कुरीतिमुक्त समाजःहाम्रो परिकल्पना” अनतरक्रिया कार्यक्रम, महोत्तरी

कुरीतिमुक्त समाजःहाम्रो परिकल्पना” अनतरक्रिया कार्यक्रम, महोत्तरी

मानववादी समाज (सोच) नेपालको आयोजनामा २०७३ साल साउन  १४ गते “कुरीतिमुक्त समाजःहाम्रो परिकल्पना” भन्ने शिषर््ाकमा महोत्तरीको बर्दिवासमा अन्तरक्रिया कार्यक्रम सम्मपन्न गरिएको छ । सोच नेपालका उपाध्यक्ष श्री बिमला खण्डका ज्यूको अध्यक्षता र कुरति अन्त्य समाज(कास)का जिल्ला अध्यक्ष उर्मिला कार्की ज्यूको स्वागत मन्तवयवाट सुरु भएको उक्त कार्यक्रममा अधिकारकर्मी, पत्रकार, प्राज्ञिक, नागरिक समाजका अगुवा तथा सांसद गरी लगभग  १०० जनाको सहभागिता रहेको थियो ।  

अन्तरक्रिया कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी कृष्ण चापा गाँईले हरेक मान्छे शिक्षितहुन सक्यो भने मात्रै कुरीति अन्त्य गर्न सम्भव हुने बताए । मान्छेलाई केन्द्र विन्दुमा राखेर काम गर्ने हो भने धर्म संस्कारको रुपमा विद्यमान कुरीति अन्त्य गर्न असम्भव नरहेको कुरा बताएका छन् ।

सामाजिक दायित्व बहन गरिरहेका र शिक्षित मान्छेहरूले बोक्सीको आरोप झेल्न नपर्ने उदाहरण दिदैं उनले कुरीति बिरुद्धका बिषयहरू पठ्यक्रममा नै समावेश गर्नुपर्नेमा जोड दिए ।

बुझाईको कमीले गर्दा हामीआफ्नै जीवन माथि असर पर्ने कामहरू गरिरहेका छौं भन्दै उनले कुन संस्कृति ठिक हो, कुन बेठिक हो

नेपाली कांग्रेसका महेश झाले धर्म संस्कारको नाममा नै मान्छेमाथि कुरीतिजन्य हिंसाहरू भइरहेको भन्दै हरेक मान्छेले धर्म के हो र पाप के हो

स्वालम्बन विकास बैंकका क्षेत्रीय संयोजक मेघबहादुर खड्काले महोत्तरी जिल्लामा पनि धर्म, संस्कार, परम्पराका नाममा थुप्रै खालका कुरीतिहरू रहेको बताए ।

एकिकृत माओवादी महोत्तरीका अध्यक्ष तुलसी प्रसाद ढुंगानाले सामाजिक मुल्य, मान्यता र आदर्शहरू कुन् सहीहुन् र कुन् गलतहुन् भन्ने कुरा विवेकशील मान्छेलै बुझ्नै पर्ने बताए । यसो हुँदा मान्छेले अर्को मान्छे प्रति अन्याय गर्न नसक्ने माउनले जोड दिए ।

अनेमा क्रान्तिकारीकी केद्रिय सदस्य पवित्रा देवकोटाले महिलाहरू आर्थिक, शैक्षिक, राजनैतिक रुपमा अगाडी बढ्न सके धर्म संंस्कृतिको नाममा विद्यमान कुरीति स्वतः हटेर जाने बताइन् ।अधिकारकर्मी उर्मिला कार्कीले बोक्सीको आरोपमा शारिरीक तथा मानसिक यातना पाएकी महोत्तरीकी मोहनी देवी यादवले न्याय पाउन नसकेको बताइन् । उनले कुरीतिको असर महिला पुरुष सबैमा पर्ने भएपनि बढिजसो असर भने महिलाहरूलाई परिरहेको भन्दै छाउपडी, तीजको व्रत, पञ्चमीव्रत, कन्यादान, विधुवा संस्कार लगायतप्रथा परम्पराले महिलाहरूको आत्म सम्मानमाचोट पुर्याएको बताइन् ।

कार्यक्रममा सोच नेपालका सदस्य सञ्जय खड्काले नेतृत्वविकास र पत्रकार तथा कुरीति अन्त्य समाजका सचिव लोग्शरी कुँवरले कुरीतिले पारेका असरका बारेमाकार्यपत्र प्रस्तुत गरेका थिए ।

मानववादी समाज सोच नेपालका उपाध्यक्ष वीमला खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्देश्य माथि कुरीति अन्त्य समाजका उपाध्यक्ष शोभा चेम्जोङ्ग पालुंग्वाले प्रकाश पारेकी थिइन् । पत्रकार तथा कुरीतिअन्त्य समाजका सचिव लोग्शरि कुवरंले कुरीति के हो ? कुरीतिका कारण मान्छे माथिहुने हिंसाको अवस्था कस्तो छ ? यस बिरुद्ध आवाज उठाउन र कानुन बनाउन किन आवश्यक छ भन्ने  विषयमा प्रष्ट पारेका थिए । महिलाहरु जब सम्म बौद्धिक स्तरमा पोख्त हुन सक्दैनन तब सम्म महिला बोक्सीको आरोप, मुक्तकमैया, मुक्तकमलरी, जातीय छुवाछुत, दाईजो, छाउपडी, कन्यादान जस्ता कुरीति रहिरहने कुरा बताए । 

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *