय छलफल तथा अन्तरक्रिया कार्यक्रममा समेत ब्यापक रुपमा उठान हुन थालेका छन् ।

महिला र पुरुषको भुमिकामा रहेको भिन्नताले पनि महिलाहरुलाई दुर्बल नै बनाएको छ । धर्म संस्कृति तथा परम्पराहरुमा पनि नारीलाई लक्ष्मी (सम्पत्ति) मानिन्छ । लेखाईका चलनचल्तीमा पनि स्त्रीलाई सम्पत्ति जायजेथा जस्ता शब्दहरुले महिलालाई सम्पत्तिको रुपमा राखि त्यस्को मालिक÷ख्वामित÷स्वामी पुरुषनै मानिएको छ । पति पत्नी सम्बन्धका शब्द र तिनका अर्थ अचम्म लाग्दा छन् । पति तथा स्वामीको अर्थ प्रष्ट रुपमा मालिक हुन्छ भने पत्नी शब्द पतन बाट पतनी हुँदै पत्नी भन्ने गरेको पाईन्छ ।

कुरीतिजन्य हिंसा घटेमा त्यसलाई सहेर बस्नको सट्टा खबरदारी गर्नु र सम्बन्धित निकायसम्म उजुरी गर्ने परिपार्टि हामीवाटै बसाल्नु जरुरी छ । कुरीति हिंसा जस्तो जघंन्य अपराधका घटनामा पनि मेलमिलाप गराउनाले अपराधलाई प्रोत्साहन गर्नु सरह भएकोले स्थानिय स्तरबाटै सजगता जरुरी रहन आउँछ । राज्यले समेत मानव अधिकारको संरक्षण संंबर्धन प्रबर्धन र सम्मान गर्दै दायीत्ववोध गर्नु जरुरी रहेको कुरा कार्यक्रममा उठेका थिए ।

आर्थिक शैक्षिक र सामाजीक दुर्वलता नै कुसंस्कार र कुरीतिजन्य हिंसाको जड भएकोले त्यसलाई नियन्त्रण गर्न हामीले शिक्षित जागरुक र चेतनशिल समाज निर्माणमा लाग्नु जरmरि छ । स्थानिय स्तरमा कार्यरत कर्मचारी, सामाजीक संघसंस्थाका अगुवा र आम सरोकारवालाहरुले कुरीति जन्य हिंसा भनेकै मानव अधिकारको हनन् हो भनेर वुझ्नु जरुरि छ भने राज्यले समेत सो सम्बन्धमा वनेका ऐन नियम र कानूनलाई व्यबहारीक कार्यान्व्यनका साथै स्वयं आफू समेत आर्थिक राजनैतिक सामाजीक रुपमा सबल र सक्षम वन्नु जरुरी हुन्छ भन्दै कुरीति अन्त्य समाजका सदस्य लेखनाथ खतिवडाले पेश गरेको कार्यपत्रमा छलफल तथा अन्तरक्रिया भएको थियो । कार्यक्रममा जनजाति तथा मानव अधिकारको सवालमा काम गर्ने सरोकारवालाहरुले त्यसको सुधार जरुरी रहेको वताउनु भएको थियो ।

सामाजीक रीतिरिवाज, प्रथा र परम्पराका कारण महिलाहरु सामाजीक रुपमा वहिष्करणमा परेका , शैक्षिक र आर्थिक रुपमा पछाडि पारिएको साथै शारिरिक तथा मानसिक रुपमा समेत यातना र दुरव्यवहारको शिकार बन्नु परको कहालिलाग्दो अवस्था हामी सामु विद्यमान छ । एकल महिला, गरीव दुखिलाई वोक्सीको आरोप, रंगमा विभेद, एकल महिलालाई साइतमा अशुभ मान्ने जस्ता परम्परा र संस्कृतिका नाममा सृजित कुप्रथा कुसंस्कार र कुरीतिलाई अन्त्य गर्ने कुरामा ध्यान दिनु जरुरी हुन सक्छ । कुरीतिजन्य हिंसालाइ सतहि ढंगवाट होइन जरै सम्म पुग्ने प्रयास गरियो भने मात्र समाधानका उपायहरु पत्ता लगाउन सकिन्छ र सक्नु जरुरी रहेको युवा परिषदका अध्यक्ष पृथ्वी लावतीले वताउनु भयो । अर्का वक्ता तथा नेपाल आदीवासी जिल्ला समन्वय परिषदका उपाध्यक्ष चन्द् आङदेम्वेले यस्ता कुरितिकै कारण हामी जनजातिहरु पछौटेपनको सिकार भएको भन्दै त्यसलाई सुधार गर्नु हामी आफै लागी पर्नुपर्ने वताउनु भयो । कुप्रथा र कुरीति जन्य हिंसाले समाजमा पार्ने नकारात्मक असर र प्रभाबको बारेमा सचेतना मुलक कार्यक्रम संचालन गरी त्यस्ता परम्पराका नाममा रहेका कुरीतिलाइ हटाउन लानु पर्ने भन्दै महिला मानव अधिकार रक्षक संजालकी अध्यक्ष बिमला ढकालले कुरीति कुसंस्कार र कुप्रथाले महिलाहरु शारिरीक मानसिक आर्थिक र सामाजीक ढंगवाट समेत हिंसित हुने भएकोले राज्यवाट वनेका ऐन नियम र कानून कडाइका साथ कार्यन्वयन हुनु पर्ने साथै कानूनमा भएका घुमाउरा र वाझिएका कानूनहरु संसोधन र कार्यान्वयन गर्नु पर्नेमा जोड दिनुभएको थियो ।

नेपाल वार एसोसिएसनका सदस्य अधिवक्ता टीका तिम्सिनाले समाजमा विद्यमान कुप्रथा कुरीति र कुसंस्कारलाई प्रोत्साहन गर्ने व्यक्तिलाइ कार्वाहि प्रकृयामा लैजान सवैको सहयोग चाहिने भन्दै वर्तमान कानूनि प्रावधान अनुुसार दोसिलाइ कार्वाहि तथा पिडितलाई क्षतिपूर्ति तथा पारिपूरणको व्यवस्था गर्न वर्षौ लाग्ने तथा शक्ति केन्द्रको प्रभाव रहन,े अभाव, दवाव र प्रभावका कारण पिडितले विचमै मुध्दा छोड्नुपर्ने वा मुद्धा फिर्ता लिनुपर्ने सम्मको अवस्था आउन सक्ने हुनाले फाष्ट ट्याक कोर्टको व्यवस्था लाइ कार्यान्वयन गर्नुपर्ने वताउनु भयो ।

कार्यक्रममा दलित समन्वय परिषदका उपाध्यक्ष पूर्णवहादुर नेपालीले संस्कार संस्कृतिको नाममा भएका र हुने गरेका गलत प्रथा परम्परालाई अन्त्य गर्न हामी आफैं लाग्नु पर्ने वताउनु भयो ।

कार्यक्रममा पत्रकार लक्ष्मी गौतम, अधिकारकर्मी सहमान विश्वकर्मा, दलित एकता समाजका प्रतिनिधि वीरवहादुर धमाला, पर्यटन व्यवसायी नरवहादुर गुरुङ, मानव अधिकारकर्मि, एकल महिला समुहकी अध्यक्ष खिनादेवि चापागाई, शरिता शर्मा लगायतले नेपाली समाजमा विद्यमान प्रथा परम्परामा रुपमा चलि आएका कु संस्कारलाई सुधार गर्दै लैजानु जरुरी रहेको भन्दै त्यसको लागि राज्यले वनाएका ऐन नियम कानुनको परिपालना गर्नुपर्ने धारणा राखेका थिए । सामाजीक मुल्य मान्यता र सामाजीक स्ांस्कारका कारण महिलाहरुले हिंसाका घटनाहरु खुलस्त रुपमा वाहिर ल्याउन सक्ने अवस्था नभएकोले महिलाहरुका लागी छुट्टै कानूनी वाटो आवश्यक पर्ने वताउनु भयो ।

यस्ता खाले कुरीति र कुसंस्कार किन र कसरी सुरु भए भन्ने वारेको कारण खोजी हुनु जरुरी उक्त कायक्रममा वताइएको थियो । कुरीति जनजाति अन्तर्गत लिम्वु संस्कृतिमा पनि रहेको सुनौली, रुपौली तथा रित खाने प्रथा, जारि प्रथा, होक्तोपा प्रथा साथै परम्परागत कार्यक्रममा मादक पदार्थको प्रयोग र सेवन जस्ता कुरीति विद्यमान छन् मुलधारका आम संचार माद्यमवाटै तीजलाइ निराहार व्रत वसेर खुट्टाको पानी खान वाध्य पार्ने पर्वलाई महिलाको महान पर्व भनिने उनिहरुको तर्क थियो । कार्यक्रममा उपस्थित प्रतिनिधिहरmले बिध्यमान कुसस्कार तथा कुप्रथाहरmलाई जराबाटै उखुलेर फ्याक्नुपर्ने बतायका थिए ।

Share this post

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *